स्कल्पचर सम्झना साँच्ने साधन !

07 Baby hands and feet sculpturesसन्तान सुख, संसारमा नारी र पुरूष दुवैले अनुभव गर्ने सुखहरूमा सर्वोत्तम सुख यही नै हो। भरखर भरखर बाबु आमा बनेकालाई थाहा र अनुभव हुन्छ कस्तो हुन्छ दोस्रो पुस्ता संसारमा आउँदाको खुसी अनि मानसिकता।

‘साउँको भन्दा ब्याजको माया’ त्यसै समाजमा जमेको भनाई होईन। बाबु अनि आमा बनेकाहरूलाई हेर्नुस् तपाईं आफैलाई लाग्छ यो भनाईको थप ब्याख्या नै आवश्यक पर्दैन। त्यसै भनिएको होईन ‘सन्तान प्राप्ति पछी दम्पत्तीको समेत माया बाँढिन्छ’। सन्तान जन्माएपछी चाहे श्रीमान् होस् या श्रीमती एकआपसमा भन्दा माया धेरै सन्तानलाई लाग्छ। सन्तानको माया यस्तो हुन्छ की श्रीमान अनि श्रीमती छोरा-छोरीको लागी एक आपसमा झगडा गर्न तम्सन्छन्। अनि दाम्पत्य जिवनको सबैभन्दा ‘खराब’ केश ‘डिभोर्स’ (छोडपत्र) मा सबै झगडा बिर्सेर सन्तानका लागी एउटै छानोमा ‘कम्प्रोमाइज’ गरेर बस्छन्।

बिहे गरेर श्रीमती होईन साक्षात लक्ष्मी भित्र्याउँछौं हामी घरमा। यो हाम्रो परम्परागत मान्यता मात्र होईन वास्तविकता पनि हो। किनकी हामी हरेक पुरूषको सफलताको पछाडी उनै श्रीमतीको साथ हुन्छ। सोच्नुस् आफ्नो जिन्दगीको सबै लक्ष्य छोडेर तपाईंलाई साथ दिन आएकी उनलाई घरमा भित्र्याउँदाको पल। के उनको पाईला तपाईंको घर र जिवनमा परिवर्तन ल्याउन सफल छैन? के ती पाईलालाई यसरी सम्झनामा राख्न योग्य छैनन्?
Baby hands and feet sculptures

सन्तान प्राप्तीलाई हाम्रो समाजमा गर्व, पौरूषत्व अनि वंश विस्तार वा वांशिक निरन्तरताको रूपमा लिइन्छ। हुन त जसलाई हामी पश्चिमा समाज भन्छौं अनि अहिले जुन धरातलमा हामी छौं त्यो समाजमा पनि सन्तान प्राप्ती उस्तै गर्व र खुसीको कुरा हो। त्यसैले त ‘गर्भवती’ भएदेखी नै सुरू हुन्छ ‘सेलब्रेसन’। अनि सन्तान प्राप्ति तर्फका हरेक पललाई स्मरणिय बनाउन हरसम्भव प्रयास हुन्छ। ‘फोटो’ ‘भिडियो’ खिच्ने अनि साथीभाई आफन्तहरूसँगको भेटघाटहरू यो समयलाई स्मरणिय बनाउनकै लागी गर्ने गरिन्छ। ताकी जिन्दगीको यो समयलाई टक्क रोकेर राख्न सकियोस्, सम्झनामा।Sculpture Babay Hands

समयसँगै बच्चाहरूको वृद्धिलाई रोक्न सकिन्न तर उनीहरूको बाल्यकाललाई तस्वीर भन्दा पनि वास्तविक आकार र शैलीमा जस्ताको तस्तै राख्न सकिन्छ। स्कल्पचर कला र कलाकार त्यसका लागी तयार छन्।

धेरै पुरातन ख्याल भएकाहरूलाई लाग्न सक्छ यो ढस्सा र देखावटी हो, जुन नेपालीहरूले विदेशी प्रभावले गरिरहेछन्। ‘बेवी सावर’ देखी ‘मातृत्व फोटोग्राफी’ (मेटेरनिटी फोटोग्राफी) अनि ‘नवजात फोटोग्राफी’ (न्यूबर्न फोटोग्राफी) त्यसै अष्ट्रेलिया अनि सिड्नीमा स्थापित भएका होईनन्? यसले मानसिक अनि सामाजिक महत्व बोकेका छन्। अभिभावक बच्चाको आगमनमा खुसी भएर फोटोसेसन गर्नु वा बच्चाको आगमनलाई सुख, खुसीको रूपमा लिएर व्यवहार गर्नुले बच्चामा सकारात्मक उर्जाको प्रभाव पर्दछ। त्यसो त बच्चा गर्भमा रहँदा देखी तपाई र तपाईको जोडीले गर्ने हरेक काम र कुराको बच्चामा पनि प्रभाव परिरहेको हुन्छ। त्यसैले गर्भावस्थामा र बच्चाको जन्म पछी गरिने गतिविधीको तपाईको बच्चाको मानसिक र शारिरीक विकासमा राम्रै प्रभाव परेको हुन्छ। त्यसैले त यस्तो समयमा सकारात्मक सोच बढाउने खालका काम र कुरा गरिन्छ।

04 Baby hands and feet sculptures

बच्चामा राम्रो गुण अनि मानसिकता आओस भनेर गर्भावस्थामा बच्चा पेटमा आएदेखी नै सकारात्मक सोच राख्ने, सत्कर्म गर्ने अनि धार्मिक र आध्यात्मिक कुराहरू सुन्ने, गर्ने गरिन्छ। त्यो हाम्रो नेपाली र पश्चिमाहरूको दुवै समाजमा अभ्यासमा रहेको कुरा हो। ‘रामायण’मा पनि गर्भावस्थाको गतिविधिको ’boutमा उल्लेख भएको पाईन्छ। जनताको मान्यता र मतको सम्मान गर्दै रामले त्यागेपछी सन्तान नजन्मँदा सम्म सीता जंगलमा एक ऋषिको कुटीमा आश्रयमा बसेकी थिइन। ‘लब-कुश’ रामको दरबारमा नभएर ऋषिको कुटीमा हुर्केको रामायणको कथा हामी सबैलाई थाहा छ। यसखालको पृष्ठभूमि भएका कारण हामी जिवनमा आउने नयाँ सदस्यलाई विभिन्न पृथक शैली अनि सकारात्मक विचार र आशाका साथ स्वागत गर्छौं। अनि त्यसलाई फोटो र भिडियोमा कैद गर्छौं।

09 Baby hands and feet sculptures

विचार गर्नुस यतिखेर जतिखेर तपाईं अष्ट्रेलियामा सेटल भएर संसारमा उपलब्ध सबै सुविधा लिन सक्ने हुनुभएको छ यतिखेर तपाईंको बच्चा बेलाको हात र मुठी यस्तो थियो भनेर मूर्ति (स्कल्पचर)को आकारमा देख्न पाउनुभएको भए। कस्तो खुसी लाग्थ्यो? तपाईंले त्यसको अनुभव गर्न नपाए पनि अब तपाईंको सन्तानले पाउनेछन्। उनीहरूको बाल्यकालको मुठीलाई तपाईं जस्ताको तस्तै राखेर पछी देखाउन सक्नुहुन्छ।

यतिखेर प्रविधि अनि कलाको विकासले तपाईं हामी हाम्रा बच्चाहरूको तस्वीर मात्र होईन उनिहरूको बाल्यकाल नै कैद गरेर उनीहरू बुझ्ने भएपछी देखाउन अनि उपहारका रूपमा उनीहरूलाई जिवनको अमुल्य पल दिन सक्नुहुन्छ। जुन यतिखेर सहजै बनाउन सकिन्छ र उपलब्ध पनि छ। त्यसो त यस्तो जीवनको महत्वपूर्ण पल कैद गरेर राख्ने काम त्यति धेरै महँगो पनि छैन।

13022361_1728563520714147_1932035202_n

बच्चाहरूको, मात्र होईन आमा र बुबाको हात उहाँहरूको मृत्युपछी पनि तपाईंको घरमा तपाईंको साथमा सँगै र सँधै राख्न सकिन्छ। जसको माध्यमबाट बाबुआमाको आशिर्वाद र साथ सँधै तपाईंसँग हुन्छ। स्कल्पचरको कलाको खुबी नै यही हो।

 

यसखालको स्कल्पचर बनाउने कलालाई अष्ट्रेलियामा धेरै नेपालीले आफ्नो जीवनको महत्वपूर्ण समय र मानिसको सम्झनामा लाउन्जका भित्ताहरूमा राख्ने गरेका छन्। लाउन्जको शोभा र मुटुमा बसेका सन्तान अनि अभिभावकको साथ र हात सँधै साथ राख्न पाउनु साँच्चै अनुपम अवसर हो। यस्तो अवसर उपलब्ध गराएको छ प्रेसियस पाल्मस् ले। जसले नेपाली समुदायसँग नजिक रहेर उनीहरूको सुख, सन्तान अनि अभिभावकसँगको नातालाई झन गठिलो र अमर बनाउन सहयोग गरेको छ। यदी तपाईं पनि आफ्नो सन्तान अनि आमाबुबाको साथ र हातलाई सँधै आफुसँगै राख्न चाहनुहुन्छ भने प्रेसियस पाल्मस् ले तपाईंलाई यसमा सहयोग गर्न सक्छ।

 

कसरी बनाउने यस्तो स्कल्पचर?

प्रेसियस पाल्मस् मा तपाईंले सम्पर्क गरेपछी तपाईंको आवस्यकता अनुसार बच्चा वा अभिभावकको हातको नाप लिएर यसका कलाकार अर्जुन मेहता र उनको टिमले दुरूस्तै हातको मूर्ति तपाईंलाई केही समयमा नै उपलब्ध गराउँछन्। त्यसका लागी उनीहरूको मूल्य पनि आकर्षक नै छ। मेहता नेपाली समुदायको लागी आफुले आकर्षक योजना पनि बनाएको बताउँछन्। त्यसो त उनले दिने सेवा र सामानको गुणस्तर अनि टिकाउपन पनि निक्कै राम्रो छ।

 

कसरी गर्ने सम्पर्क!

प्रेसियस पाल्मस् र अर्जुन मेहताको टीमलाई निम्न ठेगानामा सम्पर्क गर्न सकिन्छ। फेसबुकमा यहाँबाट हेर्नुस प्रेसियसले यस्तो बनाउँछ स्कल्पचर!११

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ