५ डलरको नोटलाई लिएर हंगामा

५ डलरको नोटलाई लिएर हंगामा
रिजर्ब बैंक अफ अष्ट्रेलियाले मंगलबार सार्वजनिक गरेको नयाँ ५ डलरको नोट। तस्विर: रिजर्ब बैंक अफ अष्ट्रेलिया

 

रिजर्ब बैंक अफ अष्ट्रेलियाले नयाँ ५ डलरको नोट सार्वजनिक गरेपछी सामाजिक संजालमा हंगामा सृजना भएको छ। मंगलबार बैंकले १ सेप्टेम्बरबाट प्रचलनमा आउने नोटको डिजाईन सार्वजनिक गरेको हो।

नयाँ नोटमा रहेको रानी एलिजावेथको फोटो, पार्लियामेन्ट हाउस साथै नयाँ राखिएका चरा र पहेंलो रंगको एक प्रकारको जिवाणुको तस्वीर धेरैलाई मन परेको छैन। अष्ट्रेलियामा पहिलो पटक ५ को नोट अष्ट्रेलियन पाउन्डको रूपमा सन् १९६७ मा छापिएको थियो। पछी यसलाई डलरको रूपमा छाप्न थालिएको हो।

नयाँ नोटको डिजाइन सार्वजनिक भएपछी विहान देखी सामाजिक संजालमा नोटको डिजाइनलाई लिएर हंगामा सुरू भएको थियो। मानिसहरूले यो नयाँ डिजाइन मन पराएका छैनन्। रानीको तस्वीर उनी ९० वर्ष पुग्न लाग्दा पनि उही पुरानै युवा समयको छ। धेरैले यो नयाँ नोटलाई बकबास भनेका छन्। धेरैले फोटोसप सफ्टवेयरको प्रयोग गरे नोटलाई फरक फरक रूपमा प्रस्तुत पनि गरेका छन्। हेर्नुस ट्वीटरमा नोटका ’boutमा भएका कुराकानी।

 

 

 

 

 

 

 

५ डलरको नोटमा रहेको रानी एलिजावेथको तस्वीरलाई लिएर गरिएको एक टिप्पणी

लेखक: मदनमणि

अष्ट्रेलियाको सिड्नीमा बस्ने मदनमणिसँग मिडिया, फोटोग्राफी र डिजिटल मार्केटिंगको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिक पत्रकारिता पेशामा आबद्ध थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ