अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

यसरी राम्रो व्यवस्थापन गर्न सक्ने हो भने पीआर गारो पनि छैन

अष्ट्रेलिया यतिखेर नेपालीका लागी यस्तो शैक्षिक गन्तव्य हो जहाँ काम, पैसा र पढाईसँगै एउटा सुन्दर सपनाको संसार बसाउन सकिन्छ। विद्यार्थी बनेर पस्ने अनि नागरिक बनेर बस्ने अवसर भएको देश भएकाले काठमाडौं र अरू ठूल शहरका पढेलेखेका अनि केही सम्पन्नहरूमा आफै वा सन्तानलाई अष्ट्रेलिया पठाउने लालसा छ। जसलाई घरघरै भएका एजुकेशन कन्सल्टेन्सीले वास्तविकता बनाइदिएका छन्। ‘फलानोको छोरा सिड्नीमा छ, मस्त पैसा कमाएछ, काठमाडौंमा दुईटा घर बनायो रे’ यस्ता चिया पसले गफ सुनेपछी हरेकलाई आफ्नो छोराले नि आइएलटीएसमा राम्रो अंक ल्याएर अष्ट्रेलिया जाओस बरू घर खेत सबै बैंकमा राखेर ऋण झिकम्ला भन्ने लाग्छ। अभिभावकको स्थानमा त यो भयो सन्तानलाई फेरी आफ्नै उमेरका केटा, केटीहरू सिड्नी, मेलबर्न, पर्थमा गाडीहाँकेर हिँडेको अनि फेसन फेसनको कपडामा ठाँटिएको फेसबुकमा देख्दा कम्ता मन कटक्क हुन्न। यी नै हुन् ‘क्याटलिष्ट’ मिसन अष्ट्रेलियाका। अनि कन्सल्टेन्सी धायो, कागज बनायो हुरूरू अष्ट्रेलिया।

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव
अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो, कर्मशिल मौरीहरूको देश यो हो

फेसबुकका फोटा, अग्ला घर अनि चम्किला गाडी र अनुहार पक्कै आकर्षणका विषय हुन् अष्ट्रेलियन जिवनका। तर धेरैले अष्ट्रेलियन जिवनको रौनक र चक्का चौंध का बीच नेपाली अनि अरू अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नुपर्ने दुख र बाँच्नको लागी गरेको संघर्षको अर्को पाटोलाई ख्यालै नगरेको पाईन्छ। नेपालबाट अष्ट्रेलियाको सपना देख्दा नै यस्ता कुरामा ध्यान दिनु पर्छ यदी अष्ट्रेलिया आउने नै हो भने। नत् ट्वीटरका बरिष्टहरूले गरेझैं अंगुर अमिलो छ को शैली अपनाउँदा हुन्छ। ‘पलायनवादी’, ‘घण्टा हान्ने’, ‘भाँडा माझ्ने’ जस्ता टर्मिनोलोजी निशुल्क तयार छ। चिया पसलमा अनि ट्वीटरमा बस्नुस् विदेशमा काम गरेर दाम र भविष्य बनाउन खोज्नेलाई गाली गर्नुस्।

भारतीय विद्यार्थीको अष्ट्रेलियामा अवस्था चैं यस्तो छ

स्नातक तथा स्नातकोत्तर तहमा अष्ट्रेलियामा पढ्ने अनि यतै सेटल हुने सोच भएकाहरूले माध्यमिक तहमा पटक पटक जाँचमा सप्रसंग ब्याख्या गरेको ‘जिन्दगी केबल फुलैफुलको बिछ्यौना होईन…यो त काँडै काँडाले भरिएको….संघर्ष पनि हो…।’ भन्ने लाईनलाई बिर्षनु भएन। अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो। कर्मशिल मौरीहरूको देश हो यो। जे आउँछ काम गर्नै पर्छ। ब्रिटिश देखी चेक र यूरोपियन यहाँ काममा खटिइरहन्छन। हामी पनि खटिनुपर्छ। काम भन्दा पनि हात पर्ने दाम ठूलो हो। जसले जिन्दगीलाई अगाडी बढाउन भूमिका खेल्छ। दुख, परिश्रम पनि गर्नुपर्छ, चोकै पिच्छे रहेका पब र युवतीका हब त जिन्दगीको अर्को पाटो मात्र हो।

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव
नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ

नेपाली विद्यार्थीको लागी पनि अरूको जस्तै काम र पढाईको पेलान नियमितता यहाँ कुरेर बसेकै छ। भिजा जोगाउनु पर्ने अनिवार्यतामा काम खोज्ने, गर्ने अनि पढाईमा पनि कमी हुन दिनु नहुने अरु मापदण्ड बन्छन् यहाँ जिन्दगीको त्यसैले नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ। त्यसको लागी यहाँका विद्यार्थीको अनुभवबाट सिकेर अष्ट्रेलियाको राम्रो प्लानिङ गर्नु उचित हुन्छ।

यूनिभर्सिटीका राम्रा विद्यार्थीलाई सजिलो पनि छ पीआर पाउन

अष्ट्रेलिया गएपछी काम र कमाई सबै राम्रो हुन्छ मात्र सोच छ नेपालमा किनकी यता आएकाहरू नेपालमा रहेकालाई दुख पोखेर आफुलाई दुखी आत्मा बनाउन चाहँदैनन्। फेसबुकमा काम गरेको र पसिना बगाएको फोटो हाल्ने कुरा पनि भएन। त्यसमा पनि काममा हात फोहर र पानीले भिजेको पो हुन्छ। नेपालमा अष्ट्रेलियाको कमाई र भविष्यको कुरा धेरै चर्चामा हुन्छ तर यहाँको दुखका ’boutमा कमै सूचना पुगेको हुन्छ। ’cause ति कुरा फेसबुक अनि च्याटमा कहिँदैनन् भोगिन्छन् मात्र।

मेलबर्नमा पढ्न आएका सुजिन मानन्धरले भने यहाँको काम र पढाईको पेलानको अवस्थालाई यसरी भिडियोमा व्यक्त गरेका छन्। सुसान्त योन्जनले अपलोड गरेको अन्तर्वार्ता शैलीको यो भिडियो हेर्नुस्:

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ