अष्ट्रेलियामा हरेक पाँच वर्षमा हुने जनगणना आज राती हुन लागिरहेको छ। अगस्त ९ को रात हुने जनगणनाको लागी तपाईंको घरको लेटर बक्समा केही दिन अघी नै अष्ट्रेलियन तथ्यांक विभागले एउटा चिठी पठाई सकेको थियो सायद तपाईंले सुरक्षित राख्नुभएको होला। त्यही चिठीमा रहेको १२ अंकको पासवर्ड प्रयोग गरेर अष्ट्रेलियाको आजको जनगणनामा सहभागी हुने हो। ‘ला त्यो चिठी त मैले फालिदिएँ त’ (हामी धेरैले आफ्नो नाम सम्बोधन गरेर नआएको चिठीलाई बाल दिँदैनौं, फालिसकेको वा हराएको पनि हुनसक्छ) भन्ने जवाफ तपाईंको मनमा उठेको छ भने न आत्तिनुस 1300 214 531 मा फोन गरेर तपाईंले आफ्नो जनगणनामा सहभागीता पुरा गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेर …
Read More »अष्ट्रेलियामा विकेण्ड
सप्ताहन्त, अर्थात विकेण्ड। अष्ट्रेलियामा यसको छुट्टै पो महत्व छ त। साताको दुई दुई दिन बिदा हुने देश जो परयो। शुक्रबार देखी नै यहाँका होटल, पब र रेष्टुरेन्टहरूमा विकेण्ड लाग्छ, बोटल फोरिन्छन्, गर्लफ्रेण्ड फेरिन्छन् अनि बैंक कार्डको क्रेडिट फेरिन्छ। उही रहने त शरिर र सोमबार देखीको काम गर्ने शैली र व्यस्तता मात्रै। धोकेर, बोकेर, ठोकेर, झुमेर, घुमेर, खेलेर, झेलेर, वाइन ओमन सबमा भुले पनि आईतबार मध्य दिनमा घर फर्केपछी विधिपूर्वक सकिन्छ एउटा अष्ट्रेलियन विकेण्ड। त्यो सिड्नीमा पनि उही हो अनि मेलबर्न, क्यानबेरा र पर्थमा पनि उही हो। तर फरक के भने यहाँ बस्नेको वर्ग र हैसियत अनुसार विकेण्ड फरक हुन्छ, गतिविधी के गरिन्छ भन्ने। हामी नेपालीहरू मध्ये सबैको यस प्रतिको धारणा चैं आफ्नो वर्ग र यहाँको सेटलमेन्ट हेरेर फरक फरक छ, हुनसक्छ। तर पनि सबैको लागी विकेण्डका दुई दिनले साताका अरू पाँच दिन भन्दा फरक नै महत्व राख्छ। बिदाको समय भएकाले आफन्त साथीभाई भेटघाटको अवसर जुटाउन पनि सकिन्छ भने यी दुई दिनमा काम गरेर साताका अरूदिनमा भन्दा धेरै कमाउन सकिन्छ। ट्याक्समा काम गर्नेहरूका लागी रोजगारदाताले यी विकेण्डका दुई दिन अरू दिन भन्दा धेरै नै बढी पे गरिरहेका हुन्छन्। त्यसैले नर्सिङ तथा अरू सेवा क्षेत्रमा काम गर्नेले सितीमिति विकेण्डका समयमा पाएको सिफ्ट छोड्दैनन्। र, छोड्नु पनि हुँदैन। यहाँ आएको नै पैसा कमाउन र जिवनमा सम्पन्ता ल्याउन जो हो।
Read More »नेपाली हुलाकले अष्ट्रेलियाको घर-घरमा ल्याइदिन्छ सामान
अष्ट्रेलियामा भरखरै आएका हुन् या यतै एक दुई दशक बिताएका सबैलाई फिल हुने कुरा धेरै हुन्छन्। ती मध्ये नेपालको जस्तो कपडा, शैली धेरै मिस हुन्छन् विशेष गरेर चाडवाडमा। लगाउनका लागी कपडा अनि घरमा राख्नको लागी नेपालमा बनेका सामानहरू। भगवानका मूर्ति पनि हुनसक्छन् अनि सजावटका सामान पनि। जुन अष्ट्रेलियामा किन्न पाईंदैन, नेपालबाट ल्याउनको लागी ल्याइदिने मानिस पनि भेटिंदैन। नेपालमा किनेर पठाइदिने आफन्त जति पनि भेटिन्छन्, हुन्छन् तर ल्याइदिने भने पाउन गारो नै हुन्छ। किनभने प्लेनबाट आउनेले ३० देखी ४० केजी मात्र सामान ल्याउन पाउँछन् त्यती सामान चैं आफ्नै हुन्छ। अरूको लागी दुख कसले बेसाइ दिओस्। अष्ट्रेलियाको विभिन्न सवअर्वमा बस्ने नेपालीका लागी दशैं, तिहार, तीज अनि अरु नेपाली चाडपर्वमा नेपाली सामान अनि कपडाहरूले निक्कै महत्व राख्छन्। नेपालबाट पहिलो पटक आउनेहरूले सुरूमा नल्याएका धेरै चिज हुन्छन् जुन यहाँ काम र बसाईंमा सेटल भएपछी आवश्यक बन्छ तर सजिलै नेपालबाट ल्याउने उपाय पत्तो लाग्दैन। नेपालबाट कसरी कुरीयर गरेर ल्याउने पनि थाहा हुँदैन अनि कुन कुन कम्पनीले कतिमा कसरी ल्याइदेला भन्ने थाहा पाउन पनि गाह्रो नै हुन्छ, किनकी धेरै समय काममा नै बिताउनु पर्ने आवश्यकता पनि छ र बाध्यता पनि। त्यसमाथी पढाई। एसाइनमेन्टको प्रेसर र तनावको त कुरै नगरूम। यस्तै धेरै अष्ट्रेलियन जिवनका आरोह अवरोहमा हामी धेरैलाई थाहा नभएको वा ख्याल नगरेको कुरा के हो भने नेपालबाट कुनै पनि सामान ल्याउनको लागी सजिलो उपाय छ, झण्झट पनि नहुने र घरमा नै आईपुग्ने। न कसैलाई फोन गर्नु पर्छ न त कतै सामान बुझ्न तथा लिनको लागी नै जानु पर्छ। साथै लाग्ने पैसा पनि सस्तो छ। त्यो हो नेपालको हुलाक। नेपालमा धेरैले हुलाक सेवाको प्रयोग गर्दैनन्। त्यसमा पनि अष्ट्रेलिया आएकाहरूले त गरेको आशा अलिक कम नै राख्दा हुन्छ। नेपालको हुलाक सेवा विभाग, त्यसका हाकिम अनि संचार मन्त्रालयका अधिकारी र मन्त्रीलाई पनि केही भेउ नहोला हुलाकलाई कसरी प्रयोग गर्नुपर्छ र यसको सेवा कसरी लिने यसले सेवा कसरी दिने तर तपाईं हामी अष्ट्रेलियामा बस्नेलाई थाहा छ हुलाकको प्रयोग कसरी गर्नुपर्छ। अष्ट्रेलिया पोष्टले त्यसको राम्रो उदाहरण दिएको छ संसारलाई नै कसरी व्यवसायिक बनाउने हुलाकलाई भनेर।
Read More »फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु
विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो। आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न। आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।
Read More »