छद्मभेषमा होस् या नीजि ग्रुपमा ईन्टरनेट अनि त्यसमा उपलब्ध सामाजिक संजालमा मनलागी गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन र साईबर स्पेशलाई सबैकालागी सुरक्षित बनाउन अष्ट्रेलियाले कडा कानुन ल्याउने तयारी गरिरहेको छ। ईन्टरनेट र सामाजिक संजालमा हुने बुलिङ, यौन उत्पिडन, ट्रोल लगायतका गतिविधीबाट महिला तथा बालबालिकालाई सुरक्षित राख्नको लागी समेत कडा कानुनी व्यवस्थाको आवश्यकता महशुस भईरहेको समयमा यसखालको विधेयक संघिय संसदमा प्रस्तुत भएको छ। विधेयक पास भएको खण्डमा साईबर बुलिङ, ट्रोल, सामाजिक संजाल वा ईन्टरनेटको माध्यमबाट दिईने धाक धम्कि, रिभेन्ज पोर्न (प्रेम वा सम्बन्धका समयमा भएका अन्तरंग गतिविधीको भिडियो सार्वजनिक गर्ने काम) लगायतका गतिविधी गर्नेहरूले ठूलो सजायँ भोग्नुपर्नेछ।
यसविषयमा नाईन न्यूजको समाचार
Online trolls hiding behind their phones and keyboards will soon be exposed, and will now face a fine of up to $110 000. @Erin_Molan #9News pic.twitter.com/WcULf6xJcn
— 9News Australia (@9NewsAUS) June 15, 2021
यस विषयमा एबीसीमा आएको समाचार यहाँबाट पढ्नुहोस्
अनलाईन सेफ्टी बील २०२१ को पुरै पाठ पढ्न यहाँ क्लिक गर्नुस्