अष्ट्रेलियालाई अवसरको राजधानीको रूपमा लिइन्छ विकासशील मुलुकहरूमा। त्यसैले अतिकम विकसित देखी विकासोन्मुख र विकासशील देशका शिक्षित जनशक्ति अष्ट्रेलिया ओइरिने क्रम बढ्दो छ। विशेष गरेर अष्ट्रेलियाको सुखद र आनन्दको जिवनले अरू देशका मानिसलाई यहाँ आउनको लागी उत्प्रेरित गर्दछ। यहाँको सार्वजनिक सेवा, यातायातको सुविधा, स्वास्थ्य, शिक्षा र करिअर सम्भावनाका कारण मानिसहरू अष्ट्रेलियालाई माइग्रेसनको सबैभन्दा उत्तम बिकल्पको रूपमा लिन्छन्। यही कारण नै संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोश्रो उत्तम मुलुकको रूपमा राखेको छ। विधिको शासन साथै अवसर र सुविधाले अष्ट्रेलियालाई जिवन यापनको लागी एउटा सुखद अवसरको भूमि बनाएको छ। धेरै नेपालीहरू विद्यार्थी तथा दक्ष आप्रवासीका रूपमा वर्षेनी अष्ट्रेलिया आउने गर्दछन्। अष्ट्रेलियाले दक्ष कामदारका रूपमा पनि धेरै विदेशीलाई ४५७ भिजाको माध्यमबाट यहाँ ल्याउने गर्दछ। यो ४५७ भिजा अष्ट्रेलियामा कामदारका रूपमा छिरेर यहाँको स्थायी बसोबासका लागी पीआर अर्थात परमानेन्ट रेसिडेन्सी पाउने एउटा बाटो हो। अष्ट्रेलियाको संघिय सरकारले हरेक वर्ष यो ४५७ भिजाको माध्यमबाट ५० हजार विदेशी कामदारलाई अष्ट्रेलिया आउने अनुमति दिन्छ।
Read More »