काठमाडौ, २२ जेठ बहुचर्चित भरतपुरको वडा नं १९ मा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा अब सर्वोच्चले जेठ २८ मा मात्र फैसला गर्ने भएको छ । सोमबार सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलाशले भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सोमबार दिएको अन्तरिम आदेशमा जेठ २८ गते रिट निवेदक, विपक्षी निर्वाचन आयोग र चितवनका मुख्य निर्वाचन अधिकृतसहित सबैलाई छलफलका लागि बोलाइएको छ । जेठ २८ गते संयुक्त इजलाशमा हुने सुनुवाईका आधारमा भरतपुरमा पुन मतदान गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय हुनेछ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को ...
Read More »