मानसिक तथा भावनात्मक स्वास्थ्यका लागी पनि मन्दिर जानु आवश्यक हुन्छ।
मन्दिर, नेपाली मात्र हैन पूरा भारतवर्षको सभ्यताको सुरू बिन्दु यही हो। मन्दिरलाई कसैले हिन्दू देवी देवताको पूजा उपासनासँग मात्र जोडेर हेर्छ भने त्यो पूर्ण नहुन सक्छ। मन्दिर आस्था र विश्वासको प्रतिक मात्र नभएर मानव सभ्यताको पनि सूचक हो। पौराणिक भारतवर्ष अनि यतिखेरको एशिया र मध्यपूर्वको एउटा ठूलो हिस्साले बोकेको सभ्यताको एउटा महत्वपूर्ण बिन्दु हो मन्दिर। जहाँबाट हाम्रो दिन सुरू हुन्छ र अनि समाप्ति पनि। मन्दिर हाम्रो सभ्यता हो अनि आराधना र जिवनको एउटा स्कुलिङ।
यो यस्तो ठाउँ हो जहाँ जिवन देख्न बुझ्न अनि अनुभव गर्न सकिन्छ। काठमाण्डौंको पशुपतिनाथको मन्दिर पुगेका हरेकले यो अनुभव गरेको हुनुपर्छ। त्यसो त भारतका मन्दिर पुग्नेले पनि त्यस्तै अनुभव गर्छन्। मन्दिरमा पुगिसकेपछी मानिसको मन संलिन्छ, भगवानको डरै सही त्यसले मानिसलाई केही भएपनि सतमार्गमा लाग्न प्रेरितै गर्छ भलै मानिसहरू मन्दिरबाट निस्कन पाएको छैन निच काममा किन नलागुन। मन्दिरको वातावरणले मानसिक र मनोवैग्यानिक रूपमा मानिसलाई स्फुर्त बनाउँछ। त्यसैले मानसिक तथा भावनात्मक स्वास्थ्यका लागी पनि मन्दिर जानु आवश्यक हुन्छ। अष्ट्रेलिया जस्तो व्यस्त, व्यक्तिवादी अनि भौतिक समाजमा त मन्दिर र सतसंग अत्यावश्यक नै छ।
अष्ट्रेलिया जस्तो व्यस्त, व्यक्तिवादी अनि भौतिक समाजमा त मन्दिर र सतसंग अत्यावश्यक नै छ।
मानिसहरूको माईग्रेसन (बसाईं सराईं) सँगै संस्कृति र परम्पराले पनि बसाईं सर्ने क्रममा भारतीय र नेपालीहरूले विश्वका विभिन्न मुलुकमा मन्दिरको सभ्यतालाई पुरयाएका छन्। यसक्रममा अष्ट्रेलियाको सिड्नीमा स्थापित भएका यी ६ मन्दिर हुन् जुन वीकेण्डको गन्तव्य बन्न सक्छन्। छोराछोरी भएकाहरूले उनीहरूलाई सभ्यता र संस्कार सिकाउने थलो पनि यीनै मन्दिर हुन्:
यहाँबाट हेर्नुस सिड्नीका ३० मन्दिरका ठेगाना
१. सिडनी मुर्गन टेम्पल, वेस्टमिड
Address: 217 Great Western Hwy, Mays Hill NSW 2145
Phone:(02) 9687 1695
Website: sydneymurugan.org.au
२. सिड्नी श्री आयप्पा स्वामी सेन्टर, गिल्फोर्ड
Address: 20/116-118 McCredie Rd, Guilford West NSW 2161
Phone:(02) 9681 6896
Website: sydneysriayyappa.com
३. श्री करफंगा विनायक टेम्पल, होमबुस
Address: 123 The Crescent, Homebush West NSW 2140
Phone:(02) 9746 9590
Website: vinayakar.org.au
४. शिरडी साई टेम्पल, स्ट्राथफिल्ड साउथ
Address: 420 Liverpool Rd, Strathfield South NSW 2136
Phone:1300 524 724
Website: shirdisai.org.au
५. श्री वैंकटेश्वर टेम्पल, हेलेन्सबर्ग
Address: Temple Rd, Helensburgh NSW 2508
Phone: (02) 4294 3224
Website: svtsydney.org
६. श्री शिव मन्दिर, मिन्टो
Address: 201 Eagleview Rd, Minto NSW 2566
Phone:0418 247 577
Website: shrishivamandir.org