नयाँ अपडेट

Farm Work Australia

काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

‘श्रम शोषण’ नेपाल मात्र होईन तेस्रो विश्वको आम समस्या हो। नेपाल र नेपाल जस्तै अतिकम विकसित मुलुकहरूमा मालिकहरू श्रम शोषणलाई अधिकारको रूपमा नै लिने गरेको उदाहरण र अभ्यास दुवै देख्न सकिन्छ। नेपालमा श्रम शोषणको अवस्था यस्तो छ कि समाजको आँखा अनि राज्यको चौथो अंग भनेर गमक्क पर्ने पत्रकारहरूले नै कार्यालयबाट महिनाभर काम गरेको तलब पाउने अवस्था छैन। रेडियो र टिभीको कुरा नै छोडौं दैनिक पत्रिकाहरूमा काम गर्ने पत्रकारहरू सारै नै थोरै तलबमा काम गरिरहेका छन्। ईमेज च्यानल, एभिन्युज टिभी, न्युज ट्वान्टीफोरको तलबको विषयमा त देशभर नै बहस भएको थियो सार्वजनिक मंचमा। पछिल्लो समय सरकारले श्रमजिवि पत्रकारको न्युनतम तलबमान लागु गराउन कडा ...

Read More »
Australia Visa Cancell

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्। अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

Read More »
#Floriade2016 spring celebration at CanberraDSC08986

क्यानबेराका फूलहरू !

पुष्पाणि सुन्दराणि इति जनैः मन्यन्ते। तेषां सुगन्धं जनानां चित्तम् आह्लादयति। अतः एव ते उपवनेषु पुष्पाणि निरोपयन्ति। ललनाः पुष्पाणि स्वकेशेषु धारयन्ति। भक्ताः देवेभ्यः पुष्पाणि अर्पयन्ति। जनाः पुष्पाणि पुष्पधानीषु स्थापयित्वा स्वगृहाणि भूषयन्ति। स्पष्ट नबुझेपनि फूलको बारेमा फूलको उपयोग केका लागी गरिने रहेछ भन्ने त पक्कै लख काट्नुभयो होला। संस्कृतमा भनिएको कुरा उही हो जुन हामी दैनिक गरिरहेका हुन्छौं। फूल सुन्दरताको उपमा त हुँदै हो यसको सुगन्धले चित्त आल्हादित पनि हुन्छ घरको आभुषण भनेको नै फूल हो अनि यसको मुख्य प्रयोजन भनेको चैं भगवानलाई अर्पण नै हो। त्यसै गीत गाएका हुन् ‘फूल भए जिन्दगी देउतालाई चढाईदिन्थें…..कागज भए जिन्दगी सलाई कोरी जलाईदिन्थें…’। हाम्रो भावना, ...

Read More »
Interaction on Nepali Literature and Journalismin Diaspora

आउनुस्, अष्ट्रेलियाको नेपाली साहित्य र पत्रकारिताबारे बहस गरौं

नेपाली जहाँ जहाँ छन्, नेपाल त्यहीँ त्यहीँ छ। नेपालको भूपरिवेष्ठित भूगोल भन्दा टाढा नेपालीका बस्तीहरुमा एउटा सानो नेपाल स्थापित भएको छ। पहिचान भन्नुस् या भावना या भन्नुस संस्कृती, भाषा, कला अनि बानी। ‘नानी देखी लागेको…’ले गर्दा विश्वको हरेक कुनामा सानो नेपाल स्थापित नै भएको छ। ठ्याक्कै नेपाल जस्तै राजनीतिक, सामाजिक अनि आर्थिक सबै खालका गतिविधि उस्तै। समाजसेवी भनेर उभिने देखी फलानो दलको चिलानो नेता भनेर गनिने सम्म। यूरोप, अमेरिका, अष्ट्रेलिया जस्ता बिलकुलै फरक वातावरण र परिवेशमा पनि नेपालको जस्तै क्षमता छोडेर, जात, लिंग, वर्णका कुरा। यति धेरै समानता भएको ठाउँमा साहित्य र पत्रकारिताको नेपाली ‘ट्रेण्ड’ले यताको समुदायलाई नछुने कुरै भएन। ...

Read More »
Wai Wai noodles1

नझुक्किनुस वाइवाइमा…

‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा तीन हजार भन्दा धेरै नेपाली उद्योग कलकारखाना बन्द भएका रहेछन्। नुन देखी सुन, चामल देखी घुन सबै विदेशबाट ल्याउन पर्ने परनिर्भर परजिवी भएका रहेछौं प्रजातान्त्रिक अधिकारले सुसज्जित टाउकामा जनही ४० हजार भन्दा बढीको अन्तर्राष्ट्रिय ऋण बोकेर। सानोमा सानिमाको घर नारायणगढ ...

Read More »
Migration Agent

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा

माईग्रेसन, अर्थात् बसाईं सराईं। मानव सभ्यताको विकाससँगै यो एउटा नियमित प्रक्रियाको रूपमा अगाडी बढ्दै आईरहेको छ। माईग्रेसन वास्तवमा मानविय विकास प्रक्रिया हो। मानिसले सुख, सुविधा र स्रोतलाई मुख्य मानेर आफ्नो बसाईंलाई स्थानान्तरण गर्दै आएका छन्। भौतिक विकास र यातायातको सुविधाले यो क्रमले सिमाना र भूगोल नाघ्ने क्रममात्र पछिल्लो समय बढेको हो। पहिले पहिले ब्रिटेन देखी भारत र लाहौर सम्म नेपालीहरू अवसर र जिवनशैलीको लागी बसाईं जान्थे। त्यसो त बर्मा पनि नेपालीको बसाईं जाने गतिको गन्तव्य थियो पहिले। त्यसैले त भनाई नै छ नि ‘बर्मा गयो कर्म सँगै, नेपाल आयो कपालसँगै’। पछिल्लो समय नेपालीहरू अवसरका लागी बसाईं सर्ने क्रममा पश्चिमका समृद्ध ...

Read More »
Loading...