अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

शान्त, सम्वृध्द अनि आर्थिक वृद्धीदर र अवसर राम्रो रहेको अष्ट्रेलिया यतिखेर विश्वभरका मानिसको लागी आकर्षणको केन्द्रमा छ। विकसित मुलुकमा उपलब्ध हुने नागरिक सेवा तथा सुविधाको कारण कम विकसित तथा विकासशील देशहरूमा अष्ट्रेलियाको आकर्षण छ। त्यसो त अमेरिका, युरोप अनि एशियाका विकसित देशका युवा तथा विद्यार्थीका लागी पनि अष्ट्रेलिया आकर्षणको नै देश हो। रोजगारी र व्यवसायका अनेकन अवसर, लचिलो प्रशासनिक प्रक्रियाका साथ राम्रो सम्भावना भएको बजार भएकाले यसको आकर्षण संसारका सबै देश, क्षेत्र र वर्गमा छ। लामो सशस्त्र द्वन्द अनि राजनीतिक अस्थीरता, खुला अनि स्वीकार्य भ्रष्टाचार र आपराधीक गतिविधिका कारण नेपाली युवा तथा व्यवसायीका लागी अष्ट्रेलिया यतिखेर आकर्षण मात्र होईन करिअर र भविष्य निर्माणको लागी जानैपर्ने देश जस्तो रूपमा चित्रण हुन थालेको छ।

जसले गर्दा विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा नै करिअरको सफलता पाईसकेकाहरू पनि कम छैनन अष्ट्रेलिया हान्निनेमा। त्यसको एक मात्र कारण हो यहाँ हुने कमाई अनि निश्चित मापदण्ड पुरयाएपछी पीआर अनि नागिकता लिएर सँधै यहाँ बस्न र यहाँको नागरिक सेवा तथा सुविधा (शिक्षा, उपचार, पेन्सन साथै भौतिक पूर्वाधारहरू) को समान (अष्ट्रेलियनले सरह) उपभोगको अवसरले पनि  धेरैलाई तानेको छ। जसले अष्ट्रेलियाको आकर्षण नेपालमा उल्लेख्य छ, त्यसमा यता अष्ट्रेलियामा बस्नेले फेसबुक जस्ता सामाजिक संजालमा राख्ने गाडी, घर अनि घुमघामका फोटोहरूले आगोमा घ्युको काम गरिरहेको छ। यस्तो आकर्षणलाई अवसर बनाउन जुटेका एजुकेशन कन्सल्टेन्सीहरू व्यवसायिक लाभ हुने भएपछी अष्ट्रेलियाको बखान गर्न चुक्ने कुरै भएन। कुन कोर्ष? कुन विश्वविद्यालय? कति फी? सबैको फेरिहस्त लिएर काठमाण्डौंको  पुतलीसडकमा लहरै बसेका छन्। (पुतलीसडकलाई त विदेश अध्ययनमा जानेको हब नै भने हुन्छ)। 

तर, नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। त्यसमा एजुकेशन कन्सल्टेन्सीले नि साताला २० घण्टा काम गर्न पाईन्छ अनि घण्टाको २० डलरको दर भनेर सुनाएपछी त मख्खै पो परिरहीएको हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस)

काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका ’boutमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। सामान्य पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको ’boutमा पहिले बुझ्नुस् :

१. अध्यागमन तथा सिमा सुरक्षा विभाग

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटअष्ट्रेलिया आउन चाहनेका लागी सबैभन्दा भरपर्दो र एकमात्र सुचनाको स्रोत भनेको अध्यागमन तथा सिमा सुरक्षा विभागको वेबसाइट नै हो। यो वेबसाइटमा तपाईंका लागी अष्ट्रेलिया आउन के के उपाय र भिजा उपलब्ध हुनसक्छन्, तिनको निवेदन प्रक्रिया, प्रणाली र अष्ट्रेलियाको अवसरहरूका ’boutमा आवश्यक पर्ने सबै सूचना यसमा राखिएको छ। साथै तपाईंले निवेदन दिन लागेको भिजाको सर्त तथा सुविधाहरू सबै ’boutमा यहाँबाट थाहा पाउन सकिन्छ। त्यसो त यो वेबसाईट अष्ट्रेलिया माईग्रेसनको गेट वे नै हो। अष्ट्रेलिया स्टुडेण्ट भिजा वा पीआर जेमा आउने योजना भए पनि पहिलो हेर्नु र पढ्नुपर्ने वेबसाईट यही नै हो। यसबाट तपाईंले आफुले अष्ट्रेलियामा पढ्न खोजेको विषयबाट पीआर पाउन सकिन्छ कि सकिन्न भन्ने पनि थाहा पाउन सक्नुहुन्छ।

२. शिक्षा विभाग

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटविशेष गरेर विद्यार्थी भिजामा अष्ट्रेलिया आउने अर्थात् पढ्नको लागी अष्ट्रेलिया आउन चाहनेका लागी यो वेबसाइट महत्वको वेबसाइट हो। यो वेबसाइटको अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई पढाउनको लागी तयार कोर्ष तथा विश्वविद्यालय एवम् कलेजहरूको सूचिले तपाईंलाई कुन कोर्ष, कुन कलेज अनि कुन शहरमा तपाईंको छनौटको विषय पढाई हुन्छ र त्यसको लागी कति शुल्क लाग्छ भन्नेको जानकारी दिन्छ। यसबाट आफु आउन चाहेको शहर, विषय र पढ्ने कोर्षको लागि लाग्ने खर्चको हिसाब निकाल्न सकिन्छ।

३. स्टडी अष्ट्रेलिया

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटस्टडी अष्ट्रेलिया, अष्ट्रेलियाको सरकारको अष्ट्रेलियन शिक्षा प्रवर्धन गर्ने वेबसाइट हो। विशेष गरेर अन्तर्राष्ट्रिय विद्यार्थीको लागी एकै स्थानबाट जानकारी दिने हिसाबले यो वेबसाइट संचालित छ। यसले तपाईंलाई अष्ट्रेलियाको शिक्षा र तपाईंले छानेको करिअरका ’bout जानकारी दिन्छ।

४. माईग्रेसन ब्लग

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटयो अष्ट्रेलियाको सरकारी तवरबाट नै संचालित ब्लग हो। अध्यागमन तथा सिमा सुरक्षा विभाग अन्तर्गत संचालन भएको यो ब्लगले भिजा, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन तथा यहाँको अध्यागमन कानुन ’bout सजिलो र उदाहरण सहित घटनाहरू र तिनले दिने नतिजाहरूको ’bout लेख्दछ। यो ब्लग पढेपछी अष्ट्रेलिया माईग्रेसन र अध्ययनको लागी के कस्तो पाईला सार्ने भन्नेमा स्पष्ट हुन सकिन्छ।

५. गमट्री

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटअष्ट्रेलियामा काम र करिअर विकास खोज्नेका लागि धेरै रोजगारी वेबसाइट तथा वर्गीकृत वेबसाइटहरू छन्। त्यसो त साथीभाईको सिफारीस र लिंक्डईन जस्ता प्रोफेसनल नेटवर्कको माध्यम ठूला कम्पनिहरूले अपनाउने गरेका छन् यो सबैलाई नै थाहा भएको कुरा हो। त्यसमा पनि सीक गमट्री भन्दा स्ट्याण्डर्ड र लोकप्रिय मानिन्छ तर पनि अष्ट्रेलियाको अनुभव नभएको र विद्यार्थी तथा अन्य भिजामा भरखर आएकाहरूको लागी काम खोज्ने एउटा भरपर्दो माध्यम हो यो। त्यसैले यो वेबसाईटबाट तपाईंले नेपालमै बसेर यहा कस्तो काम, कति समयको लागि, कति पैसा कमाउने गरि पाउन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ। त्यसो त यहाँको घरभाडा र कोठाको उपलब्धता, सामानरहरूको मूल्य सबैको ’boutमा जानकारी लिन सक्नुहुन्छ।

६. ईण्डियन साइट

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटभारतीयहरु लक्षित यो वेबसाइटले विशेष गरेर अष्ट्रेलियामा भरखर आएका विद्यार्थी तथा स्थाय आवाशीय भिजा (पीआर) लिएर आएकाहरूका विषयमा लेख्छ। अष्ट्रेलियाको जिवन, यहाँको कानुन, काम र करिअर विकासको सम्भावना लगायतका विषय जान्नको लागी यो वेबसाइटले सहयोग गर्दछ।

  

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ