Tag Archives: मोबाईल प्याकेज

सस्तो मोबाईल प्लान, १० डलरमा १ जिबी डाटा अनलिमिटेड कल

Kogan Cheaper PRepaid Mobile copy

अष्ट्रेलिया आएपछी पैसा कमाउनमा जोड भएपनि जोगाउनमा हामी खासै ध्यान नै दिँदैनौं। सित्तैमा हुने भिजा अप्लाई गर्न समेत २५० देखी ७५० सम्म खर्च गर्छौं किनकी हामीलाई त्यसमा लाग्ने समय नै छैन। सिफ्टको मुस्किलले हुने २०० डलरकै पछी लाग्नमा हतार हुन्छ र सानो कामको लागी दुई देखी तिन दिनको कमाई फाल्छौं। मोबाईल लिने भनेपछी हामी धेरैले ‘भोडाफोन’को प्लानमा आईफोन समातिहाल्छौं। पहिले पहिले आएका नेपालीहरुले भोडाफोन लिएको अनि सुरूसुरूमा भोडाफोन टु भोडाफोन फोन गरेको पैसा नलाग्ने अनि आईफोन पनि हुने भएकाले पनि हुन सक्छ धेरै नेपालीहरुले भोडाफोन नै लिने। त्यसो त भोडाफोनको प्याकेजमा मिल्ने क्रेडिटले नेपाल फोन गर्दा प्याकेजको तिर्नुपर्ने मासिक शुल्क ...

Read More »

यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाईल

यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाइल - katuwal.com

अष्ट्रेलियामा मोबाईल सेवा राम्रो छ उत्कृष्ठ छ अनि अर्को सबैभन्दा राम्रो भनेको छनौटको अवसर पनि धेरै छ। नेपालमा पो हामीसँग एनटीसी र एनसेल मात्र थिए त। एनटीसीको सेवा नै खराब, एनसेल चलायो बढी पैसा काटिने पैसा सक्किएर तनाब। यहाँ नेपालमा जस्तो तनाब नभए पनि आफ्नो आवश्यकता पहिचान गरेर सही मोबाईल प्लान छनौट गरेन भने चैं पैसा बेकारमा धेरै खर्च हुन्छ। त्यसो त अरूले ५० डलरमा पाएको जति सुविधाका लागी ८० देखी १०० डलर महिना सम्म तिर्नुपर्ने हुनसक्छ त्यो पनि एक वा दुई महिनाको लागी होईन दुई वर्ष अर्थात् २४ महिना सम्मको लागी। किनकी तपाईं हामी धेरैलाई आईफोन चाहिएको छ अनि त्यसको लागी सबैभन्दा सजिलो भनेको भोडाफोन वा टेलष्ट्राको प्याकेज किन्नु हो। सुरूमा कत्तिपनि पैसा तिर्नु नपर्ने भएकाले सबैका लागी आईफोन वा सामसुङकै पनि नयाँ र भरखर आएको फोन लिने अवसर पनि हो यो। त्यसमा पनि नेपालबाट अष्ट्रेलिया अष्ट्रेलिया आईसकेपछी आइफोन पनि लिएन भने! सक्केन। नेपालबाट आएका साथीभाईलाई यहाँका आफन्त, साथीभाईले पनि भोडाफोन लि न भनि हाल्छन, कतिले सँगै लगेर किन्न सहयोग नि गर्छन्। त्यसरी नेपालबाट आएकालाई भोडाफोन किन्न सिफारिस गरेर सँगै जानेलाई स्टोरले २० डलर जतिको सामान गिफ्ट पनि दिन्छ। अर्को भनेको एसीएनका आईबीओ बनेका सिड्नी अिन अष्ट्रेलियामा केही समय देखी बसेका दाजुभाईले केही थप डाटा र सुविधाका साथ आफुबाट भोडाफोन ज्वाइन गर्न नि सुझाव दिन्छन्। सिधै भोडाफोनको स्टोरमा जानुभन्दा एसीएनका आईबीओबाट फोन लिन अलिकति फाईदाको देखिन्छ।

Read More »
Loading...