विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो।
आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न।
आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।
Read More »