शब्दमा आधारित भएर गरिएको संग्रह: अष्ट्रेलिया

अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान् - Katuwal.com

कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।

Read More »

कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ नेपालमा जति आकर्षण हुन्छ अष्ट्रेलियाको त्यो भन्दा बढी चासो हुन्छ भिजा लाग्छ कि लाग्दैन। अनि आफुले चिनेका को को कुन कुन एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेर गएका हुन् त्यसको सोधी खोजी हुन्छ। अष्ट्रेलियाको स्टुडेन्ट भिजामा आफ्नो संभावना देखेपछी अनेकन कागजी प्रक्रिया पुरयाएर कन्सल्टेन्सीले सुझाएको विषय र विश्वविद्यालयमा भर्ना भई भिजा अप्लाईको चरणमा पुगिन्छ। भिजा पाएको सूचना जतिको स्वर्गिय आनन्द त केही हुँदैन त्यतीबेला। तर अष्ट्रेलिया आएपछी थाहा हुन्छ साथिभाई आफन्तका फेसबुकमा अपलोड गरिएका सुन्दर तस्वीर र …

Read More »

सस्तो मोबाईल प्लान, १० डलरमा १ जिबी डाटा अनलिमिटेड कल

अष्ट्रेलिया आएपछी पैसा कमाउनमा जोड भएपनि जोगाउनमा हामी खासै ध्यान नै दिँदैनौं। सित्तैमा हुने भिजा अप्लाई गर्न समेत २५० देखी ७५० सम्म खर्च गर्छौं किनकी हामीलाई त्यसमा लाग्ने समय नै छैन। सिफ्टको मुस्किलले हुने २०० डलरकै पछी लाग्नमा हतार हुन्छ र सानो कामको लागी दुई देखी तिन दिनको कमाई फाल्छौं। मोबाईल लिने भनेपछी हामी धेरैले ‘भोडाफोन’को प्लानमा आईफोन समातिहाल्छौं। पहिले पहिले आएका नेपालीहरुले भोडाफोन लिएको अनि सुरूसुरूमा भोडाफोन टु भोडाफोन फोन गरेको पैसा नलाग्ने अनि आईफोन पनि हुने भएकाले पनि हुन सक्छ धेरै नेपालीहरुले भोडाफोन नै लिने। त्यसो त भोडाफोनको प्याकेजमा मिल्ने क्रेडिटले नेपाल फोन गर्दा प्याकेजको तिर्नुपर्ने मासिक शुल्क …

Read More »

सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस

पश्चिमा मुलुकमा जस्तो तथ्यांक, अनुसन्धान, तर्क र कानुनमा चल्ने भएको भए नेपालमा सार्वजिनक यातायात र दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या निक्कै कम हुन्थ्यो। धेरै जनाको ज्यान जाने गरि दुर्घटना भएका समयमा मिडियामा सार्वजनिक सवारीहरूको अवस्था, नियम, सिण्डीकेट आदी इत्यादी विषयमा समाचार, विश्लेषण अनि आलेखहरू आउँछन्। नेता, मन्त्री, सम्बन्धित नियामक तथा सरकारी कार्यालयका कर्मचारी ‘बाईट’ दिन्छन् र सबै कुरा ‘डिमेन्सिया’ लागेको जस्तो विस्मृतीमा जान्छ अर्को ठूलो दुर्घटना नहुन्जेलका लागी। न त राज्यको ‘मेमोरी’ छ न समाजको ‘मेमोरी’ भनिने मिडियाको नै। नेताहरू हाकै भन्छन् ‘जोगी हुन राजनीतिमा लागेको होईन!’ यति भएपछी सबै स्पष्टै छ ‘सक्किगोनी’। सार्वजनिक यातायातमा पुराना बस हटाउने चर्चा नेपालमा …

Read More »