‘अंगुर अमिलो’ भने झैं अमेरिका, जापान, अष्ट्रेलिया लगायत युरोपेली मुलुक जान नसकेका र मध्यपूर्वका मुलुक जान नचाहेका अधिकांशले सामाजिक, जिवनशैली वा राजनीतिक विषयमा विदेशमा रहेका नेपालीले गर्ने टिप्पणीमा ‘पलायनवादी’, ‘भाँडा माझ्ने’, ’घण्टा हान्ने’ जस्ता शब्दहरू प्रयोग गरेर फेसबुक, ट्वीटर जस्ता सामजिक संजाल खुबै उल्ली-बिल्ली गर्छन्। अष्ट्रेलिया या अमेरिकामा भएकाहरूले चाहीँ यस्ता विषयमा आफूलाई सुरक्षित र रक्षात्मक राख्दै प्रसंगहरू मोडिरहेका हुन्छन्। नेपालको आर्थिक अवस्था र भौतिक सुविधाको अवस्था ’bout हामी सबै जानकार नै छौं, सबै राम्रो हुँदो हो त ‘नत्र कसलाई रहर हुन्छ घर छाडेर जाने….गाउँ छाडेर जाने… अनि देशै छाडि जाने….’ बोलको गीत नै नबन्दो हो।
चाहे अष्ट्रेलिया होस् या अमेरिका एउटा खुला सत्य के हो भने यहाँ आएका अधिकांश नेपालीले पाउने र गर्ने काम भनेको धेरै अवस्थामा मध्यपूर्वका देशमा गर्ने हाम्रै दाजुभाईले गर्ने काम भन्दा खासै फरक हुँदैन। त्यता जस्तै यता पनि अलिक पहिले नै आएकाहरूले मधस्तकर्ता (सानो तिनो तालिम लिएर नेपालीहरू (धेरै प्रसंगमा)कै लागी कामगर्ने विभिन्न खाले एजेन्ट) को काममा लागेका हुन्छन्। यहाँका सोसियल लिडर अधिकाँश तिनै हुने गर्छन्। मध्यपूर्व र यहाँमा फरक यत्ति हो यहाँ धेरै काम मेशिनले गर्ने हुँदा शारिरीक परिश्रम तुलनात्मक रूपमा पर्छ र कमाई चाहिँ नेपाल वा मध्यपूर्वमा एक महिनामा हुने जति यहाँ एकै दिनमा हुन्छ। यस्तै अर्को सार्वजनिक सत्य पनि के हो भने हामी नेपालीहरू विदेशमा पैसा र त्यससँग जोडिएको सम्पन्नता र उन्नतीको लागी विदेश आएका हौं, आउने हौं अनि विदेश जानका लागी मरिहत्ते गर्ने हौं। भलै फेसबुक र ट्वीटरमा जे जे लेखे पनि जति नै हामी नेपालीहरूको आशा र भरोषा विदेश जाने र धन कमाउनेमा नै छ। हाम्रो पालाको मात्र कुरा होईन बुबा र बाजेको पालामा पनि यही नै थियो वास्तविकता र त गाउँमा घन्कन्थ्यो ‘विदेशै जाम्ला धन कमाई ल्याम्ला लाउला नि तिलौरी…..’
यो पनि पढ्नुस:
नेपाली विद्यार्थीको आँखाबाट अष्ट्रेलिया
विदेशीनु नै वास्तविकता हो अनि देश चल्ने आधार पनि। नत्र ६०-७० ठूला सरकारी तथा सार्वजनिक उधोग बन्द हुँदा अनि भारतले ६-७ महिना नाकाबन्दि गर्दा पनि देशको अर्थतन्र जहाँको तहीँ हुन्थ्यो? तर पनि कता कताबाट रिस, आक्रोश र जलन मिश्रित प्रज्वलनशिलताले सामाजिक संजालमा निस्कन्छ ‘पलायनवादी’, ‘भाँडा हान्ने, ‘घण्टे’ अनि ‘ट्वाइलेट सफा गर्ने’ कुरा। फेसबुकमा देखिने अष्ट्रेलिया, अमेरिकाको सम्पन्नता र जिवनशैली माथिको ‘सुतली बम’ बनेर पड्कन्छन् यी शब्द र प्रसंग। एउटा कमजोर ‘डिफेन्स’को रूपमा।
केही दिन अघि फेसबुकमा सेयर हुँदै आएको एउटा भिडियोमा चैं अष्ट्रेलियामा रहेका एक नेपाली युवाको ‘दम’ भन्छन् नि ‘गट’ देखीयो। हामी नेपालीको आर्थिक विवशता र यहाँको संघर्षलाई लिएर अजय गिरीले युट्युबमा भिडियो बनाएर अपडेट गरेका छन् ‘विदेशमा नेपालीले भाँडा माझ्छन्’ भन्नेहरूलाई दमको जवाफ।
हेर्नुस भिडियो: