तपाईं भरखरै मात्र अष्ट्रेलिया (सिडनी) आउनुभएको भए यि लिंक तपाईंको लागी तत्कालै लाभदायक नहुन पनि सक्छ
‘अष्ट्रेलिया गएपछी त भै हाल्छ नि’, ‘अष्ट्रेलिया गएपछी त जे पनि गरि हालिन्छ नि’, ‘सबैले कमाइ राछन्’ नेपालमा अष्ट्रेलियाको काम र यहाँको कमाई ’bout यसरी ढुक्क भईन्छ कि लाग्छ जहाजबाट ओर्लने बित्तिकै कसैले समातेर काममा राखिहाल्छ। तर सिड्नी होस् या मेलबर्न नेपालबाट जेट चढेर उडेको सपना ओर्लँदा ‘जेट ल्याग’ले भन्दा बढी काम नपाएर भाउन्न भइसकेको हुन्छ। अष्ट्रेलियाको सिडनीमा अरू शहरमा भन्दा बढी काम पाउने सम्भावना छ भनिन्छ तर काम पाइएन भनेर फेसबुकमा गुनासो गर्नेको कमी भने कहिलै देखिएको छैन। काम नपाएको बताउने जसरी बढीरहेका छन् त्यो भन्दा धेरै अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा। यदाकदा त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्नको लागी मात्र त्यसो गरेको भनेर आलोचना पनि सुनिन्छ। मनिट्रान्सफर, कन्सल्टेन्सी लगायतको व्यवसायलाई सघाउका लागी कामको सूचना राख्नेहरुको संख्या धेरै छ।
सिड्नीमा काम खोज्ने पाँच तरिका
त्यसो त त्यसरी कामको सूचना दिनेहरू नेपालबाट भाईबहिनी आउँछन् उनीहरूलाई काम मिलाइदिनुपरयो भनेर समाजसेवामा लागेका हैनन् उनीहरूको आफ्नै काम छ। आफूलाई कसैले पठाउँछ सुचना र थाहा पाइयो भने राख्नेहुन्। त्यती राखिदिनु नै ठूलो कुरा हो यहाँ। त्यसको सत्य तथ्य बुझ्ने काम तपाईं हामी जो काम खोजी रहेका छौं उसैको हो। तर यस्ता सूचना राख्नेहरूको संख्या नि धेरै भईसकेको छ। सन् २०१४ सम्म अष्ट्रेलियामा काम भन्ने मात्र प्रोफाइल थियो अहिले त दर्जन भन्दा धेरै भइसकेको छ।
यसरी नेपालीहरुले राखेका कामका सूचनाहरू मार्फत काम पाउने भनेको नेपालीले नै हो। त्यसैले अष्ट्रेलिया आउनु अघि देखी नै यस्ता प्रोफाइल र पेजहरूलाई फलो गर्नु बुद्धिमानी नै हुन्छ। तर याद गर्नुस अष्ट्रेलियामा सबै भन्दा सजिलै काम पाउने भनेको आफन्त, साथीभाईको भनसुनबाट नै हो। नत्र सिधै खासै सिप नभएको मानिसलाई काम दिने कमै भेटिन्छन्। फेसबुकमा नेपाली दाजुभाईका मार्फत आएका विग्यापनबाट काम दिने पनि नेपाली नै भएकाले काम गर्न र सिक्न सजिलै हुन्छ तर पैसा भने थोरै दिने र कतिपयले ढिलो अनि कतिले पैसा नै नदिने खाइदिने गरेको पनि सुनिन्छ। त्यसैले काम र काम लगाउनेले गर्ने पे को ’boutमा पहिले नै स्पष्ट बुझ्नुस। काम लगाउनेको नाम, नम्बर सुरक्षित राख्नुस साथै सके र मिलेसम्म कामको कुरा र भेट्ने समयका ’boutमा मेसेजबाट कुरा गर्नुस र मेसेज सुरक्षित राख्नुस् यदी पछी कामको पैसा नदिएको खण्डमा तपाईंसँग प्रमाण पनि हुन्छ। यसरी फेसबुकबाट नेपाली नेपालीको सहकार्यबाट मिलेको काम राम्रो भयो भने त ठिकैछ नत्र केही अनुभव भएपछी र यहाँको चालचलन बुझेपछी तपाई अर्को काम खोज्न अनि पाउन सक्नुहुन्छ।
कामका लागी सुधार्नुपर्ने तीन कुरा
यहाँ आईसकेपछी र केही समय काम गरिसके पछी यहाँका स्थापित कम्पनीहरूमा कामको लागी एप्लाई गर्नु राम्रो हुन्छ। उनीहरूले साप्ताहिक राम्रो पैसा पनि दिन्छन र काम पनि अलिक सजिलो नै हुन्छ। यस्ता कम्पनिमा काम गर्दा करमा पे (तलब) दिने भएकाले ठगिने सम्भावना कम हुन्छ भने अरू काममा भन्दा पैसा पनि धेरै हुन्छ। यी यहाँ त्यस्ता ३० कम्पनिको रोजगारीको सूचना हुने वेबसाइटको लिंक दिइएको छ जसबाट तपाई आफ्ना ’round भएका कामका अवसरहरू ’bout जान्न र उपयुक्तमा एप्लाई गर्न सक्नुहुन्छ:
अष्ट्रेलियामा कामका अवसरका लागी ३० वेबसाइट
- Coles, Target, Kmart, Bunnings, Office works (Click Here)
- WOW Careers (Click Here)
- Aldi (Click Here)
- 7Eleven (Click Here)
- David Jones (Click Here)
- Priceline Pharmacy (Click Here)
- Best & Less (Click Here)
- Big W (Click Here)
- McDonalds (Click Here)
- Hungry Jacks (Click Here)
- Oporto (Click Here)
- Nando’s (Click Here)
- KFC (Click Here)
- Starbucks (Click Here)
- Pizza Hut (Click Here)
- Domino’s (Click Here)
- Krispy Kreme (Click Here)
- Bakers Delight (Click Here)
- Toys “R”Us (Click Here)
- Red Rooster (Click Here)
- Sumo Salad (Click Here)
- SubWay (Click Here)
- Boost Juice (Click Here)
- Donut King, Brumby’s Bakery, Michel’s Patisserie, Gloria Jean’s, The Coffee Guy, Crust Gourmet Pizza (Click Here)
- Easy Way, Bubble Tea (Click Here)
- Pie Face (Click Here)
- PriceAttack (Click Here)
- Civic Video (Click Here)
- Absolute Domestics (Click Here)
- 1300 Cleaner (Click Here)