हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले !! गरिबी र अभावमा हुर्केको आम नेपालीलाई महाकवी लक्ष्मिप्रसाद देवकोटाले आफ्नो जे जस्तो छ त्यसैमा चित्त बुझाउन सिकाएर गए। किशोर उमेरको कलिलो मन र मस्तिष्कलाई झ्याप्पै रुझाउँछ महाकवीका भावनाले। तर जब उमेर बढ्दै जान्छ र कपाल पाक्दै जान्छ भावनाले भात आउँदैन रहेछ साग र सिस्नु मै चित्त बुझाउनु पर्ने रहेछ भन्ने प्रस्ट हुन्छ। अनि भात र थात थलोमै छानो हाल्नको लागी विदेश जाने बाध्यता पर्दछ। महाकवीको मुना-मदनमा मदन पैसा कमाउनको लागी भोट लागे जस्तै अहिलेका आधुनिक मदनहरू यूरोप, अमेरिका, जापान, अष्ट्रेलिया र मध्यपूर्वका सडक नाप्न थाल्दछन्। महाकवीकै मुनामदनमा जस्तै आधुनिक छुल्याहाहरू चाहिँ सोझा सिधा मदनहरुलाई पीडा माथि पीडा थप्न उद्दत देखिन्छन्। भिसा मिलाईदिने देखी काम मिलाईदिने बहानामा पसिनाको कमाई माथि चाँदीकटाई गर्नेहरू डायस्पोराका कथित अभियन्ता, समाजसेवी नै पनि भईदिन्छन् र पो परदेशमा थप पीडा अनुभव हुन्छ अहिले मदनहरूलाई।
महाकवीको समय थियो अलिक धर्मको डर बढी र पैसाको बोल्ती कम भएको समय। सुनका थैला बोकेर परदेशीहरू घर फर्कन सक्थे जहानपरिवारलाई भविष्यको सुख दिन। अहिले जमाना फेरियो धर्म त मानिसले कपडा जसरी फेर्न सक्ने भए, नैतिकताको नेती फुस्कियो अनि पैसा नै त्वमेव माता च पिता त्वमेव। त्वमेव बन्धुश्च सखा त्वमेव।। त्वमेव विद्या द्रविणं त्वमेव। त्वमेव सर्व मम देवदेव। भईहाल्यो। हुन पनि यो सबैलाई मुस्किल छ जगतमा। पैसा सबैलाई र सँधै चाहिने भयो, कानुन संविधान र सरकारहरूको शासन तलमाथि होला यसको सँधै चल्छ, जता ततै चल्छ। त्यसैले मानिसहरू पैसाको पछी कुदिरहेका छन्।
यो पनि पढ्नुस्: के फाईदा छ त? अक्टोपस सर्भे भरेर
सबैको चासो र चिन्ता पैसा भएपछी र नभईनहुने नै पैसा भएसी त्यसको जोहो नगरी भएन। त्यसमा पनि विदेश घर गाउँ र देश नै छोडेर आएकाले त दिनुपर्ने प्राथमिकता नै पैसा कमाउन र जोगाउन हो। त्यो त गर्नै परयो अनि रह्यो कमाएको जोगाएको पैसा के गर्ने? सही ढंगमा लगानी गर्ने घर पठाउने र घरको आर्थिक अवस्था सुदृढ पार्ने। त्यसो भयो भने भविष्यमा आउन सक्ने संकट र समस्याहरूबाट पार पाउन सकिन्छ। त्यसमाथि पनि कोरोनाको महामारी चलिरहेको छ र नेपालमा भुसको आगो जस्तो फैलिएको महामारीमा परिवारलाई सुरक्षित राख्नको लागी आवश्यक पर्ने स्वास्थ्य उपकरण र सेवाका लागी प्रशस्तै पैसाको आवश्यकता छ त्यसैका लागी अष्ट्रेलियामा हामी कुदिरहेका छौं हरियो डलरले आफ्नो विपन्नताको कलर परिवर्तन गर्न।
तर, अष्ट्रेलियामा पैसा कमाउन भन्दा गाह्रो छ समाउन अनि त्यसलाई नेपालमा सुरक्षित पुरयाउन। ‘क्यास’मा सस्तोमा काममा दलाउँछन् कमाउन मुस्किल भईहाल्यो। आफ्नो नि भिषाको समस्या छ आपत जे परे नि ‘मर्ता क्या न कर्ता’ गरिन्छ। बल्ल तल्ल रगत पसिना एक गरेक कमायो, फोनको किस्ता, घरभाडा, खानपानको व्यवस्था मिलाएर हल्का बचत गरयो, कलेजको फि तिर्दामै ‘शिवखुलित’ हुन्छ बचत खाता। यस्तो प्रोग्राम उस्तो नाईट अनि त्यस्तो पार्टी भनेर साथीभाईले कर गर्छन् एक दुई सिफ्टको कमाई त्यतै चैट। बल्ल तल्ल गरेर नेपाल पठाउन पैसा जम्मा हुन्छ। त्यो पनि हुण्डीवालाले पचाई दिन्छ। हुन त आफ्नै गल्ति हो दुई चार रूपैंयामा रयाल नकाढेको भए डाम्नोले लाख त पचाउने थिएन। अनुहार नै कालो निलो भएर आउँछ फलानो डाम्नोले भोली नै नेपालमा खातामा पैसा हाल्दिन्छु भनेर भनेको तीन दिन भयो फेसबुकमा नि ब्लक गरेको छ फोन नम्बर पनि। अब कसरी पत्ता लगाउने? यही हो नेपाली विद्यार्थीको तनाब। धेरै सन्दर्भ र अरूले गुमाएको देखेर पनि पाठ नसिक्ने कला हो यो।
टन्नै छन् हुण्डी चिन्नै गाह्रो छ, यो चाहिँ बास्तविकता हो अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन चाहने विद्यार्थीको लागी। अष्ट्रेलियामा दर्ता छ भनेको छ नेपालका बैंक पार्टनर छन्, (पेमेन्ट दिने भएकाले भनेको पनि हुनसक्ने स्थिती)। तर, नेपालमा कतै केही सुनिएको हुँदैन। त्यसो त एउटा एबीएन लिएरै मनि ट्रान्सफर भनेर चलाए हुने स्थिती छ। अष्ट्रेलियामा दर्ता छ भने पनि नेपालमा जानै पैसाको हरेक व्यक्तिको ‘ट्रान्ज्याक्सन रेकर्ड’ अष्ट्रेलियाको सरकारी निकायमा जान्छ कि जान्न? त्यो सँगै पासपोर्ट लगायतका अति संवेदनशिल व्यक्तिगत विवरणको गोपनियता के रहन्छ? कतै त्यो दुरूपयोग त हुने होईन? भयो भने त्यसले कतिसम्म गम्भिर असर पार्छ भन्ने अनुमान समेत गर्ने फुर्सत छैन पैसा पठाउनेलाई चाहिँ। चासो खाली एक दुई रूपैंको रेटको छ। यस्तै रेटको चक्करमा हजारौं चैट हुनेहरूले पनि दोश्रो पटक चेतेको देखिन्न। यो पनि वास्तविकता हो।
यस्तोमा दिऔं ध्यान:
सकेसम्म अष्ट्रेलिया र नेपाल दुवै देशमा दर्ता भएका र दुवैका केन्द्रीय बैंक वा सम्बन्धित निकायका वेबसाईटमा सूचिकृत रेमिट कम्पनी। जस्तो कि अषट्र्याक र नेपाल राष्ट्रबैंकको सूचीमा रहेका कम्पनीहरू।
एक भन्दा धेरै देशबाट कारोबार गर्ने रेमिट कम्पनीहरू। अष्ट्रेलिया, वेलायत, अमेरिका, भारत, फिलिपिन्स, जापान, नेपाल लगायत विश्वका धेरै देशहरूमा कारोबार गर्ने कम्पनीहरू छान्दा राम्रो। धेरै देशमा कारोबार गर्ने यस्ता कम्पनीहरू ठग हुने संभावना कम हुनसक्छ। जस्तो कि रेमिट्ली। यस्ता कम्पनीहरूले दिने रेट केही कम होला तर पैसा सुरक्षित र कानुनी हुन्छ।
फेसबुक एकाउन्टवाला रेमिटबाट जोगिऔं। धेरै विद्यार्थी तथा नवआगन्तुकलाई फेसबुकमा एनआरएनएका नेता वा नेपाली बीचमा चिनिएका, आफ्ना चिनजानका मानिसहरूसँग रहेको रेमिटवाला एकाउन्ट विश्वासिलो लाग्न सक्छ। सबै ठूलाबडासँग फेसबुकमा साथी छ अनि रेट पनि राम्रो दिईराको छ भन्ने लाग्ला। तर, फेसबुकको ग्रुप वा कसैसँग साथी (म्युचुअल) हुँदैमा उसले तपाईंको पैसा सुरक्षित नेपाल लैजान्छ र कानुनी हो भन्ने हुँदैन। यस्तोलाई फ्याट्टै विश्वास र रेटमा लोभ गर्दा तपाईंले पैसा गुमाउने संभावना धेरै हुनसक्छ।
नेपाली नै भनेर नलाग्नुस्। धेरैलाई नेपालीमा विज्ञापन फेसबुकमा सेयर गरेका वा नेपालीमूलकाको कम्पनी भनेर पनि झ्याप्पै नलाग्नुस्। नेपाली भाषा वा नामको प्रयोग खासमा ‘ईमोसनल’ मार्केटिंग हो। कम्पनी सही छ र उसको कारोबारको कानुनी मान्यता छ भने मात्र पैसा पठाउन उक्त कम्पनी छनौट गर्नुस्। नेपाली हुँदैमा कानुनी वा सही भएको प्रमाणित हुँदैन। आजसम्म जति पनि नेपाली विद्यार्थी वा नवआगन्तुकले गुनासो गरेका कम्पनी वा सेवाप्रदायक छन् ति सबै नेपाली नै छन्। वेस्टर्न युनियन वा रेमिट्लीले पैसा खाईदियो भनेको पनि सुनिएको छैन न त आईडिपीले गलत सल्लाह दियो भनेको। त्यसैले भावनामा बगेर पैसा नडुबाउनुस्।
यो पनि पढ्नुस्:
यो तलको तस्विरमा क्लिक गरेर रेमिट्लीबाट पैसा पठाउनुस्
रेमिट्लीको रेट अरूको भन्दा केही कम होला तर नेपाल पैसा चाहिँ तुरून्त र सुरक्षित पुग्छ (मेरो अनुभव 🙂 )