‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

विद्यार्थी भिजा जोगाउनका लागि मात्र सस्तो फि भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको भिजा प्लेजरिज्मको कारण खारेज भएको समाचार धेरै आउने गरेको छ।

'एसाइनमेन्ट' को कारण हुनसक्छ भिजा क्यान्सिल यतिखेर अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश एसाइनमेन्ट तयार गर्न अनि मिड-सेमेस्टर परिक्षा दिनमा व्यस्त छन्। यो समय नै एसाइनमेन्ट अनि परिक्षाको हो। सन् २०१६ को पहिलो सेमेस्टर यतिखेर आधा आधी भएको छ। कतिको यहाँको अध्ययन भरखर सुरू भएको होला त कतिको सकिने तरखरमा होला। एसाइनमेन्ट तयार पार्ने हतारोमा धेरै विद्यार्थीले  त्यसको शुद्धता, शैली अनि त्यसमा अरूको विचार वा सामग्री प्रयोग अनि आफ्नो योगदान स्पष्ट छुट्याउँदैनन्। त्यसको त काम गरेर यूविभर्सिटीको फी तिर्नुपर्ने अनि घरमा पनि पैसा पठाउनु पर्ने दबाबका बीच एसाइनमेन्ट मिले र सकेसम्म कपि पेस्ट अनि प्याराफेज गरेर र नसक्ने नै छाँट आयो भने चैं किनेर पनि काम चलाउने अवस्था बन्छ। यसो गर्दा चलाख नहुने र आफ्नो क्षमता अनुसार वातावरण नबनाउने हो भने त्यसले विद्यार्थीको भिजा समेत क्यान्सिल हुने संभावना रहन्छ।

अष्ट्रेलियामा विदेशी विद्यार्थीले पालन गर्नुपर्ने भिजाका सर्त

अष्ट्रेलिया विद्यार्थी भिजामा आउनेलाई सबैभन्दा डरको कुरा भनेको नै भिजा क्यान्सिल हो। यदी भिजा क्यान्सिल हुने अवस्था आयो भने त अष्ट्रेलिया आउन र यहाँको कलेजमा पढ्नको लागी गरेको लगानी त जान्छ नै अष्ट्रेलियामा बस्नका लागी देखेको सपना पनि असम्भव नभएनि टाढा हुन्छ। धेरै जसो विद्यार्थीहरु कागजी र कानुनी रूपमा अष्ट्रेलिया पढ्नका लागी नै आएका हुन्छन् तर त्यस भित्रको मुल लक्ष्य भनेको चाहिँ यहाँ काम गरेर पैसा कमाउनु अनि यतै पीआर लिएर बस्नु नै हो। तर त्यही कुरा पनि तरिका मिलाएको खण्डमा सहज र सजिलो हुन्छ तर ‘तातै खाम जल्दै मरम’ गरेको खण्डमा भने नकारात्मक परिणाम निस्कन पनि बेर लाग्दैन। एसाइनमेन्ट, पढाई तथा धेरै कामको कारण भिजा क्यान्सिल हुने भनेको त्यही ‘तातै खाम जल्दै मरम’ शैलीको कारण हो।

पछिल्लो सात महिनामा मात्र अष्ट्रेलियामा ९,००० जति  विदेशी विद्यार्थीको भिजा क्यान्सिल भएको समाचार आयो। धेरैको मन, मस्तिष्कमा यसले डर र कम्पन पनि पैदा गरयो। हरेक चौमास अनि वर्ष आउने यस्ता समाचार र तथ्यांकले तिनलाई बढी झट्का दिन्छ जो काम बढी पढाई कम गर्छन् अनि विश्वविद्यालयमा उपस्थीति र परिक्षामा राम्रो नतिजा हुँदैन। त्यसो त अष्ट्रेलियाको विद्यार्थी भिसा पाउँदा स्वीकार गरेका सर्तहरू पूरा नगरेको अवस्थामा पनि डर धेरै लाग्छ ‘कतै इल्लिगल हुने त होईन?’

पछिल्लो समय अष्ट्रेलियन दैनिक अखबार ‘द अष्ट्रेलियन‘मा प्रकाशित आलेखले एसाइनमेन्ट सही तरिकाले नगरेको कारण विद्यार्थीहरूको भिजा क्यान्सिल भएको उल्लेख गरेको छ। ईण्डियनसाइटडटकमडटएयूले प्रकाशन गरेको समाचार अनुसार पाकिस्तानबाट अष्ट्रेलिया पढ्न आएका एक विद्यार्थीको भिजा अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले एसाइनमेन्टको कारण नै खारेज गरिदिएको छ। ‘प्लेजरिज्म’ अर्थात बौद्धिक चोरीको कारण देखाएर अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले पाकिस्तानी विद्यार्थी शाहियार खानको विद्यार्थी भिजा खारेज गरेको हो। मेलबर्नको ‘टेक्निकल एजुकेसन डेभलोपमेन्ट ईन्स्टिट्युट’मा अध्ययनरत उनले आफ्नो एसाइनमेन्टहरू ईन्टरनेटमा उपलब्ध सामग्रीहरू सारेर तयार पारेका थिए। उनले एसाइनमेन्टहरूमा अरूले तयार पारेको सामग्रीहरू हुबहु सारेर बुझाएकोअष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले जनाएको द अष्ट्रेलियनको आलेखमा उल्लेख छ। अनुसन्धान तथा अध्ययनमा प्रयोग भएका सामग्रीको स्रोत उल्लेख गर्न समेत खान चुकेका थिए। अरूको लेख तथा विचारलाई सारेर आफ्नो दाबी गर्नुलाई बौद्दिक चोरी (प्लेजरिज्म) मानिन्छ।

‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

'एसाइनमेन्ट' को कारण हुनसक्छ भिजा क्यान्सिल

६ टुल जसले अष्ट्रेलियामा एसाइनमेन्टलाई सजिलो बनाउँछन्

अष्ट्रेलियामा ‘एकेडेमिक मिसकण्डक्ट’को रूपमा प्लेजरिज्म एउटा अपराधको रूपमा रहेको छ। विद्यार्थी भिजाको एउटा प्रमुख सर्त विद्यार्थी भिजामा अष्ट्रेलिया आउनेले आफ्नो पढाईमा स्वीकार्य प्रगती गरेको हुनुपर्ने उल्लेख छ। यस्तो खाले प्लेजरिज्म विद्यार्थीले अध्ययनमा आफुलाई अब्बल साबित गर्न गरेको जालसाजी भएकाले विश्वविद्यालयले यस्तो गतिविधी गरेको थाहा भए जुनसुकै बेला उसले दिएको डिग्री खारेज गर्न सक्छ।

अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले आफ्नो भिजा क्यान्सिल गरेपछी पाकिस्तानी विद्यार्थी खानले एडमिनिस्ट्रेटिभ अपिल्स ट्राइबुनलमा भिजा खारेजी विरूध्द अपिल गरेका थिए। उनले ट्राइबुनलमा आफू पाकिस्तानबाट आएको हुनाले प्लेजरिज्मको ’boutमा थाहा नभएको र कलेजले पनि यस’boutमा कहिल्यै सचेत नगराएको बताएका थिए। खानले आफ्नो एसाइनमेन्ट परिक्षकले सबै विषयमा राम्रो नम्बर दिएको तथा प्लेजरिज्म भएको ’bout केही नबताएको उल्लेख गरेका छन्। अष्ट्रेलियामा पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थीको लागी एसाइनमेन्ट लेखिदिने काम एउटा व्यवसायको रूपमा नै स्थापित भएको छ। गत वर्ष यस’boutमा गम्भिर खुलासा भएपछी विश्वविद्यालयहरू र अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले यसमा कडाइ गर्न थालेका छन्। एसाइनमेन्टका कारण नै भिजा खारेज हुने विद्यार्थीको संख्या अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले खुलाएको छैन। तर विद्यार्थी भिजा जोगाउनका लागि मात्र सस्तो फि भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको भिजा प्लेजरिज्मको कारण खारेज भएको समाचार धेरै आउने गरेको छ।

अघिल्लो वर्षमात्र अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले १० हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल गरेको थियो। हरेक वर्ष करिब २०० नेपाली विद्यार्थी भिजा खारेजी भएकाको सूचिमा पर्ने गरेका छन्।

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ