समाज

क्विनबियनमा नेपाली समाज गठन

क्विनबियनमा नेपाली समाज गठन

नेपालीहरू अध्ययन साथै दक्ष जनशक्तिका रूपमा अष्ट्रेलिया आउने र स्थायी रूपमा नै बस्ने क्रम बढेसंगै अष्ट्रेलियाका विभिन्न शहर तथा क्षेत्रमा पुगेकाहरूले सामुदायिक एकजुटता देखाउने क्रम जारी नै राखेका छन्। अष्ट्रेलियाका विभिन्न स्थानमा पुगेकाहरूले आपसी भाईचारा र सरसहयोगका लागी सामुदायिक समुह खोल्ने क्रममा न्यूसाउथवेल्सको क्विनबियनमा बस्ने नेपालीहरूले  "नेपाली समाज क्विनबियन" गठन गरेका छन्। समाजले दीपक पाण्डेलाई अध्यक्ष  र केदार चापागाईं र सुरेस अम्गाईंलाई  उपाध्यक्ष चयन गरेको छ। समाजमा महासचिव राम खड्का, सचिव राजेन्द्र चापागाईं सहसचिव चोलेश्वर तिवारी, कोषाध्यक्ष उमेश नेपाल, सहकोषाध्यक्ष विष्णु कँडेल रहेका छन्। त्यस्तै सदस्यहरूमा सुमिनकुमार भट्टराई, विशाल थापा, प्रकाश भट्टराई, पुष्कर काफ्ले, महेश थापा मगर, शरद पोखरेल, रिवाज बराल र अमिर आचार्य चयन भएका छन्।

Read More »

आख़िर के रैछ त अष्ट्रेलियन ज़ीन्दगी?

अष्ट्रेलियामा सजिलो छैन भन्नेमा कुनै फरक मत नै रहेन। अष्ट्रेलियाको सम्पन्नता हाम्रालागी अक्करमा फलेको फल हो। अप्ठेरो छ तर धेरैले हासिल गरिरहेका छम् :) 

Read More »

भाँडा हान्ने पलायनवादी भन्नेलाई अष्ट्रेलियाको जवाफ

‘अंगुर अमिलो’ भने झैं अमेरिका, जापान, अष्ट्रेलिया लगायत युरोपेली मुलुक जान नसकेका र मध्यपूर्वका मुलुक जान नचाहेका अधिकांशले सामाजिक, जिवनशैली वा राजनीतिक विषयमा विदेशमा रहेका नेपालीले गर्ने टिप्पणीमा ‘पलायनवादी’, ‘भाँडा माझ्ने’, ’घण्टा हान्ने’ जस्ता शब्दहरू प्रयोग गरेर फेसबुक, ट्वीटर जस्ता सामजिक संजाल खुबै उल्ली-बिल्ली गर्छन्। अष्ट्रेलिया या अमेरिकामा भएकाहरूले चाहीँ यस्ता विषयमा आफूलाई सुरक्षित र रक्षात्मक राख्दै प्रसंगहरू मोडिरहेका हुन्छन्। नेपालको आर्थिक अवस्था र भौतिक सुविधाको अवस्था ’bout हामी सबै जानकार नै छौं, सबै राम्रो हुँदो हो त ‘नत्र कसलाई रहर हुन्छ घर छाडेर जाने….गाउँ छाडेर जाने… अनि देशै छाडि जाने….’ बोलको गीत नै नबन्दो हो। चाहे अष्ट्रेलिया होस् या …

Read More »