अष्ट्रेलियामा कोरोना भाईरस विरूद्धको खोप लगाउने क्रम प्रभावकारी रूपमा अगाडी बढ्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय सीमाना र आवगमन खुलाउने रणनीतिलाई कार्यरूप दिने चर्चा चुलिँदै गरेको छ। त्यसै क्रममा आज अष्ट्रेलियनहरूलाई बिदा मनाउन विदेश जाने देखी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया ल्याउने सम्मका विषय सरकारी अधिकारीको आधिकारिक जानकारीका रूपमा सार्वजनिक भईसकेका छन्। यसै क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने विषयले सार्वजनिक मंच पाएको छ। आजको सिड्नी मर्निङ हेराल्डले अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यले यहि वर्षको अन्त्यसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरू राज्यमा आउन थाल्ने तर चीन र नेपालका विद्यार्थी आउन पाउने संभावना भने कम रहेको उल्लेख गरेको छ। (समाचार यहाँबाट पढ्नुहोस्) यो पनि पढ्नुहोस्: अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय …
Read More »पर्दामा महिनावारीको पीडाको तारिफयोग्य प्रस्तुती
सिनेमा निर्माण एउटा जटिल प्रक्रिया हो र त्यसमा पनि लघु सिनेमा झनै फलामको च्युरा चपाए सरह हुन्छ। तर काम जति अफ्ठ्यारो भए पनि यदी त्यो काम अरुको लागी हो भने त्यसको परिणाम मात्र महत्वपूर्ण हुन्छ। सिनेमा निर्माण पनि त्यस्तै काम हो जसलाई दर्शक हरुले राम्रो वा नराम्रो भनेर अनुमोदन नगरुन्जेल सम्म त्यसको कुनै अर्थ हुँदैन। त्यस्तै अमेरिका लाइ कर्मथलो बनाएर नृत्य प्र्शिक्षण गर्दै आउनु भएका नबीन के सी र लुना श्रेष्ठ ले आफ्नो के सी डान्स सेन्टर को प्रस्तुतिमा एक लघु सिनेमा को निर्माण गरेका छन्। महिलाहरुमा हरेक महिना हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो सिनेमा मा मुख्यत:ग्रामिण क्षेत्रमा …
Read More »अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है
कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।
Read More »नझुक्किनुस वाइवाइमा…
‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा तीन हजार भन्दा धेरै नेपाली उद्योग कलकारखाना बन्द भएका रहेछन्। नुन देखी सुन, चामल देखी घुन सबै विदेशबाट ल्याउन पर्ने परनिर्भर परजिवी भएका रहेछौं प्रजातान्त्रिक अधिकारले सुसज्जित टाउकामा जनही ४० हजार भन्दा बढीको अन्तर्राष्ट्रिय ऋण बोकेर। सानोमा सानिमाको घर नारायणगढ …
Read More »