सन् २०२१ मा क्यानडाले चारलाखलाई पीआर दिने

क्यानडाले सन् २०२१ मा चारलाख भन्दा बढीलाई क्यानडामा स्थायी रुपमा बस्ने र काम गर्ने सुविधा सहितको भिसा पीआर दिने योजना बनाएको छ। कोरोना भाईरसका कारण थला पर्ने अवस्थामा पुगेको अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने गरेर क्यानडाले सन् २०२१, २०२२ र २०२३ मा क्रमश चारलाख एक हजार, चारलाख ११ हजार र चारलाख २१ हजारलाई पीआर दिन लागेको हो। क्यानडा सरकारले सार्वजनिक गरेको आप्रवासी सम्बन्धि योजनाले क्यानडाले कोरोना भाईरसको प्रकोप जारी रहेकै अवस्थामा पनि सन् २०२१ को आर्थिक वर्षमा चार लाख एक हजार जनालाई क्यानडामा स्थायी रूपमा बस्न पाउने अधिकार सहितको भिसा पीआर दिन लागेको हो। 
सन् २०२१ मा क्यानडाले चारलाखलाई पीआर दिने - Katuwal

क्यानडाले सन् २०१९ मा तीनलाख एकचालिस हजार एकसय ८० जनालाई पीआर प्रदान गरेको थियो। यो अघिल्ला वर्षहरूको भन्दा धेरै हो। क्यानडाका अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री मार्को मेन्दिकिनोले  देशको दिर्घकालिन आर्थिक विकास साथै अहिलेको कोरोना महामारीको समयबाट पार पाउनको लागी आप्रवासीहरूको महत्व धेरै रहेको बताएका छन्। उनले क्यानडाले महामारीको बीचमा पनि पीआर दिने कुरालाई नरोकिएको बताए।

सन् २०२१ मा क्यानडाले चारलाखलाई पीआर दिने - Katuwal
क्यानडामा पीआर पाउने व्यक्तिहरूको प्रमुख १० श्रोत राष्ट्र

क्यानडाको पीआर पाउने व्यक्तिले क्यानडामा बस्न, काम गर्न साथै घरबार जोड्न र नागरिकता समेत प्राप्त गर्न सक्छन्।

क्यानडाको पीआरका विषयमा थप जानकारी लिन यहाँ क्लिक गर्नुस्