समाज

विदेशीले हरेराम गाउँदा

हामी धेरैलाई लाग्छ धर्म कर्म गर्ने अनि भजन गाउने भनेको ५० वर्ष कटेपछी हो। धेरैलाई जिन्दगी चलाउनको लागी गर्नुपर्ने सबै सांसारिक काम गरेर उमेर पाको हुँदै गएपछी काशी नुहाएर, गौ दान गरेर सबै पाप पखालिन्छ अनि बैकुण्ठ तर्ने हो भन्ने लाग्छ। धर्म र संस्कृती प्रति नेपालीहरूको बुझाइ नमिलेकै कारण आफ्नै संस्कार, परम्परा र संस्कृती अनि अभ्यासलाइ नेपालीहरुले पैस्वीकरण (मोनिटाइज) गर्न सकेका छैनन्। हाम्रो 'संस्कृत', हाम्रो योग, हाम्रो आयुर्वेद सबै भारतको भइसकेको छ। बहुदल, प्रजातन्त्र अनि स्वतन्त्रताको नाममा देश र समाजलाइ नै कहाली लाग्दो गरिबी तिर धकालिएको छ। अार्थिक मात्र नभएर नेपाल र नेपाली समाज सोचले पनि धेरै गरिब भइसकेको छ। जुन दैनिक समाचारपत्र अनि अनलाइनका खबरमा पढ्न देख्न पाईन्छ। राजनीतिक रूपमा कम्युनिष्टहरु धेरै भएकाले पनि संस्कार संस्कृतिलाई सम्पन्नताको बाटोमा लगाउने भन्दा पनि गरिबीको गीत गाउने र विदेशी एजेन्टसँग मित लाउनेमा नै बढि जोड छ। यही कारण हुनुपर्छ उमेर र पाखुरीमा बल रहँदा सम्म हरेक हुने नहुने सबै काम गर्छन् अनि उमेर घर्कंदै गएपछी मात्रै मन्दिर धाउन सुरू। हेडक्वार्टर देखी वडा क्वार्टर सम्मका कामरेडका चर्तिकला हेर्नुस् त। नेपालमा यस्तो छ भने विदेश गएका नेपालीको हाल पनि उस्तै हो। तीजमा महिनाभर दरको नाममा 'बीफ' समेत पड्काउन बेर लाग्दैन, वाईन भनेको त आजकल रक्सी नै हैन भन्ने न्यूरोड मै स्थापित हुन लागिसक्यो, न्यूओर्क, सिड्नीका के कुरा गर्नु गहुँतै भइसको वाइन त। सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्। टन्न ढल्ने गरि जलपान हुने समाजसेवा वाला भोजको आयोजना सातै पिच्छे हुन्छ तर अलिकति सत् संगत हुने कुरा भनेको चैं 'घाममा सुकाइदेउ' नै हो।

Read More »

स्कल्पचर सम्झना साँच्ने साधन !

सन्तान सुख, संसारमा नारी र पुरूष दुवैले अनुभव गर्ने सुखहरूमा सर्वोत्तम सुख यही नै हो। भरखर भरखर बाबु आमा बनेकालाई थाहा र अनुभव हुन्छ कस्तो हुन्छ दोस्रो पुस्ता संसारमा आउँदाको खुसी अनि मानसिकता। ‘साउँको भन्दा ब्याजको माया’ त्यसै समाजमा जमेको भनाई होईन। बाबु अनि आमा बनेकाहरूलाई हेर्नुस् तपाईं आफैलाई लाग्छ यो भनाईको थप ब्याख्या नै आवश्यक पर्दैन। त्यसै भनिएको होईन ‘सन्तान प्राप्ति पछी दम्पत्तीको समेत माया बाँढिन्छ’। सन्तान जन्माएपछी चाहे श्रीमान् होस् या श्रीमती एकआपसमा भन्दा माया धेरै सन्तानलाई लाग्छ। सन्तानको माया यस्तो हुन्छ की श्रीमान अनि श्रीमती छोरा-छोरीको लागी एक आपसमा झगडा गर्न तम्सन्छन्। अनि दाम्पत्य जिवनको सबैभन्दा ‘खराब’ …

Read More »

५ डलरको नोटलाई लिएर हंगामा

रिजर्ब बैंक अफ अष्ट्रेलियाले नयाँ ५ डलरको नोट सार्वजनिक गरेपछी सामाजिक संजालमा हंगामा सृजना भएको छ। मंगलबार बैंकले १ सेप्टेम्बरबाट प्रचलनमा आउने नोटको डिजाईन सार्वजनिक गरेको हो। नयाँ नोटमा रहेको रानी एलिजावेथको फोटो, पार्लियामेन्ट हाउस साथै नयाँ राखिएका चरा र पहेंलो रंगको एक प्रकारको जिवाणुको तस्वीर धेरैलाई मन परेको छैन। अष्ट्रेलियामा पहिलो पटक ५ को नोट अष्ट्रेलियन पाउन्डको रूपमा सन् १९६७ मा छापिएको थियो। पछी यसलाई डलरको रूपमा छाप्न थालिएको हो। नयाँ नोटको डिजाइन सार्वजनिक भएपछी विहान देखी सामाजिक संजालमा नोटको डिजाइनलाई लिएर हंगामा सुरू भएको थियो। मानिसहरूले यो नयाँ डिजाइन मन पराएका छैनन्। रानीको तस्वीर उनी ९० वर्ष पुग्न लाग्दा पनि उही पुरानै युवा समयको छ। धेरैले यो नयाँ नोटलाई बकबास भनेका छन्।

Read More »

यो हो इलेक्ट्रोनिक्स सामान किन्ने सही समय

डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ। डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो। त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।

Read More »