लामो समय पछि हिन्दी सिनेमा “दुर्गामती द मिथ” हेर्ने मौका पाइयो । तेलगु सिनेमा “भागमती” को हिन्दी रिमेक लाई निर्देशन गरेका छन् सोही सिनेमा का निर्देशक जी अशोक ले र अक्षय कुमार र बिक्रम मलहोत्रा ले लगानी गरेका छन् । एउटा उच्च पदको सरकारी कर्मचारी लाई जाल झेल गरेर जाँच बुझ गर्ने नाम मा उसलाई एउटा ठुलो षड्यन्त्र को हिस्सा बनाउने कथा मा बनेको छ यो सिनेमा । दुर्गामती को हुन् र त्यो सरकारी कर्मचारी लाई किन यस्तो षड्यन्त्र मा पारियो भन्ने जवाफ भने सिनेमा ले दिदैन ।
सुपर स्टार अक्षय कुमारले यस्तो अर्थ न बर्थको सिनेमा किन निर्माण गरे त्यो उनलाई नै थाहा होला तर मनोरन्जनको नाम मा यस्तो बोझिल सिनेमा बनाउनु र प्रदर्शन गर्नु दर्शक लाई धोका दिनु हो । केवल सेट निर्माण मा मात्र पानी सरह पैसा बगाउनु भन्दा पटकथा मा पनि ध्यान दिएको भए सिनेमा हेर्न लायक बन्ने थियो, दुर्भाग्यबश त्यो हुन् सकेन ।
आफ्नो करियरमा लगातार चुनौतिपूर्ण भूमिका हरुमा अभिनय गरेकी अभिनेत्री भूमि पेडनेकर ले दुर्गामती को भूमिका गरेकी छिन । तर यो सिनेमा मा निर्देशक ले उनलाई आफ्नो भूमिका लाई “जस्टिफ़िकेसन” दिने ठाउँ नै दिएका छैनन् । तेलगु भाषा मा सुपर हिट रहेको यो सिनेमा को तेलग भर्सन पंक्तिकारले हेरेको छैन र हेरे पनि भाषा बुझिदैन । तर अच्चम त्यस्तो सफल सिनेमाको रिमेक यस्तो छेउ न पुच्छर को कसरी बन्यो त्यो अच्चम लाग्दो छ ।
यो सिनेमाको पटकथा र सम्बाद नै कमजोर छ, साथै कलाकार हरु जीशू सेनगुप्ता, भूमि पेडनेकर, अरशद वारसी सबैको अभिनय बनाबटी लाग्छ । यसको सबै जिम्मा निर्देशक को हो र उनि नै असफल भएको मानिन्छ । माही गिलको सम्बाद मा निर्देशक अशोक ले राजनीतिमा बंसबाद, हिन्दुत्व को मुद्दा, मन्दिरको मुद्दा सबै मिसाउने प्रयास गरेका छन । तर अपसोच धेरै ठाउँ मा श्रीमद्भगवतगीता को श्लोक नै गलत भनिएको छ, जो हास्यास्पद लाग्छ ।
यो सिनेमाको निर्देशन, लेखन र अभिनयको साथै सिनेमोटोग्राफ़ि, सम्पादन र कला निर्देशन पनि त्यति सन्तोषजनक छैन । यँहा सम्म कि नृत्यको १३ विधा मा पोख्त निर्देशकले यो पक्षमा पनि ध्यान दिन सकेका छैनन् । पंक्तिकारको बिचारमा यो हतारमा निर्माण भएको सिनेमा हो । सिनेमा यसै पनि हेर्न लायक छैन त्यसमा पनि नेपाली दर्शक हरुले परिबेस नबुझ्ने कारणले यो सिनेमा हेर्नु नै बेकार छ । यो सिनेमा हेर्नु भनेको समय र धनको नास गरेर टाउको दुखाउनु मात्र हो ।