सिने प्रेमी दर्शक हरुको बीच लोकप्रिय हुँदै गएको छोटो सिनेमा (सर्ट फिल्म) लाइ ध्यानमा राखेर त्यस्ता सिनेमा हरु सिनेमा हल हरुमा प्रदर्शन गर्ने लहर चलेको छ । यस्तै एउटा सर्ट फिल्म हो “लेरी” । बास्तबमा लेरी एउटा यस्तो जीव हो जसलाई अरु त् के उसै लाइ थाहा छैन कि उ के हो? । यो बिशाल सँसारमा उ कतै जान खोजिरहेको छ तर कता जाने उसैलाई थाहा छैन । उ जता जता जान्छ त्यँहाका मान्छे हरु उ सँग डराएर भाग्छन । उ कता जान्छ यस्तै अन्तरद्वन्द मा सर्ट फिल्म “कम प्ले” को विभत्स रस टिकेको छ ।
डर र त्रास को भाब जगाउने यो सिनेमा “कम प्ले” मा कुनै नयाँ हेर्न पाइन्छ भनेर सोच्नु भयो भने तपाईं सायद निरास हुनुहुन्छ तर केवल एउटा “हरर” सिनेमा मात्र हेर्न बस्नु भयो भने राम्रो “टाइम पास” हुन्छ । वृतचीत्र (ड्क्युमेण्ट्रि) को लोकप्रिय नाम निर्देशक जेकब चेज को यो पहिलो फिचर फिल्म हो । पहिलो फिल्म मै दर्शक हरुको मनमा डर पैदा गर्न कठपुतली हरुलाई “भुत” बनाएका छन् त्यसको प्रशंसा गर्न कन्जुसी गर्नु पर्दैन । एउटा निर्देशकको रुपमा उनलाई कलाकार हरुले पनि राम्रो साथ् दिएका छन् ।
फिल्मको कथा ओलिबर नामको एउटा बालक को हो । उ मान्छे हरु सँग कुराकानी गर्न आफ्नो मोबाइलमा एउटा एप्स को सहयोग लिन्छ । यसैबीच उसको बाबु आमाको झगडा हुन्छ र अलग अलग बस्न थाल्छन । उ आमा सँग बस्छ र आफ्नो सबै कुरा आमालाई सुनाउछ । उसको कुनै साथी पनि हुँदैनन् र सबैले उसलाई जिस्काउने मात्र गर्छन । यसैबीच लेरी नामको जीव ओलिबर सँग मित्रता गास्न आइपुछ तर उ यो सँसार को प्राणि होइन ।
सिनेमाको सुरुवात मै मोबाइलमा गेम खेलिरहेको ओलिबर को दुइ आँखा हेर्दैमा दर्शक हरुको रौँ ठाडो हुन्छ । लेरी नामको जीव लाइ लगातार र लामो समय सम्म पर्दा मा राखेर निर्देशक ले त्रास को बाताबरण लाइ टिकाइ राखेका छन् । फिल्म को कथा बस्तु कुनै नौलो छैन तर फिल्म को अन्त सम्म दर्शक हरुलाई एक किसिमको खुल्दुली गराउन निर्देशक सफल छन् । साथै यसै डर को भाबना लाई कायम गर्दै फिल्म लाइ अगाडी बढाउन पनि उनि सफल छन् ।
कतै कतै यो फिल्म छ बर्ष पहिले प्रदर्शित फिल्म “द बाबाडुक” जस्तै देखिन्छ तर जति यो सिनेमा हेर्दा दर्शक डराउने गर्छन त्यति “कम प्ले” ले डराउन सकेको छैन । तर फिल्म को सुरु देखि अन्त सम्म जसरी दर्शक लाइ बाधेर राख्न यो फिल्म सफल छ त्यसको भने तारिफ गर्ने पर्छ । हरर फिल्म मा पनि एउटा सामाजिक अनुभूति लाइ प्रबेश गराएर दर्शक लाइ मनोरन्जन दिनु यसैपनि कठिन काम हो ।
फिल्म का कलाकार हरुमा ओलिबर को भूमिका मा एजी रोबर्ट्सन ले उत्कृष्ट अभिनय गरेका छन् । उसको अभिनय हेर्दा दर्शक हरुको आँखा रसाउछ । उसलाई अरु बाल कलाकार हरुले पनि राम्रो साथ् दिएका छन् । ओलिबरको बाउ र आमाको भूमिका मा गिलियन जैकब्स र जन गेलागर जूनियर दुबैले प्रभावशाली अभिनय गरेका छन् । सिनेमा को पटकथा र पार्श्व सङ्गीत कतै कतै देखेको र सुनेको जस्तो लाग्छ तर पनि नराम्रो भन्न मिल्दैन । फिल्म को छायाँकन र सम्पादन उच्च स्तरको छ । कुल मिलाएर हरर सिनेमा का पारखी हरुको लागि यो सिनेमा एउटा उपहार हुन सक्छ अर्थात् एकपटक हेर्दा पैसा खर्च भएकोमा दुख लाग्दैन ।