शब्दमा आधारित भएर गरिएको संग्रह: सिफारिस गरिएको

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा

माईग्रेसन, अर्थात् बसाईं सराईं। मानव सभ्यताको विकाससँगै यो एउटा नियमित प्रक्रियाको रूपमा अगाडी बढ्दै आईरहेको छ। माईग्रेसन वास्तवमा मानविय विकास प्रक्रिया हो। मानिसले सुख, सुविधा र स्रोतलाई मुख्य मानेर आफ्नो बसाईंलाई स्थानान्तरण गर्दै आएका छन्। भौतिक विकास र यातायातको सुविधाले यो क्रमले सिमाना र भूगोल नाघ्ने क्रममात्र पछिल्लो समय बढेको हो। पहिले पहिले ब्रिटेन देखी भारत र लाहौर सम्म नेपालीहरू अवसर र जिवनशैलीको लागी बसाईं जान्थे। त्यसो त बर्मा पनि नेपालीको बसाईं जाने गतिको गन्तव्य थियो पहिले। त्यसैले त भनाई नै छ नि ‘बर्मा गयो कर्म सँगै, नेपाल आयो कपालसँगै’। पछिल्लो समय नेपालीहरू अवसरका लागी बसाईं सर्ने क्रममा पश्चिमका समृद्ध …

Read More »

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। त्यसमा एजुकेशन कन्सल्टेन्सीले नि साताला २० घण्टा काम गर्न पाईन्छ अनि घण्टाको २० डलरको दर भनेर सुनाएपछी त मख्खै पो परिरहीएको हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस) काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका बारेमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। सामान्य पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको बारेमा पहिले बुझ्नुस् :

Read More »

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

भारतवर्ष शिक्षा र चेतनाको विकासमा संसारमा नै अग्रणी मानिन्छ तर यतिखेर उत्तरआधुनिक विश्व चेतमा पश्चिमा संसार शिक्षाको ‘हब’का रुपमा स्थापित छ । पश्चिमको भौतिक सम्पन्नता र सामरिक विकासले औद्योगिकरण साथै त्यसको आधारमा उभिएको शिक्षा व्यवस्थाले यूरोप, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकले यतिखेर नेपाल मात्र होइन विश्वका सबै विकासोन्मुख तथा कम विकसित मुलुकका युवालाई आकर्षित गरेका छन् । आप्रवासन, रोजगारी तथा शिक्षा यतिखेरको अर्थव्यवस्था कै मेरुदण्ड बनेको छ, त्यसैले त यूरोप, अमेरिका अनि अष्ट्रेलिया अरु महादेश र मुलुकका विद्यार्थी भित्रयाउनमा लागि परेका छन् । यतिखेरको ‘ट्रेण्ड’ बनेको छ नेपालमा अध्ययनका लागि विदेश जाने विषय । भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ । अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

Read More »