यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

माइग्रेसन, अर्थात बसाईं सराईं। यो मानिसको आदीकाल देखीको आवश्यकता अनि प्रक्रिया हो। आदीमकालमा मानिसहरू फिरन्ते प्रकृतिका थिए। कृषि युगमा आएपछी मात्र मानिसले खेती गर्ने र घरबास बाँध्न सुरू गरेका हुन्। औधोगिक कालमा आएपछी भने सुख, सुविधा र आय आर्जनको बाटो हेरेर शहरीकरण र आवाशिय विकास हुन थालेको हो। स्वास्थ्य, शिक्षा, व्यापारको विकासले मानिसले शहर, बजार अनि डाउनटाउन र सिबिडीको कन्सेप्ट विकास गरयो। पछिल्ला युगमा भएका अन्तर्राष्ट्रिय बजार, बाणिज्य अनि अर्थतन्रको विकासले हामी पूर्ण रूपमा विश्वग्राम अर्थात ग्लोबल भिलेजको रूपमा रूपान्तरण भइसकेका छौं। कुनै पनि देशको रक्षा, विकास अनि अर्थ र राजनीतिक व्यवस्था यतिखेर सबै विश्वकै साझा चासोको भएका छन्। अनि हामी नागरिक आफैमा ग्लोबल सिटिजन (ग्लोबल सिक) भइसकेका छौं। त्यसलै त जता अवसर छ उतै सर्छौं बसाईं। ईमिग्रेन्ट, माईग्रेन्ट वा पलायनवादी जे भने पनि यो सब अवसरले डोरयाएको यात्रा हो। हामी सामान्य मानिस त आफ्नो सिप र क्षमताले गरिखाने भनेर संसारका विभिन्न देशका सिमा नाघेर हिंड्छौं भने व्यापार गर्ने व्यापारीको त कुरै नगरे हुन्छ। दुईचार पैसा जता धेरै हुन्छ त्यतै लाग्नु व्यापारीको धर्म नै हो।

‘मिलेनियर’, ‘मिलेनायर’ जे भने पनि धनी अनि करोड र अर्बका पतिहरू अवसरवादी हुन्छन्। हामी सामान्य नागरिक भन्दा त लाख चलाख। अवसर कता छ भन्ने पहिले आँकलन गरेर त्यसै अनुसारको व्यवहार गर्छन्। नेपालका धनाढ्य चौधरी चाचा देखी खेतान अंकल सम्मलाई नै हेर्नुस न। अनि एनआरएन भनेर छिरेका महतो अंकलको ट्याक्स हेभनको पैसा र एनसेलले छलेको कर नबिर्सनुस् नि। अन्तर्राष्ट्रिय वेपारीको त नकुरा गरम। पछील्लो न्यू वर्ड वेल्थ नामक रिपोर्टले सन् २०१५ मा विश्वका धनिमानिसहरू, उही के मिलेनायर कता कता बसाईं सरे, कुन देशबाट निस्के कुन देशमा छिरे भन्ने फेरिहस्त सार्वजनिक गरेको छ। जसले अष्ट्रेलिया, अमेरिका, क्यानडा, इजरायल, युएई र न्यूजिल्याण्डलाई धनीहरूले रुचाएको देशका रूपमा देखाएको छ।

यी हुन् माईग्रेसनका लागी सबैभन्दा उपयुक्त २० देश

०१. अष्ट्रेलिया

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

नेपालीहरूका बीच अवसरको स्वर्ग भनेर चिनिएको अष्ट्रेलिया धनीहरूले बसाईं सर्नको लागि रूचाएको देशको सूचिमा सबैभन्दा अगाडी छ। मुख्यत चिनबाट धनिहरू अष्ट्रेलियामा व्यवसाय गर्नको लागि र यहाँको सुख, सुविधा उपभोग गर्नका लागी आउने हुन्। अष्ट्रेलियामा सन् २०१५ मा नयाँ ८,००० मिलेनियरले बसाईं सारे। यो सँगै अब अष्ट्रेलियामा मिलेनियरको संख्या २ लाख ९० हजार पुगेको छ।

०२. अमेरिका

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

विश्वकै सर्वशक्तिशाली देश भएपनि समय समयमा अमेरिकामा हुने आतंकवादी आक्रमणले व्यवसायीहरूमा ठूलै धक्काको महशुस गराउँछ। जसले गर्दा अमेरिकामा लगानी गर्नेहरू कहिले काहिँ डराए जस्तो नि गर्छन्। तर २०१५ मा नयाँ ७,००० मिलेनियर अमेरिका लगानी र बसोबासका लागी सरे। यो सँगै अमेरिकामा मिलियन डलर भन्दा धेरै सम्पत्ति हुनेको संख्या ४१ लाख ८० हजार कटेको छ। धेरै मिलेनियरहरू बस्ने देश हो अमेरिका।

यस कारण स्टुडेन्ट भिजामा अष्ट्रेलिया पढ्न जाऔं

०३. क्यानडा

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

नेपालमा अलिकति पढेको र अनुभव भएको मानिस पीआर लिएर जाने देश नै क्यानडा हो। कम खर्च, अंग्रेजी पनि त्यस्तो धेरै जान्ने हुन नपर्ने अनि सजिलै भिजा पाउने भएकाले क्यानडा जानेको संख्या बढिरहेको छ। तर क्यानडाको हिउँमा बसेको फोटो फेसबुकमा देखे पनि र खासै प्रगती गर्न नसकेको चाहीँ नेपाल सम्मै हुने गरेको छ। तर पनि यहाँको जनसंख्या र भूगोलको अनुपात अनि बजारको कारण पनि करोडपति अरबपतिका लागी यो देश लगानी गर्ने राम्रो अवसर भएको ठाउँ हो। २०१५ मा ५,००० मिलेनियरहरू अरू देशबाट क्यानडा आए। नयाँ आएका धनीहरूको सँख्या सहित यतिखेर क्यानडाका धनाढ्यको संख्याले २ लाख ९२ हजार नाघेको छ।

०४. इजरायल

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश
प्यालेस्टाइनसँगको तनाव कम नभए पनि इजरायलमा लगानी गर्नेहरू कम भएका छैनन्। नेपालबाट रोजगारीमा जानेको संख्या समेत निरन्तर बढिरहेको छ। यसको मतलब हो यहाँ लगानीको अवसर पनि छ र आकर्षण पनि। काम गर्न जाने हामीलाई त थाहा छ मिलेनियर भनेर कहलाएकालाई किन नहुने, नत्र विश्वकै कहलिएका धनाढ्य किन इजरायल जानु नि। इजरायलमा मात्र सन् २०१५ मा ४,००० मिलेनियरहरू बसाईं सरे। यतिखेर यस्ता धनाढ्यको संख्या ७१ हजार ७०० रहेको छ।

पढाई राम्रो भए गारो छैन अष्ट्रेलियामा पीआर पाउन

०५. युनाइटेड अरब ईमिरेटस् (युएई)

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश
नेपालीहरूको माग धेरै हुनुको कारण नै युएईमा धनीहरूले लगानी गर्नु हो। लगानीको अवसरले नै रोजगारीको अवसर दिने न हो। प्रजातन्त्र, नागरिक स्वतन्त्रताको कुरा छोड्नुस धन दौलतको कुरा गर्नुस यहाँ जस्तो अवसर अन्त छैन भने नि हुन्छ। धनीलाई रातो कार्पेट बिच्छ्याइन्छ यहाँ। त्यसैले सन् २०१५ मा ३,००० मिलेनियरले यहाँ बसाईं सारे। यतिखेर त्यस्ता मिलेनायर ७२ हजार १०० भन्दा धेरै छन् यहाँ।

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ