विदेशीले हरेराम गाउँदा

हामी धेरैलाई लाग्छ धर्म कर्म गर्ने अनि भजन गाउने भनेको ५० वर्ष कटेपछी हो। धेरैलाई जिन्दगी चलाउनको लागी गर्नुपर्ने सबै सांसारिक काम गरेर उमेर पाको हुँदै गएपछी काशी नुहाएर, गौ दान गरेर सबै पाप पखालिन्छ अनि बैकुण्ठ तर्ने हो भन्ने लाग्छ। धर्म र संस्कृती प्रति नेपालीहरूको बुझाइ नमिलेकै कारण आफ्नै संस्कार, परम्परा र संस्कृती अनि अभ्यासलाइ नेपालीहरुले पैस्वीकरण (मोनिटाइज) गर्न सकेका छैनन्। हाम्रो ‘संस्कृत’, हाम्रो योग, हाम्रो आयुर्वेद सबै भारतको भइसकेको छ।

बहुदल, प्रजातन्त्र अनि स्वतन्त्रताको नाममा देश र समाजलाइ नै कहाली लाग्दो गरिबी तिर धकालिएको छ। अार्थिक मात्र नभएर नेपाल र नेपाली समाज सोचले पनि धेरै गरिब भइसकेको छ। जुन दैनिक समाचारपत्र अनि अनलाइनका खबरमा पढ्न देख्न पाईन्छ। राजनीतिक रूपमा कम्युनिष्टहरु धेरै भएकाले पनि संस्कार संस्कृतिलाई सम्पन्नताको बाटोमा लगाउने भन्दा पनि गरिबीको गीत गाउने र विदेशी एजेन्टसँग मित लाउनेमा नै बढि जोड छ। यही कारण हुनुपर्छ उमेर र पाखुरीमा बल रहँदा सम्म हरेक हुने नहुने सबै काम गर्छन् अनि उमेर घर्कंदै गएपछी मात्रै मन्दिर धाउन सुरू। हेडक्वार्टर देखी वडा क्वार्टर सम्मका कामरेडका चर्तिकला हेर्नुस् त।

विदेशीले हरेराम गाउँदा

सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्।

नेपालमा यस्तो छ भने विदेश गएका नेपालीको हाल पनि उस्तै हो। तीजमा महिनाभर दरको नाममा ‘बीफ’ समेत पड्काउन बेर लाग्दैन, वाईन भनेको त आजकल रक्सी नै हैन भन्ने न्यूरोड मै स्थापित हुन लागिसक्यो, न्यूओर्क, सिड्नीका के कुरा गर्नु गहुँतै भइसको वाइन त। सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्। टन्न ढल्ने गरि जलपान हुने समाजसेवा वाला भोजको आयोजना सातै पिच्छे हुन्छ तर अलिकति सत् संगत हुने कुरा भनेको चैं ‘घाममा सुकाइदेउ’ नै हो।

सिडनी बस्दा अनुभव भएको चैं भारतीयले चैं आफ्नो रिती थितिलाई धानेकै छन्। धार्मिक अनि सांस्कृतिक आस्थाको कारण मदिरापान नगर्नेहरू पनि प्रसस्त छन्। भएका जति मन्दिर, ध्यान केन्द्र सबै भारतीयको छ। नेपालीहरूले चैं आफ्नो शुभलाभ भन्दा सामुदायिक सोच त्यती राख्न सकेको जस्तो देखीँदैन।

हामीले विदेशी भन्नेहरू चैं ध्यान, योग सबैतिर सक्रिय पनि देखिन्छन्। भारतीयहरूले आयोजना गर्ने कार्यक्रमहरूमा राखिएका ध्यानकेन्द्रहरूको स्टल र त्यहाँ आउने मानिसहरूको संख्याले पनि यो देखाउँछ। जे भएपनि सिड्नीको केन्द्रमा ‘हरे राम हरे कृष्ण……कृष्ण कृष्ण….’ भनेर गोरा छाला भएका अंग्रेजीभाषीले गाउँदा अर्कै मजा हुने।

यो हेर्नुस भिडियो कसरी विदेशीले हाम्रो किर्तनलाई सांगितीक शो जस्तो बनाएका छन्। उही क्या कन्सर्ट।

(भिडियो चैं इण्डियनसाइटका लागी मैले नै पारामाटामा भएको दिपावली मेलामा खिचेको हो)

विदेशीले हरेराम गाउँदा

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ