पछील्लो समय अष्ट्रेलियाको नेपाली समाजमा ‘अक्टोपस सर्भे’ सामाजिक मंचमा धेरै छलफल हुने विषय बनेको छ। फेसबुकमा धेरै सेयर भएको साथै साथीभाईका बीचमा पनि धेरै कुराकानी हुने गरेको यो ‘अक्टोपस सर्भे’ को गुदी कुरो चाहिँ यसमा सहभागी भएर सोधिएका प्रश्नहरूको जवाफ दिँदा सर्भे सफलताकासाथ समाप्त गर्नेहरूले ठिक ठाकै पैसा पाउने अवस्था हुनु हो। पैसा पाउने भएकाले सहभागी हुन पनि आकर्षण हुने भईहाल्यो। अर्को कुरा भनेको यसमा ज्वाईन हुन यसभन्दा अघि नेपाली समुदायमा चर्चा भएका र धेरैले समय धन गुमाएको साथै हैरानी बेहोरेको ‘नेटवर्किंग बिजनेस’ जस्तो यसमा जोडिनको लागी कुनै पैसा तिरिराख्नु नपर्ने भएकाले पनि यसमा जोडिन आग्रह गर्नेको संख्या बढेको हो। …
Read More »अन्तर्राष्ट्रिय विद्यार्थी तान्ने अष्ट्रेलियाको योजना
विश्वमै प्रमुख शैक्षिक गन्तव्यको रूपमा पहिचान बनाएको अष्ट्रेलियाले आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्या बढाउने भएको छ। सन् २०२५ सम्मको रणनीति ‘ नेशनल स्ट्राटेजी फर इन्टरनेशनल एजुकेसन २०२५’ सार्वजनिक गर्दै अष्ट्रेलियाले आगामी वर्षहरूम विदेशी विद्यार्थीको संख्यालाई दोब्बर पार्ने स्पष्ट पारेको छ। हालै सार्वजनिक अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा २०२५ ला लागी राष्ट्रिय रणनीतिले आगामी वर्षदेखी अष्ट्रेलिया अध्ययनका लागी आउने विद्यार्थीको संख्यालाई दोब्बर बनाउने नीति लिएको छ। अष्ट्रेलियन संघिय सरकारले लिएको यो नीतिले आगामी वर्ष देखी अष्ट्रेलिया स्टुडेन्ट भिजा एप्लाई गर्ने साथै पढ्न आउने विद्यार्थीको संख्या ह्वात्तै बढ्ने छ। यतिखेर वार्षिक ५ देखी ६ लाख हाराहारीले अष्ट्रेलियाको विद्यार्थी भिजा पाउँदै आएका छन्। सन् २०१५ मा अध्ययनको नाममा अष्ट्रेलिया आउनेको संख्या ६ लाख भन्दा धेरै थियो। सन् २०१५ मा मात्र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा सेवाबाट १९ बिलियन डलर कमाएको थियो। अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको एउटा ठूलो निर्यात सेवा हो। अष्ट्रेलियामा यो क्षेत्रले मात्र एकलाख ३० हजारलाई रोजगारी दिएको छ, जसमा इमिग्रेसनका कर्मचारी देखी शिक्षक र कलेज युनिभर्सिटीका कर्मचारी, माईग्रेसन, एजुकेसन एजेन्ट समेत पर्दछन्। अहिले विदेश पढ्न जाने विश्वभरका विद्यार्थीको बजारको ५० प्रतिशत हिस्सा विकसित ६ देशमा पर्दछ। ती छ मध्ये अष्ट्रेलियाको प्रतिस्पर्धा अमेरिका र बेलायतसँग छ। अमेरिकाले अध्ययनका लागि विदेशीने विद्यार्थीको कुलसंख्याको १९ प्रतिशत विद्यार्थी आफ्नो देश भित्र्याउने गरेको छ भने बेलायतले १० प्रतिशत। अमेरिकाको विद्यार्थी छनौट कडा छ भने वेलायतको अध्यागमन कानुन विद्यार्थीलाई वेलायतमा स्थायी बसोबास गर्नको लागी सहज छैन। क्षमता भएका र योग्यता पुगेकालाई स्थायी बसोबार (पीआर) सजिलै मिल्ने भएकाले विश्वभरका विद्यार्थीमा अष्ट्रेलिया आकर्षणको केन्द्रमा छ। यहाँका विश्वविद्यालय र कलेजले दिने शिक्षाको गुणस्तर, विश्वभर मान्यता साथै बजारको आवस्यकता अनुसारको कोर्ष डिजाइन भएका कारण पनि विद्यार्थीहरूले अष्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने गरेका छन्। भरखरैको इन्टरनेशनल स्टुडेन्ट सर्भे (२०१४) अनुसार ९३ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक संस्थाको गुणस्तर र यहाँको व्यक्तिगत सुरक्षाको कारण अष्ट्रेलियालाई अध्ययनको गन्तव्यका रूपमा रोजेको बताएका छन्।
Read More »यो हो इलेक्ट्रोनिक्स सामान किन्ने सही समय
डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ। डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो। त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।
Read More »