पछील्लो समय अष्ट्रेलियाको नेपाली समाजमा ‘अक्टोपस सर्भे’ सामाजिक मंचमा धेरै छलफल हुने विषय बनेको छ। फेसबुकमा धेरै सेयर भएको साथै साथीभाईका बीचमा पनि धेरै कुराकानी हुने गरेको यो ‘अक्टोपस सर्भे’ को गुदी कुरो चाहिँ यसमा सहभागी भएर सोधिएका प्रश्नहरूको जवाफ दिँदा सर्भे सफलताकासाथ समाप्त गर्नेहरूले ठिक ठाकै पैसा पाउने अवस्था हुनु हो। पैसा पाउने भएकाले सहभागी हुन पनि आकर्षण हुने भईहाल्यो। अर्को कुरा भनेको यसमा ज्वाईन हुन यसभन्दा अघि नेपाली समुदायमा चर्चा भएका र धेरैले समय धन गुमाएको साथै हैरानी बेहोरेको ‘नेटवर्किंग बिजनेस’ जस्तो यसमा जोडिनको लागी कुनै पैसा तिरिराख्नु नपर्ने भएकाले पनि यसमा जोडिन आग्रह गर्नेको संख्या बढेको हो। …
Read More »अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है
कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।
Read More »कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड
यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ नेपालमा जति आकर्षण हुन्छ अष्ट्रेलियाको त्यो भन्दा बढी चासो हुन्छ भिजा लाग्छ कि लाग्दैन। अनि आफुले चिनेका को को कुन कुन एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेर गएका हुन् त्यसको सोधी खोजी हुन्छ। अष्ट्रेलियाको स्टुडेन्ट भिजामा आफ्नो संभावना देखेपछी अनेकन कागजी प्रक्रिया पुरयाएर कन्सल्टेन्सीले सुझाएको विषय र विश्वविद्यालयमा भर्ना भई भिजा अप्लाईको चरणमा पुगिन्छ। भिजा पाएको सूचना जतिको स्वर्गिय आनन्द त केही हुँदैन त्यतीबेला। तर अष्ट्रेलिया आएपछी थाहा हुन्छ साथिभाई आफन्तका फेसबुकमा अपलोड गरिएका सुन्दर तस्वीर र …
Read More »अष्ट्रेलियामा धेरै माग भएका ५ कामदार
अष्ट्रेलियालाई अवसरको राजधानीको रूपमा लिइन्छ विकासशील मुलुकहरूमा। त्यसैले अतिकम विकसित देखी विकासोन्मुख र विकासशील देशका शिक्षित जनशक्ति अष्ट्रेलिया ओइरिने क्रम बढ्दो छ। विशेष गरेर अष्ट्रेलियाको सुखद र आनन्दको जिवनले अरू देशका मानिसलाई यहाँ आउनको लागी उत्प्रेरित गर्दछ। यहाँको सार्वजनिक सेवा, यातायातको सुविधा, स्वास्थ्य, शिक्षा र करिअर सम्भावनाका कारण मानिसहरू अष्ट्रेलियालाई माइग्रेसनको सबैभन्दा उत्तम बिकल्पको रूपमा लिन्छन्। यही कारण नै संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोश्रो उत्तम मुलुकको रूपमा राखेको छ। विधिको शासन साथै अवसर र सुविधाले अष्ट्रेलियालाई जिवन यापनको लागी एउटा सुखद अवसरको भूमि बनाएको छ। धेरै नेपालीहरू विद्यार्थी तथा दक्ष आप्रवासीका रूपमा वर्षेनी अष्ट्रेलिया आउने गर्दछन्। अष्ट्रेलियाले दक्ष कामदारका रूपमा पनि धेरै विदेशीलाई ४५७ भिजाको माध्यमबाट यहाँ ल्याउने गर्दछ। यो ४५७ भिजा अष्ट्रेलियामा कामदारका रूपमा छिरेर यहाँको स्थायी बसोबासका लागी पीआर अर्थात परमानेन्ट रेसिडेन्सी पाउने एउटा बाटो हो। अष्ट्रेलियाको संघिय सरकारले हरेक वर्ष यो ४५७ भिजाको माध्यमबाट ५० हजार विदेशी कामदारलाई अष्ट्रेलिया आउने अनुमति दिन्छ।
Read More »