अष्ट्रेलियामा घर किन्ने सोच बनाउनु भएको छ भने यहाँ क्लिक गरेर जान्नुहोस यति खेर घर किन्नु किन फाईदा छ
तपाइँ हामीले समाचार पढेर थाहा पाइसकेका छौं अष्ट्रेलिया भर ३०० भन्दा धेरै स्टोर भएको इलेक्ट्रोनिक्स सामानको रिटेलर डिकस्मिथले आफ्नो सबै व्यवसाय र स्टोर बन्द गर्दैछ। पछिल्लो समय अनलाइन सपिङको ट्रेण्ड चलेसँगै सस्तो बजारसँग प्रतिस्पर्धा गर्न नसेपछि घाटामा जान थालेको डिकस्मिथको व्यवसायलाई बन्द गर्ने निर्णय यसको सञ्चालकले गरिसकेको छ। जसका कारण अष्ट्रेलियामा ३००० रोजगारीको अवसर कम भएको छ भने यसले आफ्ना कर्मचारीको भविष्य पनि टुंगो लगाइसकेको छ।

डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ।
डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो।
त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।
यस्तो छ डिकस्मिथको छुटको विग्यापन (यहाँबाट जानुस डिकस्मिथको वेबसाइटमा)

स्टोर बन्द हुने भएपनि तपाइँ हामीलाई दिनुपर्ने वारेन्टी ग्यारेन्टीमा कुनै फरक पर्दैन। त्यसैले त्यता तिर चिन्ता लिन पनि परेन।
मलाई त यो बन्द हुँदा खेरीको छुट हामी उपभोक्ताका लागि अवसर नै हो भन्ने लाग्यो र आवश्यकता भएका केही सामान किनें अरु केही चैं अझै मुल्य घट्ने आशामा स्टोरको चक्कर काटिराछु।
तपाइँलाई के लाग्छ, यो हामी उपभोक्ताका लागि अवसर हो? के यही हो त इलेक्ट्रोनिक्स सामान किन्नु फाइदा हुने समय? तपाइँलाई लागेको कुरा कमेन्टमा लेख्नुस छलफल गरौंला