‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा तीन हजार भन्दा धेरै नेपाली उद्योग कलकारखाना बन्द भएका रहेछन्। नुन देखी सुन, चामल देखी घुन सबै विदेशबाट ल्याउन पर्ने परनिर्भर परजिवी भएका रहेछौं प्रजातान्त्रिक अधिकारले सुसज्जित टाउकामा जनही ४० हजार भन्दा बढीको अन्तर्राष्ट्रिय ऋण बोकेर। सानोमा सानिमाको घर नारायणगढ …
Read More »