वेशफामर्सको सन् २०१५ को वार्षिक प्रतिवेदनका अनुसार यसका २ लाख ५ हजार भन्दा धेरै कर्मचारी छन्। वेशफामर्स अन्तर्गतका कम्पनीहरूले नियमित जस्तो भ्याकेन्सी खोलीरहेका हुन्छन् उनीहरुको करिअर पेजमा राखिने यस्ता रोजगारका अवसरहरू तपाईंको लागी पनि उपयुक्त हुनसक्छ।
कोल्स, बनिङ्स, अफिसवर्क्स, टार्गेट, केमार्ट। हाम्रा दिन यीनको नाम नसुनी, यीनका स्टोरमा नगईकन सकिँनै सक्दैनन्। दैनिक आवश्यकताका सामान खरिदका लागी यी हाम्रा आवश्यकता हुन्। हामी जस्ता हजारौंले सयौं थरीका सामान हरेक दिन किन्छन् यहाँ। मानिको आवतजावत त सामानको बिक्रीसँगै यी राम्रा व्यवसाय हुन्। अनि हुन् राम्रा रोजगारदाता जो हामीलाई काम लगाउन र त्यसको यथोचित मूल्य दिन पनि चाहन्छन्। अष्ट्रेलियाको ठुला मध्येको एक सार्वजनिक कम्पनि वेशफामर्सको स्वामित्वमा रहेका उल्लेखित र अरू १६ कम्पनिहरू काम र दाम मात्र होइन करिअर विकासको लागी पनि उपयुक्त स्थल हुन्।
वेशफामर्स अष्ट्रेलियाको ठूलो कम्पनि मात्र हैन ठूलो रिटेल चेन पनि हो अनि नीजि क्षेत्रको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी। वेशफामर्सको सन् २०१५ को वार्षिक प्रतिवेदनका अनुसार यसका २ लाख ५ हजार भन्दा धेरै कर्मचारी छन्। वेशफामर्स अन्तर्गतका कम्पनीहरूले नियमित जस्तो भ्याकेन्सी खोलीरहेका हुन्छन् उनीहरुको करिअर पेजमा राखिने यस्ता रोजगारका अवसरहरू तपाईंको लागी पनि उपयुक्त हुनसक्छ। अष्ट्रेलियामा केही समयको अनुभव छ र भाषामा दक्षता छ भने यी कम्पनीका अवसर तपाईंको लागी हुन सक्छ। त्यसका लागि साप्ताहिक रूपमा यीनमा अवसरहरू छन् छैनन् हेर्नुस्।
यी हुन् १६ वेबसाइट जहाँबाट वेशफामर्सका प्रमुख कम्पनिमा खुलेका कामका अवसर’bout थाहा पाउन र आवेदन गर्न सकिन्छ।