फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने त बाबुआमालाई ‘सोसाइटी’मा नै नपर्ने डर समेत हुने भईसक्यो। छिमेकी अनि नातेदारका छोराछोरीले अष्ट्रेलिया गएर काठमाडौं वा देशका अन्य शहरमा घर किनेको बाबु आमाको लागी गर-गहना अनि गाडी जोडेको कुराहरू ‘एककान दुईकान मैदान’ हुने भएपछी अलिक हुनेखाने (२०-२५ लाख लगानी …
Read More »काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्
‘श्रम शोषण’ नेपाल मात्र होईन तेस्रो विश्वको आम समस्या हो। नेपाल र नेपाल जस्तै अतिकम विकसित मुलुकहरूमा मालिकहरू श्रम शोषणलाई अधिकारको रूपमा नै लिने गरेको उदाहरण र अभ्यास दुवै देख्न सकिन्छ। नेपालमा श्रम शोषणको अवस्था यस्तो छ कि समाजको आँखा अनि राज्यको चौथो अंग भनेर गमक्क पर्ने पत्रकारहरूले नै कार्यालयबाट महिनाभर काम गरेको तलब पाउने अवस्था छैन। रेडियो र टिभीको कुरा नै छोडौं दैनिक पत्रिकाहरूमा काम गर्ने पत्रकारहरू सारै नै थोरै तलबमा काम गरिरहेका छन्। ईमेज च्यानल, एभिन्युज टिभी, न्युज ट्वान्टीफोरको तलबको विषयमा त देशभर नै बहस भएको थियो सार्वजनिक मंचमा। पछिल्लो समय सरकारले श्रमजिवि पत्रकारको न्युनतम तलबमान लागु गराउन कडा …
Read More »क्यानबेराका फूलहरू !
पुष्पाणि सुन्दराणि इति जनैः मन्यन्ते। तेषां सुगन्धं जनानां चित्तम् आह्लादयति। अतः एव ते उपवनेषु पुष्पाणि निरोपयन्ति। ललनाः पुष्पाणि स्वकेशेषु धारयन्ति। भक्ताः देवेभ्यः पुष्पाणि अर्पयन्ति। जनाः पुष्पाणि पुष्पधानीषु स्थापयित्वा स्वगृहाणि भूषयन्ति। स्पष्ट नबुझेपनि फूलको ’boutमा फूलको उपयोग केका लागी गरिने रहेछ भन्ने त पक्कै लख काट्नुभयो होला। संस्कृतमा भनिएको कुरा उही हो जुन हामी दैनिक गरिरहेका हुन्छौं। फूल सुन्दरताको उपमा त हुँदै हो यसको सुगन्धले चित्त आल्हादित पनि हुन्छ घरको आभुषण भनेको नै फूल हो अनि यसको मुख्य प्रयोजन भनेको चैं भगवानलाई अर्पण नै हो। त्यसै गीत गाएका हुन् ‘फूल भए जिन्दगी देउतालाई चढाईदिन्थें…..कागज भए जिन्दगी सलाई कोरी जलाईदिन्थें…’। हाम्रो भावना, …
Read More »आउनुस्, अष्ट्रेलियाको नेपाली साहित्य र पत्रकारिता’bout बहस गरौं
नेपाली जहाँ जहाँ छन्, नेपाल त्यहीँ त्यहीँ छ। नेपालको भूपरिवेष्ठित भूगोल भन्दा टाढा नेपालीका बस्तीहरुमा एउटा सानो नेपाल स्थापित भएको छ। पहिचान भन्नुस् या भावना या भन्नुस संस्कृती, भाषा, कला अनि बानी। ‘नानी देखी लागेको…’ले गर्दा विश्वको हरेक कुनामा सानो नेपाल स्थापित नै भएको छ। ठ्याक्कै नेपाल जस्तै राजनीतिक, सामाजिक अनि आर्थिक सबै खालका गतिविधि उस्तै। समाजसेवी भनेर उभिने देखी फलानो दलको चिलानो नेता भनेर गनिने सम्म। यूरोप, अमेरिका, अष्ट्रेलिया जस्ता बिलकुलै फरक वातावरण र परिवेशमा पनि नेपालको जस्तै क्षमता छोडेर, जात, लिंग, वर्णका कुरा। यति धेरै समानता भएको ठाउँमा साहित्य र पत्रकारिताको नेपाली ‘ट्रेण्ड’ले यताको समुदायलाई नछुने कुरै भएन। …
Read More »