माइग्रेसन

सन् २०२१ मा क्यानडाले चारलाखलाई पीआर दिने

सन् २०२१ मा क्यानडाले चारलाखलाई पीआर दिने - Katuwal

क्यानडाले सन् २०२१ मा चारलाख भन्दा बढीलाई क्यानडामा स्थायी रुपमा बस्ने र काम गर्ने सुविधा सहितको भिसा पीआर दिने योजना बनाएको छ। कोरोना भाईरसका कारण थला पर्ने अवस्थामा पुगेको अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने गरेर क्यानडाले सन् २०२१, २०२२ र २०२३ मा क्रमश चारलाख एक हजार, चारलाख ११ हजार र चारलाख २१ हजारलाई पीआर दिन लागेको हो। क्यानडा सरकारले सार्वजनिक गरेको आप्रवासी सम्बन्धि योजनाले क्यानडाले कोरोना भाईरसको प्रकोप जारी रहेकै अवस्थामा पनि सन् २०२१ को आर्थिक वर्षमा चार लाख एक हजार जनालाई क्यानडामा स्थायी रूपमा बस्न पाउने अधिकार सहितको भिसा पीआर दिन लागेको हो।  क्यानडाले सन् २०१९ मा तीनलाख एकचालिस हजार …

Read More »

माईग्रेसन एजेन्ट छान्दा ध्यान दिनुपर्ने ४ कुरा

माईग्रेसन, अर्थात् बसाईं सराईं। मानव सभ्यताको विकाससँगै यो एउटा नियमित प्रक्रियाको रूपमा अगाडी बढ्दै आईरहेको छ। माईग्रेसन वास्तवमा मानविय विकास प्रक्रिया हो। मानिसले सुख, सुविधा र स्रोतलाई मुख्य मानेर आफ्नो बसाईंलाई स्थानान्तरण गर्दै आएका छन्। भौतिक विकास र यातायातको सुविधाले यो क्रमले सिमाना र भूगोल नाघ्ने क्रममात्र पछिल्लो समय बढेको हो। पहिले पहिले ब्रिटेन देखी भारत र लाहौर सम्म नेपालीहरू अवसर र जिवनशैलीको लागी बसाईं जान्थे। त्यसो त बर्मा पनि नेपालीको बसाईं जाने गतिको गन्तव्य थियो पहिले। त्यसैले त भनाई नै छ नि ‘बर्मा गयो कर्म सँगै, नेपाल आयो कपालसँगै’। पछिल्लो समय नेपालीहरू अवसरका लागी बसाईं सर्ने क्रममा पश्चिमका समृद्ध …

Read More »

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। त्यसमा एजुकेशन कन्सल्टेन्सीले नि साताला २० घण्टा काम गर्न पाईन्छ अनि घण्टाको २० डलरको दर भनेर सुनाएपछी त मख्खै पो परिरहीएको हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस) काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका बारेमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। सामान्य पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको बारेमा पहिले बुझ्नुस् :

Read More »

यस्तो हो अष्ट्रेलियाको पीआर लिस्टको कुरो, नेपालबाटै गर्न सकिन्छ एप्लाइ

अष्ट्रेलियाले यसै साल अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने, नेपाली आउन पाउलान्? - Katuwal.com

अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१६-२०१७ का लागी दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल)) सार्वजनिक गरेको छ। अष्ट्रेलियाले सार्वजनिक गरेको स्किल्ड अकुपेसन लिस्ट (एसओएल) र कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) यही वर्ष २०१६ को १ जुन देखी लागु हुनेछ। अष्ट्रेलियाको लागि यो दक्ष पेशाको सूचि मात्र हो भने अष्ट्रेलिया बसाईं सर्न चाहनेका लागी यो पीआर लिस्ट नै हो। जसमा योग्यता पुगेका व्यक्तिले कम पैसा खर्च गरेर नै अष्ट्रेलिया माइग्रेट हुन सक्छन्। विद्यार्थी भिजामा अष्ट्रेलिया आउनु र पीआर लिनु भन्दा निक्कै सजिलो र कम खर्चको हुने भएकाले धेरैले यसलाई माध्यम बनाउने गरेका छन्। नेपालबाट नै सिधै अष्ट्रेलियाको पीआर लिएर आउनेहरूले यही सूचि र पेशाको आवश्यकता अनुसारको प्रक्रिया अपनाएर आउने हुन्। थप पढ्नुहोस्

Read More »