पुष्पाणि सुन्दराणि इति जनैः मन्यन्ते। तेषां सुगन्धं जनानां चित्तम् आह्लादयति। अतः एव ते उपवनेषु पुष्पाणि निरोपयन्ति। ललनाः पुष्पाणि स्वकेशेषु धारयन्ति। भक्ताः देवेभ्यः पुष्पाणि अर्पयन्ति। जनाः पुष्पाणि पुष्पधानीषु स्थापयित्वा स्वगृहाणि भूषयन्ति।
स्पष्ट नबुझेपनि फूलको ’boutमा फूलको उपयोग केका लागी गरिने रहेछ भन्ने त पक्कै लख काट्नुभयो होला। संस्कृतमा भनिएको कुरा उही हो जुन हामी दैनिक गरिरहेका हुन्छौं। फूल सुन्दरताको उपमा त हुँदै हो यसको सुगन्धले चित्त आल्हादित पनि हुन्छ घरको आभुषण भनेको नै फूल हो अनि यसको मुख्य प्रयोजन भनेको चैं भगवानलाई अर्पण नै हो।
त्यसै गीत गाएका हुन् ‘फूल भए जिन्दगी देउतालाई चढाईदिन्थें…..कागज भए जिन्दगी सलाई कोरी जलाईदिन्थें…’। हाम्रो भावना, संस्कार अनि सभ्यता फूलको नजिक छ। देउरालीमा फूलपाती चढाउने देखी दशैंमा फूलपाती भित्र्याउने अनि तिहारमा अजम्बरी फूलको माला लगाउने त प्रचलन नै छ। त्यसै नारायण गोपालको ‘दुईटा फूल देउरालीमा संगै राख्यौं जस्तो लाग्छ कतै टाढा जाँदा खेरि ….’ लोकप्रिय बनेको होईन।
हामी नेपाली मात्र होईन फूलको सौन्दर्यमा संसार नै मुघ्न छ। अष्ट्रेलियन त नहुने कुरै भएन। क्यानबेरामा सेप्टेम्बर मध्य देखी अक्टोबरको मध्य सम्म चलेको ‘पुष्प मेला’ हेर्ने अवसर मिलेको थियो। उही हाम्रो नेपालमा गोदावरी वनस्पति उद्यानमा हुने जस्तो तर हाम्रो तिर धेरै जातका फूल हुने यता कम जस्तो लाग्यो रंग फरक आकार उस्तै खाले फूलहरु देखेर (मलाई यस’bout ज्ञान नभएकोले पनि हुनसक्छ)। तर फूलको सुन्दरताले मन आल्हादित हुन जात जान्नु जरूरी नै पो कहाँ छ र। उही हाम्रा जंगबहादुरले गीतसंगीतको प्रसंगमा वेलायतको महारानीलाई भने जस्तो… हेर्नुस् मैले जानि नजानि खिचेका केही फोटोहरू।




