शब्दमा आधारित भएर गरिएको संग्रह: सिड्नी

सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस

पश्चिमा मुलुकमा जस्तो तथ्यांक, अनुसन्धान, तर्क र कानुनमा चल्ने भएको भए नेपालमा सार्वजिनक यातायात र दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या निक्कै कम हुन्थ्यो। धेरै जनाको ज्यान जाने गरि दुर्घटना भएका समयमा मिडियामा सार्वजनिक सवारीहरूको अवस्था, नियम, सिण्डीकेट आदी इत्यादी विषयमा समाचार, विश्लेषण अनि आलेखहरू आउँछन्। नेता, मन्त्री, सम्बन्धित नियामक तथा सरकारी कार्यालयका कर्मचारी ‘बाईट’ दिन्छन् र सबै कुरा ‘डिमेन्सिया’ लागेको जस्तो विस्मृतीमा जान्छ अर्को ठूलो दुर्घटना नहुन्जेलका लागी। न त राज्यको ‘मेमोरी’ छ न समाजको ‘मेमोरी’ भनिने मिडियाको नै। नेताहरू हाकै भन्छन् ‘जोगी हुन राजनीतिमा लागेको होईन!’ यति भएपछी सबै स्पष्टै छ ‘सक्किगोनी’। सार्वजनिक यातायातमा पुराना बस हटाउने चर्चा नेपालमा …

Read More »

‘महाभूकम्प ७२’ सिड्नीमा सम्झना

भौतिक रूपमा गत वर्षको 'महाभूकम्प ७२'ले अष्ट्रेलिया अनि सिडनीमा बस्ने नेपालीहरूलाई हल्लाएन। तर यहाँ रहे बसेका नेपालीको हंश भने धरहरा भन्दा धेरै डरलाग्दो पाराले हल्लियो जसको धक्का आजसम्म पनि महशुस गरिरहिएको छ। जुन आफन्त गुमाउनुमा जोडिएको हुनसक्छ या परिवारको भौतिक संचरना र सम्वृद्धी गुमाउनुमा। दुवै हिसाबमा सिडनीमा रहेका नेपालीलाई भूकम्पले हल्लाएको थियो र आज पनि पराकम्पनको समाचारले मुटुमा चसक्क हुन्छ। देशको माया मात्र होईन अवस्थाको पत्तो पनि विदेशमा रहँदा बस्दा धेरै हुन्छ। यतिखेर नेपालबाट अष्ट्रेलिया आएर यतैको संसारमा रमाइरहेका नेपालीले नेपालको वर्तमान मात्र हैन भविष्य पनि भयावह नै देखेका छन् जुन काठमाडौंमा देखिएका भत्किएका संरचना भन्दा बढी नै डरलाग्दो छ। नेपालका राजनीतिक दलको दिशा र दशाले नै स्पष्ट देखाइसकेको छ की उनीहरू यत्रो ठूलो संकट समाधानका लागी न तयार थिए, छन्। यो उनीहरूको बुता भन्दा बाहिरको साबित भइसकेको छ किनकी जनताले सिंहदरबारबाट हुने नियुक्तिमा आफन्तको भागबण्डा र माफियागिरीमा काँध थाप्ने बाहेक गएको वर्षमा राजनीतिक दल र सरकारको संरचनाबाट नगण्य मात्रै काम भएको भोगेका छन्। सिडनी सायद विदेशमा बसेका नेपालीहरू मध्ये ठूलो संख्या सम्वृद्ध छ यहाँ, ले सम्झनामा नेपालमा जस्तै धरहरा ठड्यायो बत्तिको प्रकाशको। सोमबार 'एनज्याक डे'को सार्वजनिक बिदाको दिन अष्ट्रेलिया इतिहास सम्झँदै थियो भने नेपालीहरू नेपालको महाबिपत्ति! 'कहिल्यै नहोस्' भन्दै सिडनीमा बसोबास गर्ने नेपालीहरू सिडनीको प्रमुख केन्द्र नजिकैको 'एशफिल्ड पार्क'मा भेला भएका थिए। कार्यक्रमको आयोजना गरेको थियो 'नेपाली अष्ट्रेलियन युथ एशोसिएसन' (नया)ले। कार्यक्रम आयोजनाका लागि नयाको टीमलाई धन्यवाद नै दिनुपर्छ

Read More »

यो सिड्नी, समुन्द्र र सुन्दरी

यो सिड्नी, समुन्द्र र सुन्दरी

अष्ट्रेलियाको प्रमुख शहर र व्यवसायको केन्द्र अनि नेपाली सपनाले अवतरण पाउने शहर सिड्नीका सडकको कथा पनि त्यही हो। नेपाली सपनाहरु सहज रुपमा अवतरण हुन्छन् अनि जहाजको लामो यात्राले दिएको तनाव नसकिँदै बसाइँ, काम अनि विश्वविद्यालय, क्याम्पसका शूल्कहरुले दिने तनाव सुरु हुन्छ। सम्पन्नता र प्रजातन्त्र झल्काउने सडकसँगै सपनाहरु ट्राफिक छलेर अगाडी बढ्नछन्। सपना र अर्थतन्त्रको मेल गराउने चक्करमा विश्वविद्यालय, क्याम्पसका एसाइनमेन्टले पनि कम तनाब गराउँदैनन्। सबै तनाबहरु मेटाउने एउटै ठाउँ अनि उपाय हुन्छ समुन्द्र। पृथ्वी र चराचर जगतको विसर्जन समेट्ने समुन्द्र शान्त बनाउँछ तन मनलाई। सायद त्यसैले होला धेरै तनाव र दबाब सहन नसक्ने (नेपालीको तुलनामा, नेपालीलाई दुख र तनाबमा पनि हाँस्न सक्ने जातीका रुपमा लिइन्छ) अंग्रेजहरु शरिरमा न्यूनतम बस्त्र लगाएर समुन्द्रको किनारमा लम्पसार पुग्न पुग्छन्। वीच भनेर चिनिने समुन्द्रका किनाराहरु साँच्चै मानिसलाई तरंगको माध्यमबाट शान्त बनाउँछन्। मानसिक शान्ती दिन्छन् अनि शरिरलाई चुस्ती र ताजगी। साँच्चै यस्तो लाग्छ यी समुन्द्रका किनाराहरु मानिसका दुखलाई किनारा लगाएको अनुभूति गर्नका लागि नै सजाइएका हुन्। नेपाली त्यसमा पनि मध्यमवर्गको मनमा बसेको सिड्नीको अभिन्न अंगहरु हुन यहाँका सामुन्दी किनारा। पर्यटनको महत्वपूर्ण आकर्षण अनि जिवनकै अभिन्न अंग। जहाँ यहाँका हरेक मानिस स्वतन्त्र र सुरक्षित महशुस गरेर निक्कै कम बस्त्रले लाज ढाकेर प्राकृतिक रुपमा पुग्न अनि समुन्द्रको छाल सँगै आफूलाई बगाउने प्रयास गर्छन्। सायद त्यही प्रयासमा उनीहरुको तनाव पनि बग्छ। समुन्द्रबाट निस्केका हरेक सुन्दरी र सुन्दर(ब्यूटीफूल र ह्याण्डसम)हरु तनाव रहित देखिन्छन्। सिड्नी अवतरण गरेका नेपाली युवाका लागि समुन्द्रको यस्ता किनाराहरु रोमान्चक र मनोरञ्जनात्मक मात्र हुँदैन। अरु पनि केही थप हुन्छ, जो उसले नेपालमा देख्न र अनुभव गर्न पाएको हुँदैन। जसको अनुभवका लागि काठमाडौंका धनाढ्य र सम्पन्नहरु थाइल्याण्डको पताया पुग्छन्। समुन्द्र र सुन्दरीहरुको छालसँगको गतिविधि अनि बालुवाको सुताइ र मन्द मन्द हावा परमानन्द भै गो। सायद सामुन्द्री किनारा मानिसमा मादकता पनि भरिदिन्छ, त्यसैले होला धेरैले हनिमुन गन्तव्य पनि बनाउँछन् यसलाई। त्यो कुजी पनि हुन सक्छ, मेन्ली वा बोन्डी।

Read More »

यी कुरा सिकौं सिड्नीबाट

यो सिड्नी, समुन्द्र र सुन्दरी

नेपालीहरुका लागि यो सपनाको सहर हो। जहाँ कोही आफै अवतरण हुने सपना साँचेका छन् भने अभिभावक भएकाहरु यूवा सन्तानको भविष्यलाई यहाँ अवतरण गराउने योजनामा छन्। राजधानी काठमाडौंका चोक र गल्लीमा अनगिन्तीको संख्यामा रहेका शैक्षिक परामर्शदाताहरु नेपाली सपनालाई त्रिभूवन विमानस्थलबाट उडाउनका लागि इन्धन भर्ने काम गरिरहेका छन्, बैंकहरु त्यसैमा क्याटालिष्ट (उत्प्रेरक)को काम गर्छन्। अष्ट्रेलिया यतिखेर हरेक प्लस टु गर्नेहरुको सपनामा देखिन थालिसकेको छ। कम्तिमा दुई वर्षको विश्वविद्यालय शिक्षा त्यसपछिको अध्ययन पछिको दुईवर्षे काम गर्ने अनुमति र स्थायी बसोबास (पीआर) स्वयंभूका भरयाङ जसरी नै एक पछि अर्को गरि योजना गरिएका छन्। यही यूवा योजनाको अन्तर कुन्तरमा अभिभावका सपना र भविष्य पनि जोडिन्छन्। अष्ट्रेलियाको राजधानी नै थाहा नभएका धेरै छन् काठमाडौंमा अष्ट्रेलिया पुग्ने सपना बोक्ने। अष्ट्रेलियाको राजधानी सोध्दा ९० प्रतिशत भन्दा बढिले सिड्नी नै जवाफ दिन्छन्। यसको कारण हो नेपालीले सजिलै चिन्दछन् सिड्नी। सायद यो नेपालीका लागि अरु भन्दा नजिक छ। ओलम्पिक आयोजना भएकाले पनि हुनसक्छ नेपालीलाई अष्ट्रेलिया भन्नासाथ मानिसहरु सिड्नी नै सम्झन्छन्। त्यसो हुनाको कारण हो अष्ट्रेलिया चिनाउने दुई ठूला संरचना ‘ओपेरा हाउस’ र ‘हार्बर ब्रिज’ सिड्नीमा हुनु। जसले मानिसहरुलाई अष्ट्रेलिया भनेकै सिड्नी हो भन्ने बनाउँछ। सिड्नीको मुख्य आकर्षण यी दुई हुन्। साथै सिड्नीका ‘बोन्डाई’, ‘म्यान्ली’ लगायतका वीच अनि रोयल बोटानिकल गार्डेन र हाइड पार्क पनि सिड्नीका आकर्षक स्थल हुन् जहाँ यहाँ भित्रने पर्यटक र आगन्तुक घुम्न छुटाउँदैनन्।

Read More »