क्यानडाले सन् २०२१ मा चारलाख भन्दा बढीलाई क्यानडामा स्थायी रुपमा बस्ने र काम गर्ने सुविधा सहितको भिसा पीआर दिने योजना बनाएको छ। कोरोना भाईरसका कारण थला पर्ने अवस्थामा पुगेको अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने गरेर क्यानडाले सन् २०२१, २०२२ र २०२३ मा क्रमश चारलाख एक हजार, चारलाख ११ हजार र चारलाख २१ हजारलाई पीआर दिन लागेको हो। क्यानडा सरकारले सार्वजनिक गरेको आप्रवासी सम्बन्धि योजनाले क्यानडाले कोरोना भाईरसको प्रकोप जारी रहेकै अवस्थामा पनि सन् २०२१ को आर्थिक वर्षमा चार लाख एक हजार जनालाई क्यानडामा स्थायी रूपमा बस्न पाउने अधिकार सहितको भिसा पीआर दिन लागेको हो। क्यानडाले सन् २०१९ मा तीनलाख एकचालिस हजार …
Read More »