Tag Archives: नेपाल

बुझेर मात्र आउनुस अष्ट्रेलिया

Sydney Opera House

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको ‘फिभर’ यस्तो छ कि नेपालमा छोराछोरी यता पठाउन सकेन भने त बाबुआमालाई ‘सोसाइटी’मा नै नपर्ने डर समेत हुने भईसक्यो। छिमेकी अनि नातेदारका छोराछोरीले अष्ट्रेलिया गएर काठमाडौं वा देशका अन्य शहरमा घर किनेको बाबु आमाको लागी गर-गहना अनि गाडी जोडेको कुराहरू ‘एककान दुईकान मैदान’ हुने भएपछी अलिक हुनेखाने (२०-२५ लाख लगानी ...

Read More »

नेपाली विद्यार्थीको आँखाबाट अष्ट्रेलिया

Trains and Person

अष्ट्रेलिया, नेपालमा यतिखेरका युवा मात्र हैन अभिभावकको आँखामा पनि सपनाको स्वर्ग नै हो। काठमाडौं र देशका प्रमुख शहरहरूमा आईएलटीएसको टेस्ट तयारी गर्ने र टेस्ट दिनेको भिडले जतिलाई रोजगारी र पैसा कमाउने अवसर दिएको छ त्यो भन्दा धेरै बढीलाई प्रज्वलनशील हर्मोन उत्पादन गरेको छ। हर घरमा अष्ट्रेलियाको कुरा हुन्छ अनि नेपालमा अवसर नरहेको र राजनीतिले ध्वस्त भएको कुरा हुन्छ। अनि घरबारै बैंकमा राखेर अष्ट्रेलिया होमिनेको अर्को संख्या बढ्छ। हरेक प्लस टु पासले यतिखेर सिड्नीको सपना देख्ने भएको छ, नहोस् पनि किन अष्ट्रेलियाको लहर देशमा सुस्त हैन विद्युतमालीको बेगले फैलिएको छ। त्यसलाई बढाएको छ ओपेरा हाउसमा उभीएर खिचिएका अनि अष्ट्रेलियामा गाडी हाँकेर घुम्न हिँडेका फोटो र फेसबुकमा तिनले पाएका लाईकले। त्यसो त हाम्रा बा अनि बाजेका पालामा गाउँ गाउँ लाहुरे छान्न पुग्ने गल्ला जस्तै छोटेबडे शहरमा एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलियाका कलेज र युनिभर्सिटीका एजेन्ट बनेर पुगेका छन्। अनि किन नदेखुन अलिक हुनेखानेले अष्ट्रेलिया सपना! सपना सबैको अधिकारको कुरा जो हो। तर सबैले सम्झनु पर्ने कुरा के हो भने सपना र विपनामा धेरै फरक हुन्छ, हुनसक्छ। अष्ट्रेलियाका बारेमा नेपालमा हुँदा सोचिने। देखिने कुरा र यहाँ आएपछी भोगिने कुरामा धेरै फरक हुनसक्छ, कतिलाई त यो आकाश जमिनको नै लाग्न पनि सक्छ। र यहाँ रहेका आफन्त अनि नेपालीहरूका बारेमा नेपालमा बसेर सोचिएको भन्दा फरक व्यवहार पनि पाउन सकिन्छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका सुरज ओलीले अष्ट्रेलियाको अनुभवलाई यसरी शब्दमा उतारेका छन्, हेर्नुस

Read More »

हृवात्तै बढे अष्ट्रेलियामा नेपाली

Nepalese in Sydney

मानिस वास्तवमा जिवनको खोजमा आफ्नो घर, परिवार, समाज, सम्प्रदाय अनि देशको घेराबाट बाहिर निस्कन्छ। मानिसको यो यात्रा सुख, शान्ति अनि प्रगतिको लागि हो। आजको युगमा जुन देशमा आफ्नो ज्ञान, सीप, योग्यता, कुशलताको सम्मान हुन्छ अनि अवसरहरु मिल्छन् मानिसले त्यहीँ आफ्नो डेरा लगाउँछ। माइग्रेसनको सामान्य सिद्धान्त त्यही हो। स्वास्थ्य सुविधाको सहज उपलब्धता एवं शिक्षा र रोजगारीको उपलब्धताका कारण आरामदायी जिवन धेरै नेपालीहरुलाई अष्ट्रेलियाले आकर्षा गर्ने कारण यही नै हो। पछिल्लो १० वर्षमा अष्ट्रेलिया आउने र यहीँ बसोबास गर्ने नेपालीको संख्या बढ्नुको कारण पनि यही हो। विधिको शासन, स्वतन्त्र न्याय प्रणाली, रोजगारीको सहज उपलब्धता अनि विश्वव्यापी अवसर यही कारण हो विश्वका धेरै देशबाट मानिसहरु अष्ट्रेलिया ओइरने। त्यसमा पनि यो देशले क्षमता भएका विश्वका जो कोहीलाई पनि यहाँ बस्न र काम गर्न दिन्छ, भलै केही प्रक्रिया भने पुरयाउनु चैं पर्छ। अष्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अर्न्तगत विश्वभरबाट यहाँ पढ्न आउने र परमानेन्ट रेसिडेन्सी (पीआर) लिएर बस्नेहरुको सँख्या उल्लेख्य हुँदै जाँदा नेपालीको पनि संख्या बढेको छ।

Read More »

यो सिड्नी, समुन्द्र र सुन्दरी

यो सिड्नी, समुन्द्र र सुन्दरी

अष्ट्रेलियाको प्रमुख शहर र व्यवसायको केन्द्र अनि नेपाली सपनाले अवतरण पाउने शहर सिड्नीका सडकको कथा पनि त्यही हो। नेपाली सपनाहरु सहज रुपमा अवतरण हुन्छन् अनि जहाजको लामो यात्राले दिएको तनाव नसकिँदै बसाइँ, काम अनि विश्वविद्यालय, क्याम्पसका शूल्कहरुले दिने तनाव सुरु हुन्छ। सम्पन्नता र प्रजातन्त्र झल्काउने सडकसँगै सपनाहरु ट्राफिक छलेर अगाडी बढ्नछन्। सपना र अर्थतन्त्रको मेल गराउने चक्करमा विश्वविद्यालय, क्याम्पसका एसाइनमेन्टले पनि कम तनाब गराउँदैनन्। सबै तनाबहरु मेटाउने एउटै ठाउँ अनि उपाय हुन्छ समुन्द्र। पृथ्वी र चराचर जगतको विसर्जन समेट्ने समुन्द्र शान्त बनाउँछ तन मनलाई। सायद त्यसैले होला धेरै तनाव र दबाब सहन नसक्ने (नेपालीको तुलनामा, नेपालीलाई दुख र तनाबमा पनि हाँस्न सक्ने जातीका रुपमा लिइन्छ) अंग्रेजहरु शरिरमा न्यूनतम बस्त्र लगाएर समुन्द्रको किनारमा लम्पसार पुग्न पुग्छन्। वीच भनेर चिनिने समुन्द्रका किनाराहरु साँच्चै मानिसलाई तरंगको माध्यमबाट शान्त बनाउँछन्। मानसिक शान्ती दिन्छन् अनि शरिरलाई चुस्ती र ताजगी। साँच्चै यस्तो लाग्छ यी समुन्द्रका किनाराहरु मानिसका दुखलाई किनारा लगाएको अनुभूति गर्नका लागि नै सजाइएका हुन्। नेपाली त्यसमा पनि मध्यमवर्गको मनमा बसेको सिड्नीको अभिन्न अंगहरु हुन यहाँका सामुन्दी किनारा। पर्यटनको महत्वपूर्ण आकर्षण अनि जिवनकै अभिन्न अंग। जहाँ यहाँका हरेक मानिस स्वतन्त्र र सुरक्षित महशुस गरेर निक्कै कम बस्त्रले लाज ढाकेर प्राकृतिक रुपमा पुग्न अनि समुन्द्रको छाल सँगै आफूलाई बगाउने प्रयास गर्छन्। सायद त्यही प्रयासमा उनीहरुको तनाव पनि बग्छ। समुन्द्रबाट निस्केका हरेक सुन्दरी र सुन्दर(ब्यूटीफूल र ह्याण्डसम)हरु तनाव रहित देखिन्छन्। सिड्नी अवतरण गरेका नेपाली युवाका लागि समुन्द्रको यस्ता किनाराहरु रोमान्चक र मनोरञ्जनात्मक मात्र हुँदैन। अरु पनि केही थप हुन्छ, जो उसले नेपालमा देख्न र अनुभव गर्न पाएको हुँदैन। जसको अनुभवका लागि काठमाडौंका धनाढ्य र सम्पन्नहरु थाइल्याण्डको पताया पुग्छन्। समुन्द्र र सुन्दरीहरुको छालसँगको गतिविधि अनि बालुवाको सुताइ र मन्द मन्द हावा परमानन्द भै गो। सायद सामुन्द्री किनारा मानिसमा मादकता पनि भरिदिन्छ, त्यसैले होला धेरैले हनिमुन गन्तव्य पनि बनाउँछन् यसलाई। त्यो कुजी पनि हुन सक्छ, मेन्ली वा बोन्डी।

Read More »

यूनि वा कोर्ष चेन्ज गर्ने सोच्दैहुनहुन्छ?

Curtin University Sydney

अष्ट्रेलिया स्टुडेन्ट भिजामा जाने भनेपछी नेपालमा हरेकको पहिलो काम हुन्छ कुन कन्सल्टेन्सीले भिजा दिलाउन सक्छ त्यसको खोजी। यस क्रममा धेरैले यो कुराको ख्याल गरेका हुँदैनन् कि कन्सल्टेन्सीले हैन कि उनीहरू आफैमा भएको क्षमता, छनौट र योजनाले हो। नेपालमा जसरी हुन्छ अष्ट्रेलिया जाने भन्ने सोच हुन्छ तर यहाँ आइसकेपछी भने नेपालमा हुँदा बनाएको सोचेको भन्दा परिस्थीती फरक हुन्छ। जसले गर्दा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आएको पाँच छ महिनामा नै कलेज, कोर्ष अनि यूनि चेन्ज गर्ने सोच र योजनामा हुन्छन्। पीआर र पढाईसँगै पैसाको ट्रयांगुलर स्टोरीले उनीहरूको नै स्टोरी परिवर्तन गरिदिन्छ। यसबारेमा हेर्नुस यो भिडियो प्रस्तुती:

Read More »
Loading...