शब्दमा आधारित भएर गरिएको संग्रह: अष्ट्रेलियामा नेपाली

क्विनबियनमा नेपाली समाज गठन

क्विनबियनमा नेपाली समाज गठन

नेपालीहरू अध्ययन साथै दक्ष जनशक्तिका रूपमा अष्ट्रेलिया आउने र स्थायी रूपमा नै बस्ने क्रम बढेसंगै अष्ट्रेलियाका विभिन्न शहर तथा क्षेत्रमा पुगेकाहरूले सामुदायिक एकजुटता देखाउने क्रम जारी नै राखेका छन्। अष्ट्रेलियाका विभिन्न स्थानमा पुगेकाहरूले आपसी भाईचारा र सरसहयोगका लागी सामुदायिक समुह खोल्ने क्रममा न्यूसाउथवेल्सको क्विनबियनमा बस्ने नेपालीहरूले  "नेपाली समाज क्विनबियन" गठन गरेका छन्। समाजले दीपक पाण्डेलाई अध्यक्ष  र केदार चापागाईं र सुरेस अम्गाईंलाई  उपाध्यक्ष चयन गरेको छ। समाजमा महासचिव राम खड्का, सचिव राजेन्द्र चापागाईं सहसचिव चोलेश्वर तिवारी, कोषाध्यक्ष उमेश नेपाल, सहकोषाध्यक्ष विष्णु कँडेल रहेका छन्। त्यस्तै सदस्यहरूमा सुमिनकुमार भट्टराई, विशाल थापा, प्रकाश भट्टराई, पुष्कर काफ्ले, महेश थापा मगर, शरद पोखरेल, रिवाज बराल र अमिर आचार्य चयन भएका छन्।

Read More »

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्?

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान् - Katuwal.com

अष्ट्रेलियामा कोरोना भाईरस विरूद्धको खोप लगाउने क्रम प्रभावकारी रूपमा अगाडी बढ्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय  सीमाना र आवगमन खुलाउने रणनीतिलाई कार्यरूप दिने चर्चा चुलिँदै गरेको छ। त्यसै क्रममा आज अष्ट्रेलियनहरूलाई बिदा मनाउन विदेश जाने देखी अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया ल्याउने सम्मका विषय सरकारी अधिकारीको आधिकारिक जानकारीका रूपमा सार्वजनिक भईसकेका छन्। यसै क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया ल्याउने विषयले सार्वजनिक मंच पाएको छ। आजको सिड्नी मर्निङ हेराल्डले अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यले यहि वर्षको अन्त्यसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरू राज्यमा आउन थाल्ने तर चीन र नेपालका विद्यार्थी आउन पाउने संभावना भने कम रहेको उल्लेख गरेको छ। (समाचार यहाँबाट पढ्नुहोस्) यो पनि पढ्नुहोस्: अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय …

Read More »

के फाईदा छ त? अक्टोपस सर्भे भरेर

के फाईदा छ त? अक्टोपस सर्भे भरेर - Katuwal

पछील्लो समय अष्ट्रेलियाको नेपाली समाजमा ‘अक्टोपस सर्भे’ सामाजिक मंचमा धेरै छलफल हुने विषय बनेको छ। फेसबुकमा धेरै सेयर भएको साथै साथीभाईका बीचमा पनि धेरै कुराकानी हुने गरेको यो ‘अक्टोपस सर्भे’ को गुदी कुरो चाहिँ यसमा सहभागी भएर सोधिएका प्रश्नहरूको जवाफ दिँदा सर्भे सफलताकासाथ समाप्त गर्नेहरूले ठिक ठाकै पैसा पाउने अवस्था हुनु हो। पैसा पाउने भएकाले सहभागी हुन पनि आकर्षण हुने भईहाल्यो। अर्को कुरा भनेको यसमा ज्वाईन हुन यसभन्दा अघि नेपाली समुदायमा चर्चा भएका र धेरैले समय धन गुमाएको साथै हैरानी बेहोरेको ‘नेटवर्किंग बिजनेस’ जस्तो यसमा जोडिनको लागी कुनै पैसा तिरिराख्नु नपर्ने भएकाले पनि यसमा जोडिन आग्रह गर्नेको संख्या बढेको हो। …

Read More »

अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान् - Katuwal.com

कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।

Read More »