पछील्लो समय अष्ट्रेलियाको नेपाली समाजमा ‘अक्टोपस सर्भे’ सामाजिक मंचमा धेरै छलफल हुने विषय बनेको छ। फेसबुकमा धेरै सेयर भएको साथै साथीभाईका बीचमा पनि धेरै कुराकानी हुने गरेको यो ‘अक्टोपस सर्भे’ को गुदी कुरो चाहिँ यसमा सहभागी भएर सोधिएका प्रश्नहरूको जवाफ दिँदा सर्भे सफलताकासाथ समाप्त गर्नेहरूले ठिक ठाकै पैसा पाउने अवस्था हुनु हो। पैसा पाउने भएकाले सहभागी हुन पनि आकर्षण हुने भईहाल्यो। अर्को कुरा भनेको यसमा ज्वाईन हुन यसभन्दा अघि नेपाली समुदायमा चर्चा भएका र धेरैले समय धन गुमाएको साथै हैरानी बेहोरेको ‘नेटवर्किंग बिजनेस’ जस्तो यसमा जोडिनको लागी कुनै पैसा तिरिराख्नु नपर्ने भएकाले पनि यसमा जोडिन आग्रह गर्नेको संख्या बढेको हो। यसमा जोडिनेहरूले त्यस्तो धेरै आकर्षक पैसा र लाभ पाउने चैं हैनन्। आफ्नो विचार व्यक्त गरेको कारण सानो तिनो रकम पाउने हो। जसले सातामा ४० देखी ५० डलर सम्मको आँकडा बनाउन सक्छ। यो नितान्त फुर्सतको समयमा कम्प्युटर तथा मोबाईल चलाएर फेसबुकमा अरूको फोटो लाईक वा कमेन्ट गरेर बस्ने समयको सदुपयोग हो जसले साताभरको कफी वा गाडीको तेलको खर्च सम्म उपर गराउन सकिन्छ।
के यसबाट कुनै हानी हुनसक्छ ?
यतिखेर मैले यो सर्भे भर्न थालेको र यो समुहमा आबद्द भएको पाँच महिना भन्दा बढी भईसकेको छ अहिले सम्म मैले त्यस्तो केही अनुभव गरेको छैन। यसमा मैले दिएको जानकारी भनेको म बसेको उपनगर (सवअर्ब), जन्ममिती, नाम र मोबाईल नम्बर हो। अष्ट्रेलियन कम्पनी भएका कारण उसले उल्लेख गरे अनुसार नै मेरा सूचनाहरू सुरक्षित राख्छ भन्ने लाग्छ। त्यसका लागी उक्त कम्पनी नै जिम्मेवार हुने भएकाले यसमा मैले चाहिँ खास त्यस्तो डर पारेको छैन। त्यसमा पनि हाम्रो व्यक्तिगत रूपमा पहिचान हुने कुराहरू भर्ने हरेक सर्भेमा दिने होईन सर्भे समुह ‘अक्टोपस सर्भे’ लाई दिने भएकाले यसमा खास चिन्ताको विषय छैन भन्ने लाग्छ।
के ज्वाईन गर भनेर लिंक दिनेले २० डलर पाउने हो?
हो पनि होईन पनि। खासमा ‘अक्टोपस सर्भे’ मा रिफर गर्ने अर्थात् अरूलाई यसमा सहभागी भउ भनेर लिंक पठाउनेहरूले त्यो लिंकबाट जोडिने व्यक्ति यदी सफल भएमा मात्र २० डलर पाउने हो। कोही व्यक्ति लिंकबाट जोडिने बित्तिकै २० डलर पाउने हैन। यसकाई म यसरी सजिलो गरेर बुझाउँछु:
यदी कुनै व्यक्ति मैले सेयर गरेको लिंक प्रयोग गरेर ‘अक्टोपस सर्भे’ मा जोडिएको छ भने मैले तत्काल १ डलर रिफरल बापत पाउँछु, तर उक्त व्यक्तिले ‘अक्टोपस सर्भे’ मा खोलेको एकाउन्ट बन्द गर्छ भने त्यो मैले पाएको एक डलर फेरी ‘अक्टोपस सर्भे’ लाई नै फिर्ता हुन्छ। जथाभावी रिफर गरेर र एकाउन्ट खोलेर यसबाट पैसा आउने हैन। तर, मैले रिफर गरेको व्यक्तिले राम्रोसँग सर्भेमा सहभागी हुन्छ र पैसा कमाउँछ भने मैले जिन्दगीभरमा उसलाई रिफर गरेबापत जम्मा २० डलर पाउने हो। त्यो २० डलर पाउनको लागी एक वा दुई वर्ष वा त्यो भन्दा पनि धेरै समय लाग्न सक्छ वा कहिल्यै नपाउन पनि सकिन्छ। मैले यो ‘अक्टोपस सर्भे’ ज्वाईन गरेर फलानोले २० डलर पायो भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ। तपाईं सफल भएर हरेक साता २०-३० डलर कमाउने हुनुभयो भने मात्र तपाईंलाई रिफर गर्नेले धेरैमा २० डलर जिन्दगीभरमा पाउने हो।
‘अक्टोपस सर्भे’ भरेरै हजारौं डलर कमाउने धेरै छन्
हामी धेरैलाई लाग्छ जाबो दुई चार चिल्लर डलर सर्भे भरेर कमाएर के हुन्छ? तर यसलाई गम्भिर रूपमा लिएर फुर्सतको समय सदुपयोग गर्नेहरूले वार्षिक रूपमा हजारौं डलर कमाउने गरेका छन्। आफूले पनि भर्ने र साथीभाईलाई नि भर्ने आईडिया दिनेहरूले वर्षमा ९१ हजार डलर सम्म कमाएको तथ्यांकले देखाउँछ। यहाँबाट हेर्नुस् सर्भे भरेर र भर्न लगाएर हजारौं कमाउन सफल अष्ट्रेलियाका १० व्यक्तिहरूको सूचि।

यसरी नै सर्भेबाट पैसा कमाउन चाहनुहुन्छ? यहाँ क्लिक गरेर ज्वाईन हुनुस्
मेरो अक्टोपस सर्भे अनुभव
कोरोनाका कारण काम गुमेर फुर्सतको समयमा अनलाईनमा कतै पढेर मैले यो सर्भे ज्वाईन गरेको हो। भन्नेहरूले त स्प्याम वा स्क्याम पनि भने तर अष्ट्रेलियन सर्भे ग्रुप र धेरै सदस्य भएकाले यसबाट मेरो व्यक्तिगत विवरण चुहावट हुने जस्तो नलागेकोले मैले यसमा सहभागिता जनाएँ। सर्भे भर्ने र साथीहरूलाई यसको सदस्य बनाउने तथा उनीहरूलाई सर्भे भर्ने तथा कसरी धेरै सर्भे पाउने वा नियमित सर्भे पाउने अवस्था बनाउने भन्ने विषयमा आफूले जानेको र अनुभव गरेको कुराहरू साझे गर्ने गर्दै गर्दा मेरो सर्भेबाट हुने आमदानी साताको १०० डलर जति चाहिँ नियमित हुन थालेको छ। मेरो एकाउन्टमा हरेक साता ७० देखी ७५ डलर आम्दानी हुने गरेर सर्भेहरू आउने गर्दछन्। फुर्सतको समयमा सर्भे भरेर आउने यो सानै आम्दानी भएपनि यसले मासिक रूपमा ईन्टरनेट, गाडीको तेलको खर्च धान्न थालेको छ।
ज्वाईन हुने हो त?
तपाईं पनि फुर्सतको समयलाई बोर बनाएर हैन मोहर बनाएर बिताउने हो भने यो सर्भेमा जोडिनुस्। यसबाट खास बेफाईदा अहिले सम्म देखेको छैन मैले। मेरा धेरै साथीहरू पनि यो सर्भेमा जोडिएर राम्रो गर्दैछन्।
तपाईं यदी यो ग्रुपमा जोडिएर फुर्सतको समयलाई बोर नभई मोहर बनाएर बिताउन चाहनुहुन्छ भने यो लिंकबाट जोडिनुस्। यदी तपाईं मेरो लिंक मार्फत ‘अक्टोपस सर्भे’ मा जोडिनुहुन्छ भने कसरी धेरै सर्भे पाउने र स्किन आउट हुनबाट कसरी जोगिने जस्ता आम्दानीलाई बुस्ट हुने कुराहरू म तपाईंलाई सेयर गर्नेछु। ’cause तपाईं सफल भएर र तपाईंले सर्भेबाट पैसा कमाए मात्रै मैले तपाईंलाई यो सर्भेमा जोईन गराएको रिफरल बोनस पाउने हो।