शब्दमा आधारित भएर गरिएको संग्रह: सिफारिस गरिएको

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्?

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान् - Katuwal.com

अष्ट्रेलियामा कोरोना भाईरस विरूद्धको खोप लगाउने क्रम प्रभावकारी रूपमा अगाडी बढ्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय  सीमाना र आवगमन खुलाउने रणनीतिलाई कार्यरूप दिने चर्चा चुलिँदै गरेको छ। त्यसै क्रममा आज अष्ट्रेलियनहरूलाई बिदा मनाउन विदेश जाने देखी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया ल्याउने सम्मका विषय सरकारी अधिकारीको आधिकारिक जानकारीका रूपमा सार्वजनिक भईसकेका छन्। यसै क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने विषयले सार्वजनिक मंच पाएको छ। आजको सिड्नी मर्निङ हेराल्डले अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यले यहि वर्षको अन्त्यसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरू राज्यमा आउन थाल्ने तर चीन र नेपालका विद्यार्थी आउन पाउने संभावना भने कम रहेको उल्लेख गरेको छ। (समाचार यहाँबाट पढ्नुहोस्) यो पनि पढ्नुहोस्: अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय …

Read More »

मुकुन्द घिमिरे रत्नपार्क देखी क्लबहाउस सम्म

मुकुन्द घिमिरे रत्नपार्क देखी क्लब हाउस सम्म - Katuwal

कुनै बेला रत्नपार्क गतिलो 'पब्लिक स्पेयर' थियो, मुकुन्दे त्यहीँ 'मुकुन्दायण' भन्दै रूख चढेर चिच्याउँथे। पछी फेसबुक र युट्युबमा आउन थाले। अहिले क्लबहाउस रन्काउँदैछन्

Read More »

अनलाईन बुलिङ र ट्रोल बिरूद्ध कडा कानुन

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्? - Katuwal.com

छद्मभेषमा होस् या नीजि ग्रुपमा ईन्टरनेट अनि त्यसमा उपलब्ध सामाजिक संजालमा मनलागी गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन र साईबर स्पेशलाई सबैकालागी सुरक्षित बनाउन अष्ट्रेलियाले कडा कानुन ल्याउने तयारी गरिरहेको छ। ईन्टरनेट र सामाजिक संजालमा हुने बुलिङ, यौन उत्पिडन, ट्रोल लगायतका गतिविधीबाट महिला तथा बालबालिकालाई सुरक्षित राख्नको लागी समेत कडा कानुनी व्यवस्थाको आवश्यकता महशुस भईरहेको समयमा यसखालको विधेयक संघिय संसदमा प्रस्तुत भएको छ। विधेयक पास भएको खण्डमा साईबर बुलिङ, ट्रोल, सामाजिक संजाल वा ईन्टरनेटको माध्यमबाट दिईने धाक धम्कि, रिभेन्ज पोर्न (प्रेम वा सम्बन्धका समयमा भएका अन्तरंग गतिविधीको भिडियो सार्वजनिक गर्ने काम) लगायतका गतिविधी गर्नेहरूले ठूलो सजायँ भोग्नुपर्नेछ। यसविषयमा नाईन न्यूजको समाचार Online …

Read More »

अष्ट्रेलियाको चिन्ता कसरी सुरक्षित पैसा पठाउने?

टन्नै छन् हुण्डी चिन्नै गाह्रो छ, यो चाहिँ बास्तविकता हो अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन चाहने विद्यार्थीको लागी। अष्ट्रेलियामा दर्ता छ भनेको छ नेपालका बैंक पार्टनर छन्, (पेमेन्ट दिने भएकाले भनेको पनि हुनसक्ने स्थिती)। तर, नेपालमा कतै केही सुनिएको हुँदैन। त्यसो त एउटा एबीएन लिएरै मनि ट्रान्सफर भनेर चलाए हुने स्थिती छ। अष्ट्रेलियामा दर्ता छ भने पनि नेपालमा जानै पैसाको हरेक व्यक्तिको 'ट्रान्ज्याक्सन रेकर्ड' अष्ट्रेलियाको सरकारी निकायमा जान्छ कि जान्न? त्यो सँगै पासपोर्ट लगायतका अति संवेदनशिल व्यक्तिगत विवरणको गोपनियता के रहन्छ? कतै त्यो दुरूपयोग त हुने होईन? भयो भने त्यसले कतिसम्म गम्भिर असर पार्छ भन्ने अनुमान समेत गर्ने फुर्सत छैन पैसा पठाउनेलाई चाहिँ। चासो खाली एक दुई रूपैंको रेटको छ। यस्तै रेटको चक्करमा हजारौं चैट हुनेहरूले पनि दोश्रो पटक चेतेको देखिन्न। यो पनि वास्तविकता हो।

Read More »