नेपालीहरू अध्ययन साथै दक्ष जनशक्तिका रूपमा अष्ट्रेलिया आउने र स्थायी रूपमा नै बस्ने क्रम बढेसंगै अष्ट्रेलियाका विभिन्न शहर तथा क्षेत्रमा पुगेकाहरूले सामुदायिक एकजुटता देखाउने क्रम जारी नै राखेका छन्। अष्ट्रेलियाका विभिन्न स्थानमा पुगेकाहरूले आपसी भाईचारा र सरसहयोगका लागी सामुदायिक समुह खोल्ने क्रममा न्यूसाउथवेल्सको क्विनबियनमा बस्ने नेपालीहरूले "नेपाली समाज क्विनबियन" गठन गरेका छन्। समाजले दीपक पाण्डेलाई अध्यक्ष र केदार चापागाईं र सुरेस अम्गाईंलाई उपाध्यक्ष चयन गरेको छ। समाजमा महासचिव राम खड्का, सचिव राजेन्द्र चापागाईं सहसचिव चोलेश्वर तिवारी, कोषाध्यक्ष उमेश नेपाल, सहकोषाध्यक्ष विष्णु कँडेल रहेका छन्। त्यस्तै सदस्यहरूमा सुमिनकुमार भट्टराई, विशाल थापा, प्रकाश भट्टराई, पुष्कर काफ्ले, महेश थापा मगर, शरद पोखरेल, रिवाज बराल र अमिर आचार्य चयन भएका छन्।
Read More »अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्?
अष्ट्रेलियामा कोरोना भाईरस विरूद्धको खोप लगाउने क्रम प्रभावकारी रूपमा अगाडी बढ्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय सीमाना र आवगमन खुलाउने रणनीतिलाई कार्यरूप दिने चर्चा चुलिँदै गरेको छ। त्यसै क्रममा आज अष्ट्रेलियनहरूलाई बिदा मनाउन विदेश जाने देखी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया ल्याउने सम्मका विषय सरकारी अधिकारीको आधिकारिक जानकारीका रूपमा सार्वजनिक भईसकेका छन्। यसै क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने विषयले सार्वजनिक मंच पाएको छ। आजको सिड्नी मर्निङ हेराल्डले अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यले यहि वर्षको अन्त्यसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरू राज्यमा आउन थाल्ने तर चीन र नेपालका विद्यार्थी आउन पाउने संभावना भने कम रहेको उल्लेख गरेको छ। (समाचार यहाँबाट पढ्नुहोस्) यो पनि पढ्नुहोस्: अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय …
Read More »आख़िर के रैछ त अष्ट्रेलियन ज़ीन्दगी?
अष्ट्रेलियामा सजिलो छैन भन्नेमा कुनै फरक मत नै रहेन। अष्ट्रेलियाको सम्पन्नता हाम्रालागी अक्करमा फलेको फल हो। अप्ठेरो छ तर धेरैले हासिल गरिरहेका छम् :)
Read More »अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है
कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।
Read More »