५० लाख मध्यको एउटा रूख मेरो भागमा परेछ है

न्यू साउथ वेल्स सरकारले २०३० सम्ममा ५० लाख नयाँ रूख रोप्ने अभियान सुरू गरेको रहेछ। त्यसैको अंगका रूपमा ब्ल्याकटाउन सिटी काउन्सिलले दुई हजार भन्दा बढी रोप्न सुरू गरिसकेको रहेछ। नोभेम्बरको अन्तिम साता सम्ममा तपाईंको घर अगाडी एउटा रूख रोपिने छ भनेर चिठी आएको एक दुई दिनमा नै यसरी कहाँ नेर रूख रोप्ने हो त्यसको चिन्ह समेत लाग्यो।

अनि, ब्ल्याकटाउन सिटी काउन्सिलले चिठीमा उल्लेख गरेकै प्रजातीको रूख ठ्याक्क भनेकै समयमा उसले खटाएका व्यक्तीहरूले आएर यसरी रोपेर गए।

Blacktown Council Tree Plantation - Katuwal.com

रूख मात्र रोपेर भएन, त्यसको स्याहार सुसार गर्न दुई वर्ष सम्मको योजना छ रे यता पढेको

गर्मीको मौसममा बेला बेलामा पानी त हाल्नै परयो। भनेर काउन्सिलले नै मानिस खटाएको रहेछ। साता दिन जस्तोमा आएर पानी हालेर जान्छन्। हाम्रो भूमिका चैं रूखलाई हानी नपुरयाउने र मिल्दा पानी हाल्ने भनिएको छ। रूख रोपिनु त राम्रै हो, तर आफूलाई चैं घर अगाडी रूख नहुँदा कै सुन्दरता ठिक लाग्या थ्यो। तर चढ्दो गर्मी र वातावरण संरक्षणका लागी यो काम चै सही नै हो।

जे होस् सरकारको अभियान चैं घरको दैलो सम्मै आईपुगेको चैं छ। 🙂 🙂

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ