करिब दुइ सय मिलियन डलर को लागतमा निर्माण भएको एक्सन, एडभेन्चर, फ़्याण्टेसि जनराको सिनेमा “वण्डर वुमन १९८४” क्रिसमस को दिन देखि सिनेमाहल र ओं टी टी प्लेटफर्म मा रिलिज गरिएको छ। पेटी जेकिन्सद्वारा लिखित र निर्देशित यो सिनेमा सन् १९८४ मा प्रदर्शन भएको “वण्डर वुमन” को दोश्रो भाग हो। सुपर हिरो को कथा मा सिनेमा निर्माण गर्ने वार्नर ब्रदर्स को यो सिनेमा को कथा सन् १९८४ को छ, तर लेखक ले सामान्य कुरामा पनि ध्यान नदिदाँ सिनेमाको गतिमा केहि “जर्क” आएको छ ।
सिनेमा रिलिज हुनु भन्दा पहिले नै निर्माण संस्था ले सिनेमाको “ओपनिङ्ग सिक्वेन्स” सामाजिक सन्जालहरु बाट प्रचार गरिएको थियो। डायना (गेल गडट) मार्सल आर्ट्स को कला देखाउन एउटा रङ्गशालामा आफ्नो पालो पर्खेर बसेकी हुन्छिन। तर अच्चम लाग्दो कुरा इजरायली सेना मा काम गरिसकेकी र मीस इजरायल रहिसकेकी मार्शल आर्ट्स कि कुशल खेलाडी ३५ बर्षिय नायिका गडट लाइ बालिका को रुपमा देखाएर पहिलो गाँस मै ढुङ्गा जस्तो भएको छ र गल्तिको पूर्ण जिम्मेवार निर्देशक जेकिन्स हुन ।
सुपर हिरो को सिनेमा हरुमा नायक वा नायिका हरुले गर्ने कार्य हरु प्राय सबै पुरानै किसिमका छन्, यो नै सिनेमाको सबैभन्दा ठुलो “माइनस प्वाइण्ट” हो। खलनायक पक्ष सँग रहेको विनासकारी ग्यास नायक पक्ष ले आफ्नो पकड मा लिन गर्ने अन्तर द्वन्द नै यो सिनेमाको मुख्य बिषय हो। तर यो सिनेमाले बच्चा हरुलाई मात्र आकर्षित गर्न सक्छ, बयस्क हरुलाई आकर्षित गर्न सक्ने खुबी यो सिनेमा मा छैन। सिनेमाको पहिलो भागमा बिमान दुर्घटना को बिषय थियो तर दोश्रो भागमा बिल्कुल फरक बिषय छ। खलनायक म्याक्स लर्ड को भूमिका मा पेड्रो पास्कल ले उत्कृष्ट अभिनय गरेका छन्। उनी पर्दा मा देखिने बितिकै एक किसिमको डर पैदा हुन्छ। नायिका गडट ले आफ्नो अभिनय, मार्शल आर्ट्स को कला र सौन्दर्य ले दर्शक को ध्यान खिच्न सफल छिन। अन्य सह कलाकार हरु क्रिस पिन, क्रिस्टिन पिल्ग आदि को अभिनय सामान्य छ ।
भब्य सेट, मुटु हल्लाउने एक्सन दृश्य र सुन्दर लोकेसन को कारण यो सिनेमा एकपटक हेर्न सकिन्छ तर कुनै सन्देश दिन्छ भन्ने उद्देश्य राख्ने हो भने त्यसबाट भने निरास हुने पक्का छ। अँग्रेजी सिनेमाको परिबेस सँग नेपाली दर्शक त्यसै पनि परिचित छैनन्, त्यसमाथी कथा लेख्ने स्वयम निर्देशक भएर पनि सिनेमा को गति मा निरन्तरता छैन। हरेक अँग्रेजी सिनेमा लाई राम्रो भन्ने र नेपाली सिनेमा लाइ नराम्रो भन्ने दर्शक ले एकपल्ट हेरे पनि पंक्तिकार लाइ भने यो सिनेमा कुनै खास लागेन। अब हेर्ने र नहेर्ने आफ्नो आफ्नो निजी विचार हो ।