टन्नै छन् हुण्डी चिन्नै गाह्रो छ, यो चाहिँ बास्तविकता हो अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन चाहने विद्यार्थीको लागी। अष्ट्रेलियामा दर्ता छ भनेको छ नेपालका बैंक पार्टनर छन्, (पेमेन्ट दिने भएकाले भनेको पनि हुनसक्ने स्थिती)। तर, नेपालमा कतै केही सुनिएको हुँदैन। त्यसो त एउटा एबीएन लिएरै मनि ट्रान्सफर भनेर चलाए हुने स्थिती छ। अष्ट्रेलियामा दर्ता छ भने पनि नेपालमा जानै पैसाको हरेक व्यक्तिको 'ट्रान्ज्याक्सन रेकर्ड' अष्ट्रेलियाको सरकारी निकायमा जान्छ कि जान्न? त्यो सँगै पासपोर्ट लगायतका अति संवेदनशिल व्यक्तिगत विवरणको गोपनियता के रहन्छ? कतै त्यो दुरूपयोग त हुने होईन? भयो भने त्यसले कतिसम्म गम्भिर असर पार्छ भन्ने अनुमान समेत गर्ने फुर्सत छैन पैसा पठाउनेलाई चाहिँ। चासो खाली एक दुई रूपैंको रेटको छ। यस्तै रेटको चक्करमा हजारौं चैट हुनेहरूले पनि दोश्रो पटक चेतेको देखिन्न। यो पनि वास्तविकता हो।
Read More »एउटै खाटको २४ लाख ! कस्तो हुन्छ त सुत्दा?
हामी नेपाली जहाँ पुगेपनि यसो हरहिसाबको कुरा आयो भने गणित चैं नेपालीमा नै गर्छौं, बजार र खरिदारीको कुरामा पनि त्यही नै हो। आजको मूल्यमा २४ लाख नेपाली पर्ने खाट अर्थात् बेड को विषय उठान गरेको छु।
Read More »पर्दामा महिनावारीको पीडाको तारिफयोग्य प्रस्तुती
सिनेमा निर्माण एउटा जटिल प्रक्रिया हो र त्यसमा पनि लघु सिनेमा झनै फलामको च्युरा चपाए सरह हुन्छ। तर काम जति अफ्ठ्यारो भए पनि यदी त्यो काम अरुको लागी हो भने त्यसको परिणाम मात्र महत्वपूर्ण हुन्छ। सिनेमा निर्माण पनि त्यस्तै काम हो जसलाई दर्शक हरुले राम्रो वा नराम्रो भनेर अनुमोदन नगरुन्जेल सम्म त्यसको कुनै अर्थ हुँदैन। त्यस्तै अमेरिका लाइ कर्मथलो बनाएर नृत्य प्र्शिक्षण गर्दै आउनु भएका नबीन के सी र लुना श्रेष्ठ ले आफ्नो के सी डान्स सेन्टर को प्रस्तुतिमा एक लघु सिनेमा को निर्माण गरेका छन्। महिलाहरुमा हरेक महिना हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो सिनेमा मा मुख्यत:ग्रामिण क्षेत्रमा …
Read More »के फाईदा छ त? अक्टोपस सर्भे भरेर
पछील्लो समय अष्ट्रेलियाको नेपाली समाजमा ‘अक्टोपस सर्भे’ सामाजिक मंचमा धेरै छलफल हुने विषय बनेको छ। फेसबुकमा धेरै सेयर भएको साथै साथीभाईका बीचमा पनि धेरै कुराकानी हुने गरेको यो ‘अक्टोपस सर्भे’ को गुदी कुरो चाहिँ यसमा सहभागी भएर सोधिएका प्रश्नहरूको जवाफ दिँदा सर्भे सफलताकासाथ समाप्त गर्नेहरूले ठिक ठाकै पैसा पाउने अवस्था हुनु हो। पैसा पाउने भएकाले सहभागी हुन पनि आकर्षण हुने भईहाल्यो। अर्को कुरा भनेको यसमा ज्वाईन हुन यसभन्दा अघि नेपाली समुदायमा चर्चा भएका र धेरैले समय धन गुमाएको साथै हैरानी बेहोरेको ‘नेटवर्किंग बिजनेस’ जस्तो यसमा जोडिनको लागी कुनै पैसा तिरिराख्नु नपर्ने भएकाले पनि यसमा जोडिन आग्रह गर्नेको संख्या बढेको हो। …
Read More »