अष्ट्रेलिया

अनलाईन बुलिङ र ट्रोल बिरूद्ध कडा कानुन

छद्मभेषमा होस् या नीजि ग्रुपमा ईन्टरनेट अनि त्यसमा उपलब्ध सामाजिक संजालमा मनलागी गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन र साईबर स्पेशलाई सबैकालागी सुरक्षित बनाउन अष्ट्रेलियाले कडा कानुन ल्याउने तयारी गरिरहेको छ। ईन्टरनेट र सामाजिक संजालमा हुने बुलिङ, यौन उत्पिडन, ट्रोल लगायतका गतिविधीबाट महिला तथा बालबालिकालाई सुरक्षित राख्नको लागी समेत कडा कानुनी व्यवस्थाको आवश्यकता महशुस भईरहेको समयमा यसखालको विधेयक संघिय संसदमा प्रस्तुत भएको छ। विधेयक पास भएको खण्डमा साईबर बुलिङ, ट्रोल, सामाजिक संजाल वा ईन्टरनेटको माध्यमबाट दिईने धाक धम्कि, रिभेन्ज पोर्न (प्रेम वा सम्बन्धका समयमा भएका अन्तरंग गतिविधीको भिडियो सार्वजनिक गर्ने काम) लगायतका गतिविधी गर्नेहरूले ठूलो सजायँ भोग्नुपर्नेछ। यसविषयमा नाईन न्यूजको समाचार Online …

Read More »

अष्ट्रेलिया आउन आतुर हुँदा गलत निर्णय लिईएला है

कन्सल्टेन्सीका मार्केटिंगका कर्मचारीले फेसबुकमा फेक एकाउन्ट चलाएर नक्कली कुरा गर्ने त पुरानै कुरा भयो, आजकल त नक्कली दुलाहा दुलही खोजेर झक्कासको नक्कली बिहे नै गराईदिन्छन्।

Read More »

सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस

पश्चिमा मुलुकमा जस्तो तथ्यांक, अनुसन्धान, तर्क र कानुनमा चल्ने भएको भए नेपालमा सार्वजिनक यातायात र दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या निक्कै कम हुन्थ्यो। धेरै जनाको ज्यान जाने गरि दुर्घटना भएका समयमा मिडियामा सार्वजनिक सवारीहरूको अवस्था, नियम, सिण्डीकेट आदी इत्यादी विषयमा समाचार, विश्लेषण अनि आलेखहरू आउँछन्। नेता, मन्त्री, सम्बन्धित नियामक तथा सरकारी कार्यालयका कर्मचारी ‘बाईट’ दिन्छन् र सबै कुरा ‘डिमेन्सिया’ लागेको जस्तो विस्मृतीमा जान्छ अर्को ठूलो दुर्घटना नहुन्जेलका लागी। न त राज्यको ‘मेमोरी’ छ न समाजको ‘मेमोरी’ भनिने मिडियाको नै। नेताहरू हाकै भन्छन् ‘जोगी हुन राजनीतिमा लागेको होईन!’ यति भएपछी सबै स्पष्टै छ ‘सक्किगोनी’। सार्वजनिक यातायातमा पुराना बस हटाउने चर्चा नेपालमा …

Read More »

भाँडा हान्ने पलायनवादी भन्नेलाई अष्ट्रेलियाको जवाफ

‘अंगुर अमिलो’ भने झैं अमेरिका, जापान, अष्ट्रेलिया लगायत युरोपेली मुलुक जान नसकेका र मध्यपूर्वका मुलुक जान नचाहेका अधिकांशले सामाजिक, जिवनशैली वा राजनीतिक विषयमा विदेशमा रहेका नेपालीले गर्ने टिप्पणीमा ‘पलायनवादी’, ‘भाँडा माझ्ने’, ’घण्टा हान्ने’ जस्ता शब्दहरू प्रयोग गरेर फेसबुक, ट्वीटर जस्ता सामजिक संजाल खुबै उल्ली-बिल्ली गर्छन्। अष्ट्रेलिया या अमेरिकामा भएकाहरूले चाहीँ यस्ता विषयमा आफूलाई सुरक्षित र रक्षात्मक राख्दै प्रसंगहरू मोडिरहेका हुन्छन्। नेपालको आर्थिक अवस्था र भौतिक सुविधाको अवस्था ’bout हामी सबै जानकार नै छौं, सबै राम्रो हुँदो हो त ‘नत्र कसलाई रहर हुन्छ घर छाडेर जाने….गाउँ छाडेर जाने… अनि देशै छाडि जाने….’ बोलको गीत नै नबन्दो हो। चाहे अष्ट्रेलिया होस् या …

Read More »