यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाईल

केही समय अगाडि मैले मोबाईलकै ’boutमा लेखेको ब्लग यहाँबाट पढ्नुस्

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

अष्ट्रेलियामा मोबाईल सेवा राम्रो छ उत्कृष्ठ छ अनि अर्को सबैभन्दा राम्रो भनेको छनौटको अवसर पनि धेरै छ। नेपालमा पो हामीसँग एनटीसी र एनसेल मात्र थिए त। एनटीसीको सेवा नै खराब, एनसेल चलायो बढी पैसा काटिने पैसा सक्किएर तनाब। यहाँ नेपालमा जस्तो तनाब नभए पनि आफ्नो आवश्यकता पहिचान गरेर सही मोबाईल प्लान छनौट गरेन भने चैं पैसा बेकारमा धेरै खर्च हुन्छ। त्यसो त अरूले ५० डलरमा पाएको जति सुविधाका लागी ८० देखी १०० डलर महिना सम्म तिर्नुपर्ने हुनसक्छ त्यो पनि एक वा दुई महिनाको लागी होईन दुई वर्ष अर्थात् २४ महिना सम्मको लागी। किनकी तपाईं हामी धेरैलाई आईफोन चाहिएको छ अनि त्यसको लागी सबैभन्दा सजिलो भनेको भोडाफोन वा टेलष्ट्राको प्याकेज किन्नु हो। सुरूमा कत्तिपनि पैसा तिर्नु नपर्ने भएकाले सबैका लागी आईफोन वा सामसुङकै पनि नयाँ र भरखर आएको फोन लिने अवसर पनि हो यो। त्यसमा पनि नेपालबाट अष्ट्रेलिया अष्ट्रेलिया आईसकेपछी आइफोन पनि लिएन भने! सक्केन।

नेपालबाट आएका साथीभाईलाई यहाँका आफन्त, साथीभाईले पनि भोडाफोन लि न भनि हाल्छन, कतिले सँगै लगेर किन्न सहयोग नि गर्छन्। त्यसरी नेपालबाट आएकालाई भोडाफोन किन्न सिफारिस गरेर सँगै जानेलाई स्टोरले २० डलर जतिको सामान गिफ्ट पनि दिन्छ। अर्को भनेको एसीएनका आईबीओ बनेका सिड्नी अिन अष्ट्रेलियामा केही समय देखी बसेका दाजुभाईले केही थप डाटा र सुविधाका साथ आफुबाट भोडाफोन ज्वाइन गर्न नि सुझाव दिन्छन्। सिधै भोडाफोनको स्टोरमा जानुभन्दा एसीएनका आईबीओबाट फोन लिन अलिकति फाईदाको देखिन्छ। (यहाँबाट पढ्नुस एसीएनमा लाग्नु नाफाको कुरा हो की हैन)

तर तपाईंले ध्यान दिएर अफर र प्याकेज हेर्नुभयो भने २४ महिनाको कन्ट्र्याक्टमा मोबाईल फोन लिनु जस्तो घाटाको काम केहि होइन जस्तो फेला पनि पार्नसक्नुहुन्छ। ’cause तपाईंले किन्ने मोबाईल फोनसँग जोडिएको सम्झौताले तपाईंलाई २४ महिना सम्म बाँधेर राख्छ। त्यसबीच आएका अरू सस्ता प्लानमा तपाईं चाहेर पनि जान सक्नुहुन्न। कन्ट्र्याक्टको फोनले कति हैरान खेलाउँछ भन्ने बुझ्न यो न्युजडटकमडटएयुको आलेख पढ्न सक्नुहुन्छ, बिल सहित कसरी प्याकेजमा भोडाफोन मोबाईल लिएर सस्तोमा पाइने सेवालाई कसरी महँगो शुल्क तिर्नुपरयो।

यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाइल - katuwal.com

यहाँबाट हेर्नुस् मोबाईलको स्क्रिनले यसरी धेरै डाटा प्रयोग गर्छ

प्याकेज बाहेक अष्ट्रेलियामा प्रिपेड र सिम मात्रैको मोबाईल प्याकेजहरू पनि उपलब्ध छन् जसमध्ये तपाई आफुलाई उपयुक्त छानेर लिन सक्नुहुन्छ। त्यसका लागी यी वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ।

(यी कुनै पनि वेबसाइटमा आफ्नो निजी जानकारी राख्नु अघि आवश्यक हो की हैन र पार्ने फरक’bout पहिले सोच्न सुझाव दिइन्छ)

सबैभन्दा राम्रो अल्दी मोबाईल

खासमा मैले यो ब्लगमा कुरा गर्न गइरहेको चाहीँ अष्ट्रेलियाको सस्ता अनि उपभोक्ताले मन पराएका मोबाईल सेवा प्रदायकको ’boutमा हो। जुन च्वाईस (CHOICE) नाम गरेको उपभोक्ताका पक्षमा वकातल गर्ने समुहको जुन आफ्ना सदस्यहरूको फण्डमा चल्छ र यसको धेरै गतिविधी र अध्ययन उपभोक्ताको पैसा जोगाउने तिर नै लक्षित देखिन्छ ले सार्वजिनक गरेको अध्ययनसँग जोडिएको छ। करिब ५० वर्ष देखी यसले अष्ट्रेलियामा कसरी, कहाँ र के किन्नु ठिक छ भन्ने सल्लाह दिँदै आएको छ, च्वाइसले। यसले सन् २०१५ अर्थात गत वर्ष आफ्ना ३००० सदस्यबीच गरेको अध्ययन ‘च्वाइस मोबाईल स्याटेस्फ्याक्सन सर्भे’ले मोबाईल सेवा सम्बन्धी हामी उपभोक्तालाई निक्कै लाभदायक हुने कुरा सार्वजनिक गरेको छ। त्यो हो अष्ट्रेलियामा भएका यत्रा तीन दर्जन भन्दा बढी मोबाईलहरू मध्ये कुन राम्रो र ठीक भन्ने! तर यसको अध्ययनले  देखाएको छ, यदी मोबाईलमा राम्रो डाटा स्पीड, नेटवर्क, कनेक्टीभिटी, तिरेको मूल्य अनुसारको सेवा चाहने हो भने अल्दीमोबाईल लिनु नै सबैभन्दा उपयुक्त छ।

के २४ महिनाको मोबाईल प्याकेज तपाईंको फाइदामा छ? हेर्नुस यहाँबाट

अल्दीको सिम मात्रैको प्लानमा मोबाईलको नेटवर्क, इन्टरनेट कनेक्टिभिटी, इन्टरनेटको स्पीड, कभरेज, फोनमा बोल्दा स्पष्ट सुनिने (कल क्लियारिटी) साथै सेवाको शुल्क समेत सबैभन्दा उपयुक्त रहेको अध्ययनको निस्कर्ष छ। अल्दी मोबाईल फोन सर्भिस प्रोभाइडर अफ द इयर २०१५, बेस्ट भ्यालु प्रिपेड मोबाईल प्लान लो युसेज पीएवाइजी वीनर २०१५ & २०१६ र मोस्ट सेटेस्फाइड कस्टोमर्स मोबाईल प्रिपेड २०१५ पाएको कम्पनी तथा सेवा प्रदायक हो।   

यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाइल - katuwal.com

च्वाइसको अध्ययन अनुसार यी मोबाईलहरू यस्ता विभिन्न पक्षमा राम्रा छन्, लिस्ट हेर्नुस्:

Mobile satisfaction winners

Highest Overall Score: amaysim, ALDImobile

Best Network Coverage: ALDImobile (SIM only), Telstra (Mobile+/Sim)

Best Internet Connectivity/Coverage: ALDImobile

Best Internet Speed: ALDImobile

Best Value for Money/Plans: amaysim, ALDImobile

Best Call Clarity/Connectivity:ALDImobile

Highest Service Score: iiNet

च्वाइसको यस’boutको पुरै रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुस्

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ