अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१६-२०१७ का लागी दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल)) सार्वजनिक गरेको छ। अष्ट्रेलियाले सार्वजनिक गरेको स्किल्ड अकुपेसन लिस्ट (एसओएल) र कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) यही वर्ष २०१६ को १ जुन देखी लागु हुनेछ।
अष्ट्रेलियाको लागि यो दक्ष पेशाको सूचि मात्र हो भने अष्ट्रेलिया बसाईं सर्न चाहनेका लागी यो पीआर लिस्ट नै हो। जसमा योग्यता पुगेका व्यक्तिले कम पैसा खर्च गरेर नै अष्ट्रेलिया माइग्रेट हुन सक्छन्। विद्यार्थी भिजामा अष्ट्रेलिया आउनु र पीआर लिनु भन्दा निक्कै सजिलो र कम खर्चको हुने भएकाले धेरैले यसलाई माध्यम बनाउने गरेका छन्। नेपालबाट नै सिधै अष्ट्रेलियाको पीआर लिएर आउनेहरूले यही सूचि र पेशाको आवश्यकता अनुसारको प्रक्रिया अपनाएर आउने हुन्।

यहाँबाट हेर्नुस अष्ट्रेलियाको पीआर हुनुको फाईदा
एसओएल के हो?
स्किल्ड अकुपेसन लिस्ट (एसओएल) भनेको अष्ट्रेलियाको अर्थतन्त्रलाई गतिशील राख्नका लागी आवश्यक दक्ष जनशक्ति र पेशाको सूचि हो। अष्ट्रेलियाले हरेक वर्ष उसको अर्थतन्रको गती, जनशक्तिको अवस्था र भविष्यको आँकलन गरेर अार्थिक वर्ष २०१६-२०१७ को लागी दक्ष जनशक्ति आप्रवासन (माइग्रेसन) कार्यक्रम अन्तर्गत यस्ता सूचिमा रहेका पेशाका दक्ष मानिसहरूलाई विश्वका विभिन्न देशबाट अष्ट्रेलियामा स्थायी बसोबासका लागी आउने अनुमति दिन्छ। केहि वर्ष अष्ट्रेलियामा बसेपछी र केही प्रक्रिया पुरा गरेपछी उनीहरूले अष्ट्रेलियाको नागरिकता समेत पाउँछन्।
यो सूचिमा रहेका पेशामा आवद्ध मानिसहरूले अष्ट्रेलियाको पीआर (स्थायी बसोबास अनुमति) पाउनका लागि निवेदन दिन सक्छन्। त्यसका लागी उनिहरूले अष्ट्रेलियन रोजगारदाता वा राज्य सरकारहरूको नामांकन(नोमिनेसन) हासिल गर्नु पर्दैन। व्यक्तिले आफ्नो दक्षता र क्षमताको आधारमा पीआर पाउने भएकाले अष्ट्रेलियामा अध्ययनको लागी आउने वा अष्ट्रेलियामा रहेका विद्यार्थीहरूले यो सूचिमा रहेका पेशा सम्बन्धि विषय पढ्ने वा अरू विषयमा पढ्नका लागी नेपाल (आफ्नो देश)बाट आएको भए विषय परिवर्तन गरेर सूचिमा रहेका पेशा सम्बन्धीत विषय रोज्ने गर्दछन्।
राम्रा विद्यार्थीको लागी अष्ट्रेलियामा पीआर सजिलो छ, हेर्नुस यसरी सजिलै मिल्छ पीआर
सिएसओएल के हो?
कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) अष्ट्रेलियाको प्वाईन्ट बेस (अंकमा अाधारित) माइग्रेसन (आप्रवासन)को एउटा अंगको रूपमा लिइन्छ। यदी दक्ष जनशक्ति आप्रवासन (माइग्रेसन) कार्यक्रम अन्तर्गत अष्ट्रेलियाको पीआर आवेदन अष्ट्रेलियन राज्य तथा टेरिटरी सरकारको नामांकन (नोमिनेसन) मार्फत गर्न लागेको हो भने त्यसका लागी तपाईंको पेशा सिएसओएल सूचिमा हुनुपर्छ।
हेर्नुस पुरा सूचि
ANZSCO के हो?
ANZSCO को पुरा रूप Australian and New Zealand Standard Classification of Occupations हो यसले पेशाहरूलाई उपयुक्त रूपमा वर्गीकरण गर्न र तीनको आवश्यकता वुझाउन सहयोग गर्छ। माथी रहेको अष्ट्रेलियाको दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल) र कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) मा उल्लेख भएका ANZSCO कोडको माध्यमबाट तपाईंले उक्त पेशाको दक्षता जाँच (स्किल एसेस) कसरी गर्ने र कसले गर्छ साथै केके कागजात र कति पैसा लाग्छ थाहा पाउन सक्नुहुन्छ। यसलाई अष्ट्रेलियाले तपाईंको दक्षतालाई मान्यता दिएको रूपमा पनि बुझ्न सक्नुहुन्छ।
तपाईको पेशा तथा क्षेत्र कुन ANZSCO कोडमा पर्छ यहाँबाट जान्नुहोस्
तपाईको पेशा तथा क्षेत्रको स्किल एसेस कसरी र कसले गर्छ जान्न यहाँ गएर खोज्नुहोस्
अष्ट्रेलियामा पढाई सकेपछी यसरी पीआरको बाटोमा लाग्छ सकिन्छ
नेपालबाट नै आवेदन गर्न सकिन्छ अष्ट्रेलियाको पीआर
नेपालमा धेरैले ख्याल नगर्ने अनि चर्चामा नआएको विषय हो नेपालबाटै पीआर आवेदन गर्ने कुरा। नेपालबाट धेरै अष्ट्रेलिया विद्यार्थी भिजामा आउने गर्दछन्। सजिलो र व्यापारका कारण यो जति चर्चामा छ सिधै नेपालबाट पीआर एप्लाई गर्ने कुरा त्यती नै छायाँमा छ। त्यसमा पनि नेपालमा अष्ट्रेलियाको रजिस्टर्ड माइग्रेसन एजेन्टको संख्या पनि कम छ र यसक्रममा हुने आमदानी पनि आकर्षक छैन। जति धेरै कमाई एजुकेशन कन्सल्टेन्सी चलाउँदामा हुन्छ। तर माथीको सूचिमा आफ्नो पेशा भएकाले अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) को वेबसाइटमा गएर आफ्नो योग्यता र पेशा अनुसाको कागजात बुझाएर यसको प्रक्रिया सुरु गर्न सक्छन्। त्यसका लागि माइग्रेसन एजेन्टको आवश्यकता पर्दैन। कुनै कागजात नपुगेको खण्डमा विभागले नै अावेदन दिनेलाई सूचित गर्दछ। बोर्डरको वेबसाइट यहाँबाट जानुस्।