शब्दमा आधारित भएर गरिएको संग्रह: डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्। अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

Read More »

‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

यतिखेर अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश एसाइनमेन्ट तयार गर्न अनि मिड-सेमेस्टर परिक्षा दिनमा व्यस्त छन्। यो समय नै एसाइनमेन्ट अनि परिक्षाको हो। सन् २०१६ को पहिलो सेमेस्टर यतिखेर आधा आधी भएको छ। कतिको यहाँको अध्ययन भरखर सुरू भएको होला त कतिको सकिने तरखरमा होला। एसाइनमेन्ट तयार पार्ने हतारोमा धेरै विद्यार्थीले  त्यसको शुद्धता, शैली अनि त्यसमा अरूको विचार वा सामग्री प्रयोग अनि आफ्नो योगदान स्पष्ट छुट्याउँदैनन्। त्यसको त काम गरेर यूविभर्सिटीको फी तिर्नुपर्ने अनि घरमा पनि पैसा पठाउनु पर्ने दबाबका बीच एसाइनमेन्ट मिले र सकेसम्म कपि पेस्ट अनि प्याराफेज गरेर र नसक्ने नै छाँट आयो भने चैं किनेर पनि काम चलाउने अवस्था बन्छ। यसो गर्दा चलाख नहुने र आफ्नो क्षमता अनुसार वातावरण नबनाउने हो भने त्यसले विद्यार्थीको भिजा समेत क्यान्सिल हुने संभावना रहन्छ। पछिल्लो सात महिनामा मात्र अष्ट्रेलियामा ९,००० जति  विदेशी विद्यार्थीको भिजा क्यान्सिल भएको समाचार आयो। धेरैको मन, मस्तिष्कमा यसले डर र कम्पन पनि पैदा गरयो। हरेक चौमास अनि वर्ष आउने यस्ता समाचार र तथ्यांकले तिनलाई बढी झट्का दिन्छ जो काम बढी पढाई कम गर्छन् अनि विश्वविद्यालयमा उपस्थीति र परिक्षामा राम्रो नतिजा हुँदैन। त्यसो त अष्ट्रेलियाको विद्यार्थी भिसा पाउँदा स्वीकार गरेका सर्तहरू पूरा नगरेको अवस्थामा पनि डर धेरै लाग्छ 'कतै इल्लिगल हुने त होईन?'  पछिल्लो समय अष्ट्रेलियन दैनिक अखबार 'द अष्ट्रेलियन'मा प्रकाशित आलेखले एसाइनमेन्ट सही तरिकाले नगरेको कारण विद्यार्थीहरूको भिजा क्यान्सिल भएको उल्लेख गरेको छ। ईण्डियनसाइटडटकमडटएयूले प्रकाशन गरेको समाचार अनुसार पाकिस्तानबाट अष्ट्रेलिया पढ्न आएका एक विद्यार्थीको भिजा अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले एसाइनमेन्टको कारण नै खारेज गरिदिएको छ। 'प्लेजरिज्म' अर्थात बौद्धिक चोरीको कारण देखाएर अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले पाकिस्तानी विद्यार्थी शाहियार खानको विद्यार्थी भिजा खारेज गरेको हो। मेलबर्नको 'टेक्निकल एजुकेसन डेभलोपमेन्ट ईन्स्टिट्युट'मा अध्ययनरत उनले आफ्नो एसाइनमेन्टहरू ईन्टरनेटमा उपलब्ध सामग्रीहरू सारेर तयार पारेका थिए। उनले एसाइनमेन्टहरूमा अरूले तयार पारेको सामग्रीहरू हुबहु सारेर बुझाएकोअष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले जनाएको द अष्ट्रेलियनको आलेखमा उल्लेख छ। अनुसन्धान तथा अध्ययनमा प्रयोग भएका सामग्रीको स्रोत उल्लेख गर्न समेत खान चुकेका थिए। अरूको लेख तथा विचारलाई सारेर आफ्नो दाबी गर्नुलाई बौद्दिक चोरी (प्लेजरिज्म) मानिन्छ।

Read More »

७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इम्रि्रेसन एण्ड बोर्डर प्रोटेक्सन) ले गत सात महिनामा करिब नौ हजार अर्न्तराष्ट्रिय विद्यार्थीहरुको भिसा खारेज गरेको छ। अष्ट्रेलियाको दैनिक अखबार द अष्ट्रेलियनमा प्रकाशित एक आलेखमा मार्च २०१६ सम्मको सात महिनामा विभागले नौ हजारको संख्यामा भिजाहरु क्यान्सिल गरेको उल्लेख छ। अष्ट्रेलियामा स्टुडेन्ट भिजामा विभिन्न कोर्स अध्ययनका लागि आउने अर्न्तराष्ट्रिय विद्यार्थीहरु मध्ये भिजामा उल्लेख भएका र्सतहरु पालन नगर्ने विद्यार्थीहरुको भिजा विभागले खारेज गर्ने गरेको छ। गत वर्षमात्र विभागले करिब ११ हजार विद्यार्थीको भिजा खारेज गरेको थियो। जसमध्ये २९८ जना विद्यार्थीलाई देश निकाला गरिएको थियो भने बाँकी भिजा खारेज पछि स्वेच्छिक रुपमा नै आफ्नो देश फर्केका थिए। अष्ट्रेलियामा अध्ययनका लागि भनेर स्टुडेन्ट भिजामा आउने अर्न्तराष्ट्रिय विद्यार्थी मध्ये हरेक वर्ष८ देखी १० हजारको भिजा क्यान्सिल हुने गरेको छ। 'फेक डकुमेन्ट' (जाली कागजात) बनाएर आउने, नक्कली विद्यार्थी तथा अष्ट्रेलियामा आइसकेपछि पढाइ भन्दा पनि अरु काममा बढी लाग्ने विद्यार्थीहरुको भिजा धेरै क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियाको रजिर्स्र्टज माइग्रेसन एजेन्टहरुको एक समुहले सात महिनामा भएको ९ हजार जनाको भिजा क्यान्सिलको तथ्यांकले यो वर्षभिजा क्यान्सिल हुनेको संख्या १५ हजार नाघ्ने अनुमान गरेको छ।

Read More »