पर्दामा महिनावारीको पीडाको तारिफयोग्य प्रस्तुती

सिनेमा निर्माण एउटा जटिल प्रक्रिया हो र त्यसमा पनि लघु सिनेमा झनै फलामको च्युरा चपाए सरह हुन्छ। तर काम जति अफ्ठ्यारो भए पनि यदी त्यो काम अरुको लागी हो भने त्यसको परिणाम मात्र महत्वपूर्ण हुन्छ।  सिनेमा निर्माण पनि त्यस्तै काम हो जसलाई दर्शक हरुले राम्रो वा नराम्रो भनेर अनुमोदन नगरुन्जेल सम्म त्यसको कुनै अर्थ हुँदैन।

त्यस्तै अमेरिका लाइ कर्मथलो बनाएर नृत्य प्र्शिक्षण गर्दै आउनु भएका नबीन के सी र लुना श्रेष्ठ ले आफ्नो के सी डान्स सेन्टर को प्रस्तुतिमा एक लघु सिनेमा को निर्माण गरेका छन्। महिलाहरुमा हरेक महिना हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो सिनेमा मा मुख्यत:ग्रामिण क्षेत्रमा हुने भेदभाब र उनीहरुको नारकीय जिबनको बारेमा प्रकाश पार्ने कोशिस गरिएको छ, र यो कोशिस धेरै मात्रामा सफल पनि भएको छ। करिब १५ मिनेट लामो यो सिनेमा मा रीमा केसी, रुबिना श्रेष्ठ तथा बाल कलाकारहरु ऋचा ढकाल, आयुशा ढकाल, रोमा भण्डारी, रीया श्रेष्ठ, अङ्किता कोइराला र दिप्ती अधिकारीले अभिनय गरेका छन्। कबि नवराज पराजुलीको कवितामा आधारित यो सिनेमा को अबधारणा, पटकथा, संम्वाद तथा निर्देशन अभिनेता सरोज खनालले  गरेका छन् भने छायांकन समीर मानन्धर र सम्पादन  राजीव श्रेष्ठ र बिक्रम सापकोटाले गरेका हुन्।

पर्दामा महिनावारीको पीडा - Katuwal

सिनेमा हेर्दा पंक्तिकार लाइ खट्केको भनेको एक सम्बादमा “डिम्पल” शब्दको प्रयोग भएको छ, सायद सिनेमामा देखाइएको ग्रामिण परिबेस मा त्यो शब्द बोलीदैन कि? अभिनय र मोडलिङ्ग मा अनुभब भएकी रिमा के सी बाहेक अन्य सबै कलाकार हरु ब्यबसायिक होइनन र पनि उनीहरुलाई अभिनय गराउन सक्नु निर्देशक खनालको मेहनत र क्षमता झल्किन्छ। प्राय सँधै अँग्रेजी भाषा मात्र बोल्ने भएर होला कलाकार हरुको कतै कतै सम्बाद मा “जर्क” आएको छ र पनि आलोचना नै गरिहाल्नु पर्ने ठाउँ देखिदैन। एक ठाउँमा बिजुली चम्किने र छाउ भएकी किशोरी तर्सिने बिम्ब प्रयोग भएको छ, जो ह्रदयस्पर्शी छ। कुल मिलाएर कलाकार हरुलाई सम्झाउने र उनीहरुले सम्झिने तरिका तारिफयोग्य भन्दा फरक पर्दैन।

पंक्तिकार सिनेमा सम्बन्धी ज्ञाता होइन र यसलाई समिक्षा भन्दा पनि एउटा दर्शकको निजी अनुभब भनेर बुझ्न सम्बन्धित सबैमा बिनम्र अनुरोध छ। समाजमा चलिरहेको एउटा ज्वलन्त समस्या लाइ श्रब्य दृश्य को माध्यम बाट समाजको बिभिन्न पक्ष मा पुर्याउने सद प्रयास गर्ने निर्माता द्वय के सी र श्रेष्ठ धन्यबाद का पात्र छन्। यस्तै अरु पनि सार्थक प्रयास यो सिनेमा सँग सम्बन्धित सबै सँग फेरी फेरी पनि आशा गर्न सकिने कुरामा दुइ मत नहोला।

सिनेमा यस्तो छ

लेखक : नवीन रायमाझी

हाल अमेरिकामा बसोबास गर्ने नवीन रायमाझी त्रिभुवन विश्वविद्यालयबाट समाजसास्त्रमा स्नातकोत्तर हुन्/ उनीसँग नेपालमा छापा र टेलिभिजन पत्रकारिता गरेको अनुभव छ/ अमेरिका आउनु अघि उनी नेशनल टेलिभिजन सँग सम्बन्धित थिए ।