यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ ’cause भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो।

अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। ’cause ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ। आखिर किन सुरू भयो त यो परम्परा हेर्नुस यो भिडियोमा

डेलाइट सेभिङ

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ